रामजान कि रामादान | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

रामजान कि रामादान




   Suyog Dhakal - May 21 2018

भारतवर्ष यस्तो भूमि हो जहाँ दिल्लीका सुल्तान तथा मुघलहरुका पालामा औपचारिक भाषा पर्सियन हुने गर्दथ्यो । बेलायतीहरुले समेत प्रशासनिक कार्य सम्हाल्नका लागि पर्सियन भाषा नै सिक्ने गर्दथे ।



मुसलमान धर्मावलम्बीहरुका लागि रामजान पवित्र महिना हो । यही महिनामा पैगम्बरलाई अल्लाह भगवानको दूत भएको र कुरान प्रतिस्थापन भएको महिना पनि मानिन्छ । हामी सानो छँदा रामजानका यी दिनहरु हाम्रा लागि जादुमय दिनहरु हुने गर्दथे । भक्ति र उपासनाको महिना रामजानको लागि घरका सबै सदस्यहरु एक हप्ताअघिबाट तयारीमा जुट्थे । एकै साथ धेरै मानिसहरु व्रत बस्दाको रमाइलो नै अर्कै हुन्थ्यो । के खाना तयार पार्ने भनेर घण्टौँ छलफल हुन्थ्यो र खाना पकाउन पनि उति नै समय खर्चिन्थ्यौँ ।
सामाजिक सञ्जालहरुमा आजकल रामजान हो वा रामदान हो भनेर मानिसहरु विभाजित भएका देखिन्छन् । त्यस्तै, रामजान मुबारक कि रामदान करिम भनेर अरुलाई शुभकामना प्रदान गर्नेमा पनि मतान्तर देखिन्छ । यिनीहरु अर्थमा आधारित छन् । भारतवर्ष यस्तो भूमि हो जहाँ दिल्लीका सुल्तान तथा मुघलहरुका पालामा औपचारिक भाषा पर्सियन हुने गर्दथ्यो । बेलायतीहरुले समेत प्रशासनिक कार्य सम्हाल्नका लागि पर्सियन भाषा नै सिक्ने गर्दथे ।
विद्वान्हरु अरबिक भाषा जान्दथे र यसमा हिन्दावी, जसलाई आजकल उर्दू भाषा भनेर चिनिन्छ, भाषा पनि आत्मसाथ गरिएको भएपनि, पर्सियन भाषाको अत्यधिक प्रयोगल यो भाषा छायाँमा परेको थियो । अरबिक भाषामा २८ वटा अक्षरहरु हुने गर्दछन्, पर्सियालीमा ३२ भने पर्सियाली र अरबिक भाषाको मिसावट रहने उर्दूमा ३६ अक्षरहरु रहेका छन् । उर्दूका उच्चारणहरुमा स्वभाविक रुपमा पर्सियन उच्चारणहरुको प्रभाव रहन गयो । पर्सियनमा अरबिक अक्षर “ज्वाद”लाई “ज” को उच्चारण गरिन्छ न कि अरबिक भाषामा जस्तो “द” । यसकारण भारतीयहरु रामजान भन्ने गर्दछन् न कि रामदान । भारतीय मुसलमानहरु खाडीमा काम गर्न जाँदा अरबिक भाषाको प्रयोग गर्ने भएकाले केही वर्ष यतादेखि धेरैले यसलाई रामदान पनि भन्ने गरिएको हो । खासमा यसले केही वास्ता राख्दैन किनकी हामी उर्दू बोल्छौँ, अरबिक भाषा होइन । हामीले गर्ने प्रार्थनालाई अरबिक भाषामा सलाह भनिन्छ तर हामी उर्दूमा नमाज भन्छौँ भने व्रतलाई अरबिकमा सअम भन्दछन् भने हामी उर्दूमा रोजा भन्छौँ ।
यो महिनालाई जसले जे भनेर चिन्ने भएपनि, यसको वास्तविक उद्देश्य भनेको हाम्रो आस्थाअनुसार आत्माको शुद्धिकरणमा ध्यान दिनु हो ।
रामजान एक महिनासम्म केही नखाई वा पिई भोकै वा प्यासी भएर व्रत बस्ने चाड मात्र होइन । यो भक्ति र उपासनाको महिना हो । आपूmलाई नियन्त्रण गर्न र इच्छाशक्ति बलियो बनाउन सिक्नु नै यसको मूल उद्देश्य हो । रामजान त्यस्तो महिना हो जुनमा हामीले लालच र खराब कुराहरुबाट आपूmलाई जोगाउँछौँ । रामजानमा पेटका लागि मात्र होइन, जिब्रोको लागि पनि व्रत बसिन्छ । यो समयमा अरुलाई रिस, घृणा, इष्र्या, वा क्रुर भएर त झनै बोल्न हुन्न । जसले नराम्रो बोल्न र नराम्रो काम गर्न छोड्दैन, उसको व्रत अल्लाहबाट स्वीकार हुँदैन । 


रोजा आँखाका लागि पनि हो । नराम्रो कुराहरुमा आँखा लगाउन हुँदैन र कोहीमाथि विभेद भएको देखेमा आवाज उठाउनपर्छ । रोजा शरीरका लागि मनाइने चाड हो । कोही पनि मानिस कुकर्म तथा गैरकानुनी कार्यमा लाग्नुहुन्न । रोजा मन तथा मस्तिष्कको लागि पनि हो । भगवान र आध्यात्मिकतामाथिको आस्था टुट्न दिनुहुन्न र सधैँ भगवानमाथि आस्था राख्नुपर्छ । रामजान दानको महिना हो । गरिब र दिनदुखीहरुलाई जाकत दिने महिना हो । तर, अल्लाहले आफ्ना भक्तहरुलाई असहज हुने गरी व्रत बस्न दिनुहुन्न । बिरामी वा यात्रामा निस्किएका मानिसले पछि व्रत बसेर भरपाइ गर्न सक्छन् । अल्लाहले हाम्रो सहजताको ख्याल गर्नुहुन्छ र हामीलाई अप्ठेरोमा पर्न दिनुहुन्न । बिरामी भएर व्रत बस्न नसकेकाहरुले आपूmले बिहानबेलुका खाँदा अरु दिनदुखीलाई पनि आपूmसँगै खुवाउनुपर्छ वा खाने पैसा दिनुपर्छ । कुनै समयमा मानिसहरुले आपूm व्रत बसेको बिर्सेर मुखमा खाना हालिहाल्छन् । त्यस्तो समयमा आपूmलाई सराप्न जरुरी नभएको बरु त्यसपश्चात् पनि व्रत निरन्तर राख्न सकिने हडिथमा भनिएको छ । अल्लाहले नै उनलाई खुवाएको वा पियाएकोले खाएपश्चात् अझ भक्तिभावका साथ व्रत बस्न पनि यसमा सुझाइएको छ । 


यो महिनामा, मानिसहरुले मस्जिदहरुमा इफतर पठाउने गरेको वा घरमा इफतरका लागि मानिसहरुहलाई निमन्त्रणा गर्ने गरेको पनि देखिन्छ । मिर्मिरेमा प्रार्थना गर्नु अघि केही खाएर (भारतमा यसरी खाने खानेकुरालाई सुहर वा सेहरी भनिन्छ) रोजा सुरु हुन्छ । यसले दिनभरी भोको पेट बस्नका लागि शक्ति प्रदान गर्छ । यसरी व्रत बस्दा पोषण तत्व लामो समयसम्म शरीरमा रहने खानेकुरा खान जरुरी हुन्छ । रोजाको व्रत बस्दा छोक्राको धेरै नै महत्व हुन्छ । व्रत सकेपछि छोक्रा खाएर भंग गर्ने गरिन्छ किनकी यसमा पोषण तत्व र प्राकृतिक रुपमा नै चिनी हुन्छ । खाली पेटमा अरु खाना खाइहाल्दा हुने असरलाई पनि यसले रोक्छ । यसकारण, मानिसहरु व्रत तोड्दा छोक्रा, दूधजन्य पदार्थको सर्वत, वा हलुका खानेकुरा खाएर प्रार्थनाका लागि निस्किन्छन् । बाँकी खानेकुराहरु यस्ता कुराको सेवनपछि मात्र खाइन्छन् । यो शरीरभित्रको फोहोर फाल्ने महिना पनि हो । शरीरको शुद्धिकरणका लागि भनेर हामी धेरै पैसा खर्च गरिरहेका हुन्छौँ । रामजान यसकारण धार्मिक तथा स्वास्थ्यको दृष्टिले पनि महत्वपूर्ण चाड हो । 


हाम्रो पात्रोका लागि सुयोग ढकाल




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.