हिन्दूहरूको महान् चाड पर्व मध्य "दीपावली ", पनि ठूलो चाड पर्व हो। यो पर्वको धेरै पक्ष छ। सुर्यपूत्री यमुना को आग्रहमा (मृत्युका देवता) सुर्यपुत्र यमराज कार्तिक कृष्ण त्रयोदशीका दिन आएर कार्तिक शुक्ल दृतियाका दिनसम्म बहिनी युमुनाको घरमा बस्नु भएको थियो। त्यसै बेला दाजुको स्वागतका साथै दाजुको प्रिय दुत काग र प्रिय आज्ञाकारी जन्तु कुकरको पनि यमुनाले पुजा सम्मान गरेकि थिइन्। दाजु यमराजलाई कार्तिक सुक्ल दृतियाका दिन आसनमा बसालि दिदीभाइ तथा दाजुबहिनीको पवित्र माया कहिल्यै नसुकोस भनि तेलले छेकेर कहिल्यै न ओइलाअाेस भनि मखमलि तथा दुबोको माला पहिराएर आशिर्बाद आदानप्रदान गरि दाजु यमराजलाई बिदा गरेकि थिइन् ।
त्यस्तै राक्षस हिराण्याक्ष हिरण्यकशिपुका सन्तान राजा बलिले, दानवको बलले श्वर्ग जित्ने भएपछि, भगवान् विष्णुले छल गरि तिन पाऊँ जमिन मागि पाताल पुर्याएको बेला बलिले बर्षमा एकपटक पृथवी भ्रमणगर्न पाउने बरदान पाएकाले यहिबेला भ्रमण गर्छन भन्ने धारणा रहेको छ । उनको स्वागतार्थ र श्रीरामले लंकापति रावणको बध गरि चौध बर्ष पछि अयोघ्य्या फर्कदा श्रीरामको स्वागतार्थ यसैबेला दिपावली भएकाले त्यसैबेला देखि दिपावली पर्वका रूपमा चलिआएको हो।
मधेशतिर उहिले मङ्सिर तिर मात्र पाक्ने जातको धान हुँदा यहि अमावश्याको दिन साँझमा घरघरमा (घिउ वा तेलको ) दियो बालेर हर्षोल्लासका साथ आ-आफ्नो धान खेतकाे गरा-गरामा दियो बालेर (राँको बालेर) आलि-आलि घुमि अन्न लक्ष्मीको स्वागत गर्थे र गर्ने चलन पनि अझै छ। तेसो गर्दा धानलाई बिगार्ने भुस बनाउने किरा धपाएर रमाएर भोली पल्ट प्रतिपदाका दिन हलो गोरू समेतको पुजा र दुतियाका दिन भाई पुजा ,मह पुजा गरेको चलन देखिन्छ।
यो दिपावली पर्वको सुरूवात जसरि भएपनि यो हाम्रो मौलिक पर्व हो। यो पर्वलाई तास, जुवा, अति तडकभडक, खर्चिलोभड्किलो, रङगिन बनाएर दिपावलीलाई दुषित नपारौ ।
Liked by: