१०४ वर्षको उमेरमा उनले तीन महादेशमा रहेर आफ्नो व्यवसायिक जीवन व्यतित गरिसकेका थिए । तीन वटा बिहे गरे र १२ जना नातिनातिनाका हजुरबुवा बने ।
मानिसको जन्म र मृत्युमा एउटा लामो रिक्तता छ । जन्म र मृत्युबीचकै यो रिक्ततालाई त हामी जीवन कहलाउँछौँ र जीवन भनी बाँच्दछौँ । अनेक दुःख र कष्ट गरेर यो रिक्तता भर्न खोज्छौँ । हामीले चाहेर हाम्रो जन्म हुने होइन । म जन्मिन चाहन्छु भनेर मेरो जन्म हुने पक्कै होइन, तर मर्नका लागि नि ? सायद यो अलग प्रसंग रहला ।
यो महिनाको पूवाद्र्धमा एक सय चार वर्षीय अष्ट्रेलियाली वैज्ञानिक डेभिड गुडलले आफ्नो जीवनको अन्त्यका लागि गरेको अभ्यास अन्तर्राष्ट्रिय समाचार मात्र बनेन । धेरैलाई यसले अन्र्तगंबाटै हल्लायो । स्वीजरल्याण्डस्थित एक क्लिनीकबाट सीएनएनका लागि अन्तिम अन्तर्वाता दिँदा उनी शान्त र दृढ देखिन्थे । मृत्युका भयलाई जितेका गुडललाई पत्रकारले अन्तिम समयमा के सोचिरहनुभएको छ भनी सोध्दा, डाक्टरले सुइ मिलाएर हाल्लान् भन्ने जवाफ दिएका थिए । उनी मृत्युका लागि कति तम्तयार रहेछन् भनेर उसको उत्तरमा नै देखियो ।
तर, गुडल यसै यो निर्णयमा आइपुगेका होइनन् । उनको विचारमा जीवन रमाइलो हुनपर्छ रे । १०४ वर्षको उमेरमा उनले तीन महादेशमा रहेर आफ्नो व्यवसायिक जीवन व्यतित गरिसकेका थिए । तीन वटा बिहे गरे र १२ जना नातिनातिनाका हजुरबुवा बने । प्राध्यापकका रुपमा धेरै समय बिताइसकेका उनले जीवन भोग्ने जति भोगिसकेको अब जीवन निरर्थक भएको भन्दै आफ्नो जीवनको अन्त्यको माग गरेका थिए । व्ह्लिचियरबिना चल्न नसक्ने र आँखा कमजोर भइसकेको गुडलको श्रवणशक्ति पनि गुम्दै गइरहेको थियो । जति शानकासाथ बाँचे, मृत्युलाई पनि उनले शानदार नै बनाए । यो उनको साहसिक कदम थियो । तर, उनको यो इच्छा पूरा गर्नका लागि भने उनी आफ्नो देशबाट स्वीजरल्याण्ड जानप¥यो । विश्वमा केही मात्र यस्तो देश छन् जहाँ आफ्नो रोजाइमा मर्न पाउने कानुनी प्रावधान छ । जापान, बेल्जियम, नेदरल्याण्ड्स र केही अमेरिकी स्टेटहरुमाबाहेक स्वीजरल्याण्डमा मात्र आत्महत्या वैधानिक हो । यो क्रममा डाक्टरले सोडियम पेन्टोबार्बिटल नामक औषधि सुइ हालेर नशाबाट शरीरमा चढाउँछन् र आत्महत्या रोज्नेहरुले थाहै नपाइ आफ्नो अस्तित्व मेटाउन सक्छन् ।
आफ्नो हत्याको लागि माग गर्न पाउने वा नपाउने विवादले अहिले धेरैलाई आकर्षित गरेको छ । जरुर पनि यसमा धेरै नैतिकताका प्रश्नहरु जोडिएर आउँछन् । कुनै पनि जीवन अब बाँच्न योग्य छैन भनेर कसले निर्णय गर्छ र केको आधारमा योग्यताको मापदण्ड खिचिन्छ ? जन्म र मृत्यु भगवानको हातमा हुन्छ भन्ने मान्दै आएको हाम्रो समाजले मानिसलाई मृत्यु रोज्ने अधिकार प्रदान गर्ला त ?
आलोचकहरु यो अधिकार भगवान र राज्यलाई मात्र भएको बताउँछन् । सदियौँदेखि डाक्टरहरुलाई आफ्नो व्यवसायिक जीवन सुरु गर्नुअघि “कुनै पनि बिरामीलाई बिरामीले माग्दा पनि मर्ने औषधि दिनेछैन वा मर्ने सुझाव दिइने छैन” भन्ने वाचाका साथ नैतिक रुपमा जिम्मेवार बनाइएका हुन्छन् । यस्तो अवस्थामा डाक्टर र बिरामीको मात्र सल्लाहमा आफ्नो ज्यानको पर्वाह नगरी मृत्यु रोज्न पाउँदैनन् भन्ने उनीहरुको तर्क छ । परिवारको सदस्यले यस्तो कानुनको दुरुपयोग गर्लान् भन्ने मुख्य डर पनि रहेको छ । यस्तो कानुनलाई बढावा दिँदा बच्चा र वृद्धहरु मर्कामा पर्न सक्ने अर्को डर रहेको पनि आलोचकहरु बताउँछन् ।
यही सेरोफेरोमा रहेर अष्ट्रेलियाली नैतिक दार्शनिक पिटर सिंगरले प्राक्टिकल इथिक्स नामक पुस्तक प्रकाशन गरेका छन् । रोगको अन्तिम अवस्थासम्म पुगेका शिशु देखि जन्मजात रोगी बच्चाहरुको र दुर्घटनामा परेका मानिसहरुको अद्भूत कथाहरु यसमा समेटिएका छन् । यी कथाहरु पढेपछि धेरै प्रश्नहरु हरेक पाठकको मनमा उब्जिनेछन् । विश्वमा आफ्नो मृत्यु रोज्न पाउनुपर्छ भन्नेहरु पनि छन् । सन् १९५३ मा अमेरिकी नागरिक डा केभिनले त झन् सुसाइड मेसिनको आविष्कार र अभ्यास नै गरेका थिए । कानुन उल्लंघन गरेको भन्दै सन् १९९९ मा उनी जेलचलान गरिएका थिए । सन् १९७३ मा दाजु जर्ज जिगम्यानियाक मोटरसाइकल दुर्घटनामा परेपछि घाँटीभन्दामुनि कुनै अंग नचल्ने गरी पक्षघात हुँदा डाक्टरले उनी निको नहुने बताएपछि मर्न पाउने इच्छा प्रकट गरेका थिए । उनका भाइ लेस्टरले गोली हानेर दाजुको इच्छा पूरा गरे तर दाजुको हत्या गरेको भन्दै उनलाई अदालतमा उपस्थित गराइएको थियो ।
यस्ता घटनाहरुले सिकाउने एउटै पाठ भनेको मानिसहरुले कानुन र जीवनलाई आफ्नो हातमा लिन नहुने रहेछ भन्ने नै हो । आवेगमा आएर वा बेमतलबी ढंगले मानिसहरुले अरुको ज्यान आफ्नो हातमा लिँदा यसले पक्कै पनि मानवकल्याणको भलो हुन्न । एक प्रतिवेदनअनुसार नेदरल्याण्डस्मा मृत्यु हुने संख्यामध्येको ४.५ प्रतिशत मानिसहरु आफ्नो मृत्यु रोजेर मरेका छन् । अझ डरलाग्दो त के छ भने आफ्नो मृत्यु रोज्नेहरु धेरैजसो कुनै दिर्घकालिन रोगको शिकार भएका होइनन् बरु डेभिड गुडलजस्तै जीवन बाँच्न पुग्यो भन्नेहरुको भीड छ यसमा । मानिसले आफ्नो मृत्यु रोज्न पाउने कि नपाउने भन्नेमा विश्व विभाजित बन्दै गएको छ । यसमा दिर्घकालिन बिरामीहरुलाई सोचेर केही सकारात्मकता पनि देखिन्छ तर यसभित्रको डरलाग्दो प्रवृत्तिको जिम्मेवारी बहन के हामीले गर्न सक्छौँ त ?
हाम्ाे पात्राे
Liked by: