देशको इतिहास पानीमा चलेको पानीजहाज जस्तो हैन्, यहाँ पाइलाहरु मेटिँदैन पृथ्वी नारायणका आवाज अनि दृष्टिहरु आज पनि दिव्योपदेशमा अनि चन्द्रागिरिको डाँडाबाट हामी सबैलाई नियाल्दैछन् । देशले अाज स-सम्मान उनका विचारलार्इ, उनलार्इ अाधिकारीकरूपमैं सम्झना गरेकोमा धन्यवाद छ !
थाकखोला किनारका कवि भूपी शेरचनले मेची देखि महाकालीलाई एउटा अमर कवीता कोरिदिए...
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए
मुलुक भन्ने शब्द बडो चित्तोकर्षक छ अनि यसको भाव पनि । हामी नेपालीको मनमा मुलुक भन्नासाथ एउटा चित्र आउँछ, हाम्रो चन्द्र-सूर्य सहितको विश्वमैं एकमात्र त्रिकोणात्मक झण्डा अनि समग्र नेपालीपनाको । ढाका टोपी, डाँडाकाँडा, गाँउबस्ती, हिमालहरु, हरियाली अनि नेपाली अात्मियताको त्यो मिठो विम्ब जहाँ नेपालको छाँया छ ।
नेपालीपनको यो मानसचित्र भित्र एउटा महान व्यक्तिको महान अनि दूरगामी संघर्ष र दूरदर्शिता लुकेको छ । नेपालमात्र नभई भारतीय उपमहाद्वीपका बिभिन्न देश अनि विश्वमै नाम लिइने एक महान नेपाली, नेपाल एकिकरणका नायक पृथ्वी नारायण शाहको चर्चा गर्न चाह्यौं ।
आजभन्दा लगभग ३०० बर्षअघि बाइसे अनि चाैबिसे राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि स-साना राजारजौटाहरूमा बाँडिको देश थियो । यस्तै एउटा सामान्य राज्य तात्कालिन गोर्खामा थियो जहाँको राजपरीवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो, आधूनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली वीर सिद्धान्तका प्रतिपादक यिनै महान राजालाई मानिन्छ ।
१८औं र १९औं शताब्दिको अन्तराष्ट्रिय राजनिती हेर्ने हो भने पनि अहिलेका बिशालयकाय विभिन्न देशहरु सोही समयमा एकिकृत भएका देखिन्छन् । स-साना राज्य, शासक, कबीला अनि समूदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन युद्धहरु त्यसबखत विश्वभरि नै भएका थिए । चीन, जर्मन अनि ईटाली लगायतका देशहरुको पनि एकताका कथाहरु हाम्रो नेपालको भन्दा फरक छैनन् । त्यसैले होला आफ्नो अन्वेषण पुस्तक आधूनिक नेपालमा इतिहासविद् डि.आर. रेग्मी लेख्नुहुन्छ, 'पृथ्वी नारायण शाहको जितको प्रकृती उतिखेरका वेसेक्सका सम्राटले स-साना ब्रिटिश टापुहरुमा गरेको बिजय भन्दा फरक देखिंदैन ।'
यस हिसाबले बिकास अनि राष्ट्रिय एकतामा विश्वसमाज संगसगै दौड शुरु गरेको नेपाललार्इ वर्तमान जर्मन, ईटाली, भारत अनि चीन लगायतका देशसंग तुलना गर्दा बिकास, समृद्धि अनि दूरगामी सरकारको ठूलो खाडलको सामना गरिरहेको छ ।
जे होस् आधूनिक नेपालका यी रचयिताको जन्मदिनमा सम्पूर्ण नेपालीहरुसमक्ष एकता र मेलमिलाप मिश्रीत अमर भावको विकास होस् । एउटा कुरा भने स्पष्ट छ कि यदि पृथ्वी नारायण शाहले उतीखेर नेपाली एकताको कसरतमा हार मानेका या बिफल नै भएका थिए भने आज स्वतन्त्र अनि सार्वभौम नेपाल पक्कै हुने थिएन् । सदन अनि सडक दुबैतर्फ अहिले लोकतन्त्र अनि शक्तिको बिकेन्द्रिकरणका नाराहरु छन् तथापि यी सबै संरचना अनि पृष्ठभूमि तयार गरिदिने मान्छेलाई भने कहिंकतै देश अनि देशवासीले भुल्न पो आँटेका हुन कि भन्ने भान सबैलाई भएको छ । देशको इतिहास पानीमा चलेको पानीजहाज जस्तो हैन्, यहाँ पाइलाहरु मेटिँदैन पृथ्वी नारायणका आवाज अनि दृष्टिहरु आज पनि दिव्योपदेशमा अनि चन्द्रागिरिको डाँडाबाट हामी सबैलाई नियाल्दैछन् । देशले अाज स-सम्मान उनका विचारलार्इ, उनलार्इ अाधिकारीकरूपमैं सम्झना गरेकोमा धन्यवाद छ !
केवल २० वर्षकै उमेरमा राज्य बिस्तार अनि एकीकरणको उद्देश्यमा हामफालेका राष्ट्रनायक पृथ्वी नारायण शाह विश्वका अन्य कुनै योद्धा या बहादूर शासक भन्दा कम थिएनन् । भारतमैं पनि महाराणा प्रताप या छत्रपती शिवाजीको पृष्ठभूमि यस्तै पाइन्छ तर जुनसुकै सत्ताधारी सरकार भएपनि भारतमा यि महान योद्धा र दूरगामी सोंचका आधारलाई कदर गरे जस्तो नेपालमा भने पृथ्वी नारायण शाहलाई सम्झनासम्म गर्न कन्जुसी गरीयो । आफ्नो जीवनको उच्चतम राजनैतिक अवस्था इतिहासको उत्कट पलमा पुगेका पृथ्वी नारायण शाहको शासनको १८औं शताब्दिमा सम्पूर्ण भारतवर्ष अनि वैदिक हिन्दु सनातन अनुयायीहरु नै मुगल मुस्लिम शासकबाट छुट्कारा पाउन कसरत गरिरहेका थिए । दिव्योपदेशमा 'नेपाल दुई ढुगां बिचको एक तरुल हो' भनेका पृथ्वी नारायण शाहको दूरगामी सोंचलाई नै श्रेय दिनपर्दछ कि नेपालमा न त उतिखेरका मुगल शासकहरुले बितण्डा मचाउन पाए न त संगैका चीन या भारतका शासकहरुले खुट्टो टेक्न पाए । अहिलेको भारत, पाकिस्तान, बङ्गलादेश अनि म्यानमारसम्म एकलटमै उपनीववेश बनाएका ब्रिटिशहरु पनि नेपाली स्वाभिमानलाई धावा बोल्न असमर्थ भए । पृथ्वी नारायण शाह पछिका शासक, भारदारी कलह अनि सत्तामोहका घिनलाग्दा खेलहरु हनुमान ढोका अनि नारायणहिटीसम्म खेलिएका अन्य बिभिन्न स्वरुपमा शासकस्तरमै नेपाली शिर झुकाउने कार्य भएका भने हुन् । देशको स्वाभिमान किस्ता किस्तामा किहले राणा शासक त किहले राजा शासक अनि अहिले आएर विदेशी भूमिमा लिलामी भइरहेका नै छन्, दिव्योपदेश यो परिपेक्ष्यमा अहिलेपनि उत्तिकै सान्दर्भिक छन् ।
देशलाई टुक्राउन एउटा नेता भएपनि काफी हुन्छ, तर देशका पीडाहरुलाई सम्बोधन गर्न धेरै हातहरु चाहिन्छ । ति हातहरु तपाईका हुन सक्दछन्, मेरा हुन सक्दछन् अनि हाम्रा हुन सक्दछन् । हामी नेपालीहरुले स्वाभिमानको नयाँ अध्याय पढ्न अनि बुझ्न जरुरी छ, अनि मात्र अघि बढ्छ नेपाल । नेपाललाई माया गर्ने अनि राष्ट्रियताको परिभाषा आजको दिनले मागेको छ ।
नुवाकोट बाट शुरु भएको बिजय यात्रा तिव्बतको सञ्चार र व्यापारको मुख्य नाका कुती पास अनि सैयौं बिभिन्न हिमाली राज्य सम्म पुग्यो । सीमाक्षेत्रलाई कडा पार्दे शान्ति अनि सजगताको मार्ग यि राजाले ब्रिटिश शासनपद्धतिबाट अपनाएका हुन् । बाईबल लिएर भारत छिरेका बेलायतीहरुले देखेको शुरुका दिनमा भारतीयसंग जग्गा थियो तर पछि बेलायती साम्रज्यवादको सिलसिलामा भारतीयसंग बाईबल अनि बेलायतीसंग भारतिय भूमी र राज्यका हरेक श्रोतहरुमा पहूँच तथा पकड भएको कुरा पृथ्वी नारायण शाहले राम्ररी बुझेका थिए । शायद त्यही कारणले होला, यि राजाले बेलायतीसंग कहिल्यै व्यापार गरेनन । गोर्खाबाट उठेको नेपाली सेनाको अदम्य साहस आज विश्वभरि छरिएको छ, गोर्खा शब्दमात्रको मोह हेर्नुस न ? गोर्खाल्याण्ड नाम मात्रकालागि गएका वर्षहरुमा हजारौं नेपाली मूलका भारतीयहरु संघर्षरत छन् । केवल ५२ वर्षको उमेरमा दिवंगत भएका यि राजाले चाणक्यले झै आफ्ना नितीहरु दिव्योपदेशमा लिपीबद्ध गराएर गएका छन् । आजका पुस्ताले हाम्रो इतिहास अनि पहिचानका तथ्यहरु खोज्न जरूरी छ, जान्न जरुरी छ, विदेशी भाषा अनि इतिहास मुखाग्रे पारेर ज्ञानको ओढ्ने ओढेकाहरु सदैव अपूरा हुन्छन जबसम्म आफ्नै इतिहास र तथ्यहरु जानिदैन, नेपाली बनिदैन ।
"गर्व गरौं, हाम्रो देशमा पृथ्वी नारायण शाह जन्मेका थिए र अाज हामी सार्वभाैम नेपालका नागरीक भएर बाँचेका छाैं ।"
---
हाम्रो पात्रो
Liked by: