तल प्रस्तुत कथाहरु वास्तवमै छोटा छन् तथापी मिठा छन् । नेपाली गाँउ अनि परिवेशसँग समबन्ध राख्ने यी कथाहरु तपाँईहामी कसैको या छरछिमेक अनि साथीभाईको हुन सक्छ । आउनुहोस्, पढौँ । मेल खान गएमा संयोग नमाने हुन्छ ।
पर्वत जिल्लाकी श्रृजनाले आज करिब आठ वर्षपछी आफ्नो पूर्वप्रेमी केशवलाई भेटेकी हुन्, अकस्मात बजारमा । केशवले उनिहरुको विधालय पढ्दाखेरिको निलो प्यान्ट अनि सेतो सर्टमा लुकेर कुश्मामा खिचेको फोटो देखायो , उसको पर्समा जतन गरेर राखेको थियो । श्रृजनाको छोराको विधालय छुट्टी भएर लिन जानेबेला भएकाले हिँडिहाल्न पर्यो । केशव ८ वर्षपछी विदेश वाट प्रथम पटक गाँउ आएको, उनीलाई याद आयो ।
मेरो साथीको वूवा आज ९१ वर्षमा वित्नुभयो । कुर्सीमा बस्नुभएको अवस्थामा वहाँ मृत अवस्थामा भेटिनु भयो । मृत्यूको समयमा वहाँको काखमा एउटा ८ बाई १० को फ्रेम हालेको फोटो पाईयो, १० वर्ष अगाडि वित्नुभएको वहाँकी श्रिमतीको फोटो । शायद अन्तिम समयमा आफ्नो जिवनको सबैभ्न्दा प्रिय कुरा हेर्न चाहनुहुन्थ्यो बूवाले ।
आज मेरो अटिजम भएको छोराले पहिलोपटक ६ वर्षमा एउटा शब्द बोल्यो, बूवा भनेँर
मेरी प्रेमीकाले मसँग पर्याप्त सम्पती छैन भनेँर मलाई छाडिन् । मलाई एक्लो महसुस भएको मेरो २०० किमी परको शहर पोखरामा बस्ने साथीलाई फोनगरेर भने । उसले केही घन्टामा मलाई फोन गरेर सान्तवना दिनकालागी म अहिले तेरो घरमा आएर तलाँई अँगालो मारेर पूराना कुराहरु गर्दै आज वाहिर घुम्न जाने प्लान बनाए भने के हुन्छ भन्यो रु मैले मोरा नचाहिने कुरा नगर भन्या मात्र के थिए, ढोकामा ढक ढक आवाज आयो । ढोका खोल्दा ऊ बाहिर थियो श
आज मेरो दृष्टिविहिन साथीले म सित आफ्नो प्रेमीका कति रामी्र छिन् भनेर ब्याख्या गर्यो, म चुपचाप सुनिरहे ।
हाम्रो पात्रोकालागी सुयोग ढकाल
Liked by: