माउन्टेन ड्रिमीगं | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

माउन्टेन ड्रिमीगं




जीवनमा हामी कतिजना सपना देख्न डरायौँ, देख्नेले हबिगतमा ढाल्न डरायौँ । सपना देख्न डराउनु हुन्न रहेछ



ए साइँइइइलुउउउउ..........घाँसको भारी पुगेन भने यतातिर आऊ होइइइइइइइ ।।।
आँखै अगाडिको पारीको डाँडालाई हेरेर यसरी कहिल्यै चिच्याउनुभएको छ ? वा
आइ एम **** अमेजिङ
भनेर ठूलो स्वरले सबैको कानमा पर्ने गरी र आफ्नै जीउमा काँडा उम्रिने गरी चिच्याउनुभएको छ ?
यही भनेर चिच्याए माउण्टेन ड्रिमिङका स्वदेशी विदेशी सहभागीहरु एक हप्ते कार्यशालाको अन्तिम दिन । वैशाख २८, शुुक्रबारको दिन दक्षिणकाली भिलेज रिसोर्टमा भेला भएका नेदरल्याण्डस्देखि कपिलवस्तुका सहभागीहरु जेठ ३ गते छुट्टिने बेलामा परिवार बनिसकेका थिए । संसारका भिन्न भिन्न कुनाबाट आएका सहभागीहरु एक हप्ताको बसाइँमा मनैबाट बाँधिए, प्रेमको साँघुरो परिभाषालाई चुनौति दिँदै मुटुभरीको माया साटासाट गरे । नचिनेसम्म को हो को हो, चिनेपछि मायामोह...भन्ने चर्चित नेपाली गीतको हिस्सा सम्झाइदिने गरी माया बस्यो नेदरल्याण्डस्, बेल्जियम, इटाली, थाइल्याण्ड, भारत, पाकिस्तानदेखि काठमाडौँ, बुटवल, रुपन्देही, धादिङसम्मका सहभागीहरुबीच ।
दिगो सामुदायिक विकासका निम्ति एकता, बुटवलबाट आएका सहभागीहरु सामाजिक विषयवस्तुहरुलाई कसरी जिवन्त पारेर प्रस्तुत गर्ने र स्वयंलाई कसरी बुझ्ने भनेर सिक्न आएको बताउँथे । थाइल्याण्डको बैंककबाट उपस्थित ४९ वर्षीय सोर्नचाइ ड्रागन ड्रिमिङको बारेमा बुझ्न उत्साहित भएरै नेपाल आएको बताए ।
बेल्जियमबाट पहिलो चोटि नेपाल आइपुगेकी यित्से ह्युसमान्स्ले आपूmलाई स्वतन्त्र रुपमा बहकिन दिन र कुनै पूर्वाग्रह नराखी आपूm र अरुलाई बुझ्न उद्देश्य राखेको बताइन् । तिमीमा म र ममा तिमी भन्ने शब्दले तानेर नै आपूm यहाँसम्म आइपुगेको उत्तर प्रदेश, भारतकी अशिमा विष्नोइले बताइन् । बालुवाटारबाट कार्यशालामा आइपुगेकी पूजा अधिकारीलाई कार्यक्रम आध्यात्मिक लागेकाले आएको बताइन् भने २३ वर्षीय विजय थापा समाज परिवर्तनको लागि एउटा इट्टा थप्ने सोचका साथ आइपुगेका थिए । संसारभरका विभिन्न क्षेत्रबाट भिन्न उद्देश्यले भेला भएका सहभागीहरु आखिर माउण्टेन ड्रिमिङकै लागि भेला भएका थिए । के हो त माउण्टेन ड्रिमिङ ?


सामाजिक मञ्चका लागि अन्तर्राष्ट्रिय केन्द्र (आइ.सि.एस.टि) का संस्थापक गोपाल अर्याल दाइलाई कार्यशाला सकिसक्दा पनि माउण्टेन ड्रिमिङ भनेको के हो भनेर सोध्दा आपूm त्यसलाई वाक्यमा ढालेर व्याख्या गर्न असमर्थ रहेको बताउनुहुन्छ । “यो अनुभव हो, मायाको सञ्चार हो, यसलाई शाब्दिक अर्थमा ढालेर वर्णन गर्ने शब्द मसँग छैन” भन्नुहुन्छ गोपाल दाइ । 


शुक्रबार बेलुका नै कार्यक्रम कस्तो हुने हो भनेर छनक देखियो । गोपाल दाइले सबैलाई गोलो घेरामा हात समातेर उभिन लगाउनुभयो । कहिल्यै नदेखेका वा नचिनेका अनुहारलाई झ्वाम्म अँगालो हाल्न इन्स्ट्रकसन आयो । चिनेका नचिनेका, स्वदेशी, विदेशी, महिला, पुरुष, अधवैँशे, बालक सबै सहभागीहरु एक अर्काको अँगालोमा बाँधियौँ । मानिसहरु कसैको छुवाइबाट तर्सिने र तर्किने भएका छन् । संसारभरका मानिस एकै हौँ भने माया र विश्वास खोइ त भनी सोध्नुहुन्छ गोपाल दाइ । अर्को दिन कार्यक्रम हलमा आउँदा आफ्नो सामाजिक हैसियत बिर्सेर शरीरमा मात्र भएर उपस्थित हुन अचम्मको इन्स्ट्रकसन फेरि गोपाल दाइबाटै आयो ।
अपरिचित अनुहार एकछिनमै परिचित बन्दै गए । सहभागीहरु आउने क्रम राति अबेरसम्म चलिरहेको थियो । सामाजिक हैसियत नै बिर्सेर आउनु भनेर अह्राइएको छ । यत्तिका वर्ष शरीर मात्र भएर बाँचेका होइनौँ रहेछ भन्ने हेक्का त बल्ल पो भयो त । मानिस सबै उही हुन्छन्, संसारभरमा जुनसुकै ठाउँमा जन्मिएको भएपनि हाम्रो भौतिक शरीर र मानिस भएर अनुभव गर्ने संवेदना एउटै त हो । शरीर छ र त यो आनन्द छ, हावा छ, जमिन छ, सपना छ, परिवार छ, साथीभाइ छन् । तर यही शरीरलाई बेवास्ता गर्दै हामी सांसारिक कर्मको जालोमा कसरी जेलिँदा रहेछौँ । “आपूm को हुँ” र “मेरो अस्तित्व के का लागि” भन्ने चेतना पनि नपाई कति संसारबाटै अलप भइदिन्छौँ ।
शनिबारको दिन सहभागी सबैजनाले एकअर्कासँग दिनभरी माया साट्यौँ । हाम्रो लागि सायद समय अड्किएको थियो । हामी शरीर भएर उपस्थित भएका थियौँ । हाँस्दा, हिँड्दा, अरुको आँखामा हेर्दा, मुस्कुराउँदा, स्वास लिँदा कस्तो महसुस भइरहेको छ, एक एक गरी अनुभव लिइरहेका थियौँ । हो, हामी वर्तमानमा बाँचिरहेका थियौँ । विगतमा छिर्दा पनि म को हुँ, म के हुँ र म कसरी यस्तो भएँ भनेर आफ्नोबारेमा ज्ञान लिनका लागि प्रवेश ग¥यौँ । यसो गर्दा आपूmमाथि कुनै पूर्वाग्रह नराखी ग¥यौँ । जीवनमा तीतामिठा, राम्रानराम्रा जे पनि अनुभव भए ती सबैले नै मलाई म बनायो भनेर आपूmलाई स्वीकार्न सिक्यौँ । ती हर एक पल प्रति कृतज्ञ पनि भयौँ । यति मात्र होइन, कोही भक्कानिएर त कोही सुँक्सुकाउँदै, कहिले हाँस्दै अनि कहिले भावुक हुँदै अरुमाथि पनि कुनै पूर्वाग्रह नराखी अरुको कुरा सुन्यौँ र ढाडस दियौँ । फलानो त यस्तो रहेछ, फलानी उस्ती भनेर पूर्वाग्रह राख्ने बानी त हामीमा परिसकेको हुन्छ । फलानो यस्तो र उस्तो भन्नुअघि हामीलाई उसले भोगेको जीवनको हेक्का नहुँदो रहेछ नि त । यो दिनमा आपूmलाई स्वीकार्न र समाजले बनाइदिएको सामाजिक प्राणी नभएर प्राकृतिक प्राणी भएर बितायौँ ।
इटालीबाट आएका उरी नोय मिरले पनि आइतबारदेखि बुधबारसम्म यिनै कुराहरु सिकाए । सहभागी सबैलाई आपूmभित्रको म र अरुलाई हेर्ने दृष्टिकोण सिकाउने प्रयास गरे । सामाजिक परिवर्तन हर एक व्यक्तिबाट सुरु हुन्छ । पहिला हामी आपूmले आपूmलाई बुझौँ । शरीरले व्यक्त गर्न खोजेको भावलाई बुझ्ने प्रयास गरौँ । आपूmलाई बुझ्न सक्ने मानिसले अर्को शरीरलाई पनि आदर गर्न सिक्छ भन्ने हेतुले उरीले सुरुका दुई दिन आफ्नो शरीरको भाव बुझ्न सिकाए । हरेक पलमा मनमस्तिष्कबाट आउने आज्ञालाई चनाखो भएर चिन्न सिकाए ।
आवाज र शब्दको प्रयोग बिना नै हामी कति कुरा भन्न सक्ने रहेछौँ, यो उरीले गतिविधिहरु गराउँदै जाँदा थाहा भयो । हामीभित्र गुम्सिएर रहेका भावलाई शरीरले बुझाउन पर्ने भयो । साथीहरुले मभित्रको भावलाई बुझ्ने कोशिस गर्ने भए । साथीले बुझेको कुरा सुनाउँदा प्रस्तुतकर्ताले भन्न खोजेकै भाव भन्न नसकिने अवस्था पनि हुने रहेछ । मैले देखेको भाव खासमा मेरा आफ्नो व्यक्तिगत अनुभवबाट आउने भए र मेरो बुझाई मेरो अनुभवले सृजना गर्दो रहेछ भन्ने मीठो पाठ यही एक हप्ते कार्यशालामा सहभागी सबैले सिक्यौँ । अनि त सिक्यौँ अरुलाई आदर गर्ने बानी पनि ।
थाइल्याण्ड र भारतमा भएका वास्तविक घटनालाई हामीले भूमिका निर्वाह गरी बुझ्ने प्रयास ग¥यौँ । कोही ती वास्तविक घटनाका मूर्त अमूर्त पात्र बने र कुनै शब्दको प्रयोग नगरी प्रस्तुति दिए, कोही घेराबाहिर बसेर उनीहरुको प्रयासलाई नियालेर हे¥यौँ । खासमा, दश जनाको घेराभित्र बसेर दश जना पात्रले सिंगै समाजको वास्तविकता कति सजिलै छर्लगं पारिदियो । परिवर्तनकै लागि काम गर्न खोजे पनि एकले अर्काको कुरालाई बुझ्न नखोज्दा वा नसक्दा एकै दिशामा लम्किएका हामी कसरी तितरवितर हुँदा रहेछौँ भनेर यो गतिविधिले हाम्रो भोगाइ हाम्रोसामु छर्लगं पारिदियो । के बेल्जियम, के भारत, के पाकिस्तान, के नेपाल, हामी जहाँ जुन भूमिबाट आएका भएपनि यो गतिविधिपछि सब चकित बन्यौँ, भावुक भयौँ । त्यो सन्नाटामा यस्तो लाग्यो सबको मन ढुंगाले थिचे जति गहुँ्रगो भयो । कसैको आँसु थामिएन, आँखाबाट बाहिरै झरे । कोही लामो सुस्केरा तानेर आपूmलाई सम्हाल्यौँ । हामी सबैको परिस्थिति त एउटै रहेछ । अरुको कुरा सुन्न नखोज्दा र होलिस्टिक अप्रोच राख्न नसक्दा हामी आफ्नै र अरुको प्रयासबाट कसरी निराश हुँदा रहेछौँ, हार खाँदा रहेछौँ आँखै अगाडि समाज देख्यौँ ।
जीवनमा हामी कतिजना सपना देख्न डरायौँ, देख्नेले हबिगतमा ढाल्न डरायौँ । सपना देख्न डराउनु हुन्न रहेछ र आपूmले आफ्नो र आफ्नाका लागि देखेको सपनालाई वास्तविकतामा ढाल्नका लागि गर्नुपर्ने योजना, कार्य र कार्य गरिसकेपछिको उपलब्धि मनाउन पनि यही एक हप्ताको कार्यशालामा सिक्यौँ ।
जबसम्म हामी आफ्नै शरीरलाई नै चिन्न सक्दैनौँ तबसम्म हामी आपूmमा परिवर्तन ल्याउन सक्दैनौँ । जबसम्म हामी आपूmलाई नै आदर गर्दैनौँ तबसम्म अरुलाई आपूmजस्तो देख्दैनौँ र आदर गर्न पनि जान्दैनौँ । समाज यस्तै म र अरु बनेर त बन्ने भो । अनि म र अरुलाई नचिनेसम्म समाज परिवर्तन कसरी होस् त ? अरुको कुरा बुझ्न प्रयास नगर्दासम्म हामी सामाजिक समस्या हलका लागि तयार हुन सक्दैनौँ । गोपाल दाइ भन्नुहुन्छ, “संसार परिवर्तन गर्ने अभिभारा तिम्रो होइन । तिमी मात्र आपूmलाई चिन, चेतनशील भएर बाँच । तिम्रो जिम्मेवारी यति नै भो ।”

सबिना श्रेष्ठ
सहभागी



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.