राजाले दुबै पक्षको कुरा सुनेपछि अब भोटोको स्वामित्व मछिन्द्रनाथको पूजारीले पर्याप्त प्रमाणको आधारमा गर्ने बताँउदछन् ।
बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथ पनि भनिन्छ, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ । अवलोकेत्श्वर को संज्ञा पनि दिइएको रातो मच्छिन्द्रनाथलाई बर्षा र कृषीका देवता पनि भनिन्छ । नेपालमा आयोजना गरिने प्राचिन जात्राहरुमा सबैभन्दा लामो जात्रा बुंग द्यः अर्थात रातो मच्छिन्द्रनाथको रथयात्रा विगतका हजारौं वर्षदेखि बैशाख शुक्ल प्रतिपदावाट शुरु भई असार शुक्ल चौथीमा समापन गरिने चलन छ ।
रातो मछिन्द्रनाथको महिना दिन लामो जात्राको अन्त्य भोटे जात्राको भोटो देखाउने क्रमसंगै हुँदैछ ।
आउनुहोस शुरुमा वात मारौं भोटे जात्रा संग समबन्ध राख्ने कथा या भनौं जनउक्ति को ।
भोटेजात्राको बास्तविक कहानीको शुरुवात टौदह वाट हुन्छ । टौदह नाम गरेको दह जुन अहिले पनि छ त्यसमा नागका राजा कारकोटक बस्थे, कारकोटक आधा मान्छे अनि आधा सर्पका स्वरुपका थिए रे । भोटे जात्राको प्रसंग कारकोटकको श्रीमतीलाई भएको एउटा बिसन्चोबाट शुरु हुन्छ । कारकोटककी श्रीमतीले एकदिन आँखा दुखेको बताउछिन्, अब श्रीमतीको आँखा निको पार्न कारकोटक भक्तपुर जान्छन् जहाँ बैध बस्दथे । बैधलाई आफ्नी श्रीमतीको आँखा निको पारिदिएमा निकै धनसम्पती दिने सर्तमा बैध कारकोटक संग टौदह आइपुग्छन् अनि दहमा कारकोटकले बैधलाई पानीमुनी लिएर जान्छन् जहाँ उसकी श्रीमती हुन्छिन् ।
कारकोटककी श्रीमतीको औषधीउपचार गरेर बैधले निको पाि तुल्याँउछन् । यसी खुशी भएका नागराजा कारकोटकले बैधलाई सुन चाँदी गरगहना लगायत एउटा मणिमाणिक्य जडित भोटो पनि उपहार दिन्छन् । यी बैध खुशीसाथ भक्तपुर फर्कन्छन् अनि कारकोटकले दिएको मुल्यवान भोटो लगाउन थाल्दछन् । यस्तो मणिमाण्क्यि जडित भोटो एउटा सामान्य किसान परिवारका बैधसंग देखेपछि सबै जना चकीत हुन्छन् र यसै क्रममा यो भोटो एकदिन एउटा भूतको आँखामा पर्दछ । भोटो देखेर त्यस भूत ईष्र्याले हरियो हुन्छ, त्यस भूतले उक्त बैध खेतमा काम गर्न जाँदा फुकालेर राखेको अवस्थामा त्यस भोटो चोरिदिन्छ । यसरी आफ्नो बहुमुल्य भोटो चोरे भागेको भूतको पछि लागेका ति वैधले घरिघरि भोटोको मण्किो चम्काई देख्दछन तर फेरि भूत बिलाँउछ । यसरी भूतलाई खोजेर लखतरान भएका वैध भक्तपुरको समथर भूभागमा आइपुग्दछन् जहाँ रातो मछिन्द्रनाथको रथयात्रा धुमधामका साथ भइरहेको हुन्छ।
त्यस भूत पनि पक्कै यस जात्रामा छ भनेर ठहर गरि वैध जात्रामा भूतको खोजि गर्न थाल्दछन्, नभन्दै उनले भूतलाई अस्ताउन आँटेको घामको चहकमा भोटोको मणिको चम्चमाहटका कारणले समाउन सक्दछन् । अब वैध र भूत बीच भोटोको स्वामित्वको विषयमा भनाभन पर्दछ, यत्तिकैमा राजा गुणकामदेवको रथ त्यहाँ आइपुग्दछ अनि जात्रामा उपस्थित केहीले भूत र वैधलाई जात्रामा झगडा गरेको भनि राजाको अगाडी प्रस्तुत गर्दछन् । राजाले दुबै पक्षको कुरा सुनेपछि अब भोटोको स्वामित्व मछिन्द्रनाथको पूजारीले पर्याप्त प्रमाणको आधारमा गर्ने बताँउदछन् । प्रमाणको खोजिमा वैध टौदह गएर कारकोटकसंग अनुनय गर्न पुग्दछन अनि कारकोटकले आफू मछिन्द्रनाथको जात्रामा प्रमाण दिन आउने बताँउछन्, आफू आँउदा जात्रामा अरुभन्दा अग्लो भएर अनि हावाहुरी चलेपछि मात्र आउने कारकोटकले वैधलाई बताउदछन् । जात्राको तेश्रो र अन्त हुने दिन वैधले कारकोटकलाई जात्राको हुलमा ठम्याउन सक्दैनन अनि हावाहुरी खासै नचलेर केही तिब्र बतास मात्र चल्दछ । कारकोटक अनि प्रमाणको अभावमा न त त्यो भोटो वैधको हुनपुग्दछ न त भूतको । यसैसाथ मछिन्द्रनाथका पूजारीले रथको चारैतर्फ भोटो देखाएर कसैको हो भनि देखाँउदछन् । यसै परम्परा आजसम्म पनि हजारौं हजारौं वर्षदेखि चलिआएको हो, यस वर्षको भोटेजात्रामा हामी सबैलाई स्वागत छ ।
यस जात्रामा राष्ट्रप्रमुख लगायत बिभिन्न महत्वपूर्ण ओहदाका व्यक्तिहरु भेला भएर भोटो हेर्ने चलन छ, भनिन्छ कि यस अवसरमा मानव अनि भूतहरु सबैजना भोटो हेर्न एकै थलोमा जम्मा हुन्छन् ।
जिवीत देवी कुमारीको उपस्थितीमा यस भोटो देखाइन्छ, लगनखेलको थटी टोलवाट यसै दिन मछिन्द्रनाथको रथ जावलाखेल लिएर जाने चलन छ । जात्रा सम्पन्न भएलगत्तै रातो मच्छिन्द्रनाथको मूर्ति खटमा राखेर बुङ्मती लगिन्छ ।
शक्ति अनि सार्मथ्यका पर्याय बाबा मछिन्द्रनाथले सबैको रक्षा गरुन् ।
हाम्रो पात्रो
Liked by: