परिवारदेखि समाज विकासमा महिलाको अति महत्वपुर्ण भूमिका हुदाँहुदैँ पनि राज्यका हरेक क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय हुनै सकेन । राज्य व्यवस्थाको हक, हीत र अधिकारबाट नारी कटौति भइरहनुको तात्पर्यले नारी अधिकार प्राप्ति अझै चुनौतिकै विषय हुन गइरहेको छ ।
स्वावलम्बी व्यक्ति यति तागतिलो हुन्छ कि उ जहाँ पुग्छ, त्यही उसलाई सफलता मिल्छ । उसले आफ्नो शक्तिलाई पखेटा सरह प्रयोग गरी आकाशको उचाई नाप्न सक्छ । इजरायलमा मैले एउटी त्यस्ती पनि महिला देखेको छैन जो पर निर्भर भएका छन् ।
जीवनमा स्वावलम्बन प्राप्त गर्नका लागि हामीले आफूले आफ्नो महत्वको पहिचान गर्न सक्नुपर्छ । हामीले आफ्नो मनमा हिन भावनाको विकास हुन दिनुहुँदैन । हामी जस्तो छौं त्यसमा आफूलाई अझ सक्षम बनाउने प्रयास गरिरहनुपर्छ । हामीले आफूले आफूलाई कमजोर सम्झियौँ भने हाम्रो स्थिति अझ कमजोर बनिदिन्छ । निरन्तर आस्थावान् भएर आफूप्रति विश्वास गर्नाले नै हामी सेल्फ मेड अर्थात् स्वनिर्मित बन्न सक्छौँ । हामी नारी जातीले जति अरुको साहारा लिन खोज्छौँ, त्यति धोका खाने सम्भावना पनि अधिक हुन जान्छ ।
नेपालको सन्दर्भका इतिहास हेरौं । परजीविहरुले सधैं नै उत्पीडन धोका, अन्याय अत्याचार सहनु परेको हुन्छ । परिवारदेखि समाज विकाससम्म महिलाको अति महत्वपूर्ण भूमिका हुदाँहुदैँ पनि राज्यका हरेक क्षेत्रमा महिलाको न्युन सहभागिता रहेको आवस्था छ । हाम्रो समाज परम्परा देखिनै पुरुष प्रधान रहदै आएको छ । महिलाहरुको उपस्थितिलाई कानुनी रुपमा मान्यता प्रदान गरिए तापनि समाजमा पुरुष तथा महिलाको भूमिका, कार्यव्यवहार, अधिकार आदि परम्परादेखिनै सीमांकित छन् । त्यसैगरेर लैंगिक समानताको ध्वजा फहराउन व्यहारिक चुनौतिहरु पनि प्रशस्तै छन् । प्राचीन कालबाटै महिला भेदभाव गरिदै आएकोले साक्षरता, उच्च शिक्षा र सार्वजानिक ओहोदामा पुरुष सरह महिलाको समान रुपमा सहभागिता हुन नसक्दा महिलाको अवस्था पुरुषको तुलनामा पछि पर्न गएको छ । फलस्वरुप नीतिगत , कानुनी र व्यावहारिक प्रयासका वावजुद पनि आशातित उपलब्धि हासिल हुन सकेको छैन ।
परिवारदेखि समाज विकासमा महिलाको अति महत्वपुर्ण भूमिका हुदाँहुदैँ पनि राज्यका हरेक क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय हुनै सकेन । राज्य व्यवस्थाको हक, हीत र अधिकारबाट नारी कटौति भइरहनुको तात्पर्यले नारी अधिकार प्राप्ति अझै चुनौतिकै विषय हुन गइरहेको छ ।
मानिसको जन्मसिद्ध अधिकारको रुपमा मानव अधिकारलाई लिइन्छ । जुन प्रत्येक व्यक्ति मानिस भएर बाँच्नको लागि आवश्यक हुन्छ । त्यसैले प्रत्येक व्यक्तिको जीवनको अधिकार मनाव अधिकार हो । यो कसैले दिएर दिइने विषय नभई मानिस भएर जन्मिएको कारण स्वत: प्राप्त हुन्छ । यो प्राकृतिक, जन्मसिद्ध, नैसर्गिक र आधारभुत अधिकारको रुपमा रहेको हुन्छ । महिला भएको कारणबाट खण्डित वा वन्चित गरिएका आधारको खोजि अनी प्रतिस्थापनाको लागि गरिने व्यवस्था र मानवको रुपमा पाउनु पर्ने महिलाको अधिकार निश्चित रुपमा अलग विषय नभई मानव अधिकारकै विषयवस्तु हुन् । मानवअधिकारको विषयलाई सामान्यीकरण गरेर वा व्यवहार गरिदा कतिपय अवस्थामा जैविक भिन्नता भएको कारण महिलाले उपयोग गर्न पाउने अधिकार कटौती हुन पुग्ने भएको हुदाँ महिला अधिकारको विषयलाई अलग्गै प्राथमिकतामा राखेर हेर्नु पर्ने पनि हुन आउँछ।
एकातिर नेपाल राष्ट्र गरिव हुनु र अर्कातिर महिलाहरुलाई पछौटे पारिनुको प्रसङ्गले राष्ट्र निर्माणको महायज्ञमा थप चुनौति हुनु स्वभाविकै हो । यसो हुनुमा धार्मिक र साँस्कृतिक हिसाबले पनि धेरै हदसम्म महिलाहरुलाई नै जिम्मेवार बनाइएको पनि पाइन्छ ।
राष्ट्रको सर्वाङ्गीण विकासका लागि पुरूष सरह हिंड्नका लागि अब महिलाले नै आवाज उठाउनु पर्ने बेला आएको छ । जब महिले आफै जागरुक र सचेत हुन्छन् तब मात्र घर परिवार र समाज पनि बदलिन्छ । त्यसैले भोलिको दिनहरुमा यस्तो गाउँ, घर र परिवार नहोस् जहाँ अझै पनि आफ्ना मनका कुरा अर्कैले लेखिदिन परोस् र अर्कैले बोलिदिनु परोस् । अब हाम्रो देशमा त्यस्ती आमा, दिदी र बैनी नहुन् जसलाई हरेक काला अक्षेर भैंसी बराबर नहोस् । हरेक यस्ती छोरी नहुन् जसले भाइको पुस्तक देखेर आफ्नो पिठ्यूको डोको नाम्लो खुर्पेटो हेर्दै रुन नपरोस् ! अनि त्यस्ती बुहारी नहोस् जस्ले आफ्ना खसमसँग कुरा गर्न मोबाइलको नम्बर अर्कैलाई थिच्न लगाउन नपरोस् । अनि त्यस्ती बुहारी अथवा नारी जसले दाइजोको नाउँमा आगोमा दनदान बल्न नपरोस् । साथै त्यस्तो बुढी आमै नहुन् जसले आफ्नो विधवाको डरलाग्दो कुरुप्तमा बोक्सीको आरोपमा मलमूत्र खुवाएर, घर निकाला गरेर दुनियाँको छी: छी: दूर दूर सहेर मारिन नपरोस् ।
अन्य मुलुकमा जस्तै नभए पनि भिन्न प्रकृतिमै भए पनि हाम्रो मुलुकमा नारी भएकै कारणले सम्मान र आदर पाउन सकून ! यसपटकको नारी दिवसले यसैको प्रतिनिधित्व गरोस् ।
जबसम्म नारी र पुरष एउटै सोच र कार्यगत एकता भएर अगाडि वढ्दैन तबसम्म देश विकास, समाज सुधार र जनचेतना जस्ता उपलब्धिहरु हामीले हासिल गर्नै सक्दैनौ । जबसम्म देशले विकास र समाजले सुधार पाउन सक्दैन तवसम्म यो शोषण, हिंसा र उत्पीडन जस्ता सामाजिक विकृतिहरु कहिल्यै उन्मुलन हुने छैन ।
महिला भनेका अन्याय र अत्याचार सहन जन्मेका हुन् र महिला भनेको पीडाका पुञ्ज हुन् भन्ने अब कसैले नसोचून ! समतामूलक दिगो राष्ट्रिय विकासका लागि पुरुष सरह महिलाहरुको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य रहन्छ । महिलालाई शसक्त नबनाएसम्म मानवता शसक्त बनाउन सकिने छैन ।
---
लेखनः भगवती वस्नेत, हाइफा, इजरायल
Liked by: