मेरिकी सार्वजनिक शिक्षाको अध्ययन र अनुसन्धानपछिका उनका तर्कहरुले शिक्षा नीति परिवर्तनमा ठूलो सहयोग पु¥याएको छ ।
नोबेल पुरस्कारपछिको दोस्रो ठूलो अवार्ड मानिने यस वर्षको क्लार्क अवार्ड नेपाली मूलका अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएपछि उनको चर्चा नेपालीमाझ चुलिएको छ । ४० वर्षभन्दा कम उमेर समूहका युवा अर्थशास्त्रीलाई प्रदान गरिने सो अवार्ड अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पु¥याएबापत पाठकलाई प्रदान गर्न लागिएको हो । उनै पराग पाठकका केही योगदानका कुरा गरौँ ।
पराग पाठकले मार्केट डिजाइनमार्पmत् साधारणतय बजारमा तथा विशेष गरी शिक्षा नीतिमा योगदान पु¥याएका छन् । पाठकले आविष्कार गरेका मार्केट डिजाइनले सार्वजनिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई दिइने कार्यभार प्रणालीमा निकै सुधार आएको थियो । प्रचलित सिद्धान्तप्रति मानिसहरुको बुझाई संवेदनशील र व्यवहारिक बनाउनका लागि यी सिद्धान्तहरुको सिमा परिष्कृत बनाउनमा उनले भूमिका खेलेका थिए । शैक्षिक क्षेत्रमा चार्टर विद्यालयहरुको अवस्था, परीक्षाको प्रभाव तथा रसिद प्रणाली जस्ता विभिन्न शैक्षिक नीतिका प्रभावहरुको मूल्यांकन गर्नका लागि उनले रचनात्मक उपकरणहरुको निर्माण समेत गरेका थिए ।सार्वजनिक नीतिका सवालमा महत्वपूर्ण दृष्टि दिनका लागि उनका योगदानहरुले संस्थागत ज्ञान वृद्धि, सिद्धान्त परिष्कृत र साथै जीवनोपयोगी विश्लेषण गरेका छन् ।
३७ वर्षीय पाठकका पछिल्ला अध्ययन अनुसन्धानहरु शिक्षाको अर्थशास्त्रको व्यवहारिकतामा रहेका छन् भने उनका अध्ययनहरुले नीतिगत विवादमा सघाउ पु¥याउने गर्दछन् । अमेरिकी सार्वजनिक शिक्षाको अध्ययन र अनुसन्धानपछिका उनका तर्कहरुले शिक्षा नीति परिवर्तनमा ठूलो सहयोग पु¥याएको छ । म्यासाच्युसेटस इन्स्टिचयुट अफ टेक्नोलोजी (एमआइटी)मा प्राध्यापकका रुपमा कार्यरत पाठक एमआइटीको विद्यालय प्रभावकारीता तथा असमानता अध्ययनको पहलकर्ता तथा संस्थापक समेत हुन् । अमेरिकाका सहरहरुमा विद्यालय छनोट संयन्त्रका प्रयोगहरुबारे पनि उनले अध्ययन गरेका थिए । धेरैजसो सहरहरुमा विद्यालय छान्दा लोकप्रियता अथवा धेरै विद्यार्थीमा नाम चलेको आधारमा विद्यार्थी तथा परिवारले विद्यालय छान्ने गर्दा आएको जटिलतालाई पनि उनले अध्ययनको विषय बनाएका थिए । आपैंm विद्यार्थी हुँदादेखिको उनको अध्ययनले विद्यार्थीहरुलाई अरुको रोजाइमा विद्यालय छान्ने भन्दा पनि आफ्नो व्यक्तिगत छनौटको आधारमा विद्यालय छान्ने निर्णय लिन सक्ने प्रणालीको विकास गरेका थिए । सन् २००५ मा बोस्टनमा उनले यस्तो नयाँ संयन्त्रको बाटो खोलिदिएका थिए, जुन बोस्टनबाहेक अन्य सहर सिकागो, डेनभर, नेवार्क, न्यू ओर्लिन्स्, न्यू योर्क तथा वासिङटनमा समेत प्रयोग भएका थिए ।
पाठकका अनुसन्धानले मार्केट डिजाइनमा योगदान दिएका छन् जुन विद्यालय छनौट संयन्त्रमा अति उपयोगी मानिएको छ भने उनको अध्ययनले शिक्षा क्षेत्रमा विशेष सहयोग पु¥याएको एमआइटीका अर्थशास्त्र विभागका प्रमुख न्यान्सी रोज बताउँछिन् । अमेरिकी सार्वजनिक शिक्षा प्रणाली सुधारका लागि उनको योगदान अति महत्वपूर्ण रहेको छ । उनको अध्ययनले सार्वजनिक विद्यालयहरुमा विद्यार्थीलाई कार्यभार प्रदान गर्ने प्रणालीमा देखिएको सुधारले उनको ख्याति चुलिँदै गएको थियो । माध्यमिक शिक्षा सुधारका लागि तयार पारिएका विभिन्न नीतिहरुको उनले विश्लेषण गरेका छन् । सैद्धान्तिक तथा व्यवहारिक उपकरणहरुको आविष्कारको माध्यमबाट उनले प्रदान गरेका नीतिगत सल्लाहहरुले सरकारी विद्यालयमा पढ्ने दशौँ लाख विद्यार्थीहरुलाई लाभान्वित पु¥याएको छ । क्लार्क मेडलका लागि उनी सही उम्मेदवार हुन् भनेर अमेरिकन इकोनोमिक एसोसियनले लेखेको छ ।
हाम्रो पात्रो
Liked by: