इसाई धर्मपछिको विश्वको सबैभन्दा दोश्रो ठुलो धर्म इस्लाम हो
सन् २०११ को नेपालको जनगणना अनुसार कुल जनसख्यांको ४ दशमलव ४ प्रतिशत इस्लाम रहेका छन् । नेपालमा इस्लाम धर्मको इतिहास भने १५ औ शताब्दीमा काश्मिरवाट आएका ब्यापारीहरुको प्रवेशवाट शुरु भएको मानिन्छ जब राजा रत्न मल्ल शाषन सत्तामा थिए । त्यसपछि १७ औँ शताब्दीमा उत्तरी भारतवाट फेरि इस्लाम समुह नेपालमा प्रवेश गरेको इतिहास छ । यी इस्लामीक दस्ताहरु विशेष रुपमा हतीयार निर्माणका लागि आएका थिए । नेपाल एकीकरणको इतिहासमा पनि इस्लाम समुदायको देन र हतीयार निर्माणमा उनीहरुले गरेका योगदान प्रशंसनीय छ, शायद त्यसो नभएको भए ईस्ट ईन्डिया कम्पनीसँग लड्नकालागि नेपाल सक्षम हुन सहज पनि थिएन ।
चाहे छरछिमेकमा भएका इस्लाम साथि र छिमेकी हुन या खाडी मुलुक अनि अन्य मुलुकहरुमा साथै रहँदाका छिमेकी, साथि या सहकर्मिहरु हुन्, हामी अन्य धर्मका भएपनि इस्लामसँग कुनै न कुनै हिसाबले नजिक छौ ।
ईद अर्थात इस्लाम धर्मको एउटा मुख्य अनि महत्वपूर्ण चाड । महिना दिनसम्मको दिनँहु सुर्योदय देखि सुर्यास्तसम्म पानी सम्म नखाई गरिने ब्रत अनि त्यसपछिको यो महान चाड ईद आफैमा रोचक र आकर्षक चाड हो । चन्द्रमाको बिछट्ट रुप अनि सौन्दर्यसँग अभुतपूर्व समबन्ध भएको यो चाडको उत्कर्षमा विश्वका धेरै देशमा बसोवास गर्ने इस्लाम धर्मावम्बीहरु मात्र नभई अन्य सहयात्री, साथि र छिमेकीसम्म रगींनेछन् ।
इसाई धर्मपछिको विश्वको सबैभन्दा दोश्रो ठुलो धर्म इस्लाम हो ।इस्लाम धर्ममा ईबादत भन्नाले भगवानको महिमा भन्ने बुझाँउदछ, मुर्तिपुजा नगर्ने तथा एक् इश्वरबादमा आस्था राख्ने यस धर्मका विशेषताहरु हुन् । ईस्लाम धर्मका केही आधारभूत कुराहरु बारे आज केन्द्रित हुन चाह्यौं, आउनु शुरु गरौं ।
१ साक्षी हुनु /शहादाह
अरबीस्لا اله الا الله محمد رسول الله उच्चारण्स्लाईलाह् इल्लल्लाह् मुहम्मदुर्रसुलुल्लाह्। नेपालिस् अल्लाह् बाहेक् अरु कोहि पुज्य छैन र मुहम्मद अल्लाह का रसूल हुन्। यस घोषणाको साक्षी भएर अल्लाह प्रतिको विश्वाशलाई नै इस्लाम धर्मको प्रथम आधार मानिन्छ ।
२ प्रार्थना / सलात
फारसीमा यसलाई नमाज भनिन्छ । हरेक मुसलामनले दिनमा ५ पटक नमाज पढ्न जरुरी मानिन्छ र यसरी नमाज पढ्दा मक्काभएको ठाँउतर्फ फर्केर पढिन्छ । यसले अल्लाहप्रतिको मानवको कृतज्ञता देखाउने भएकाले इस्लामको एउटा आधार मानिन्छ ।
३ दान /जकात
अन्य धर्म विशेषतः हिन्दुधर्ममा जस्तै इस्लाममा पनि दान पुण्यको ठुलो महत्व छ । अत्यन्त बलियो सामाजीक परिवेश भएके यस धर्ममा समाजका सम्पन्न ब्यक्ति अथवा परिवारले निर्धनहरुलाई दान गर्नु पनि एउटा धार्मीक आधार नै मानिन्छ ।
मनुष्यको सम्पतीलाई ईश्वरको दान मानिनेभएकाले उक्त सम्पतीले सबैजना ईश्वरका सन्नतीको भलो गर्नुपर्ने मान्यता छ ।
४ व्रत / सौम
संसारका सम्पूर्ण भौतिक र नाश्वर कुराहरुसँग ध्यान हटाएर ईश्वरमा चित्त लीन गराउन ब्रत बस्ने आधार हो । यस्तो ब्रतलाई रोजा पनि भनिन्छ जुन इस्लामको महत्वपूर्ण आधार हो । यसकासाथै निर्धन र भोकाहरुले कसरी भोकै आफ्ना दिन गुजार्नु पर्ने रहेछ भन्ने कुराको ज्ञानकालागि पनि रोजालाई लिइन्छ ।
५ तीर्थ यात्रा / हज
विवश नभइकन हरेक समर्पित इस्लामले आफ्नो हज अर्थात तिर्थयात्राको खर्च आफै उठाई साउदी अरबमा भएको मक्कामा तिर्थयात्रा गर्नुपर्ने इस्लाम धर्मको पाँचौ आधार हो ।
जीवनभरमा एकफेर हज अनिवार्य मानिन्छ, यसरी हज गरिसकेपछि आफ्नो नामको पछाडि हाजी लेखाउने चलन पनि छ । हाजी अर्थात हजको यात्री भन्ने बुझिन्छ ।
यस वर्षको ईद रमाइलो होस्, समृद्धि र शान्ति सबैलाई होस् ।
सुयोग ढकाल
Liked by: