बम अथवा बिष्फोटक पदार्थ भेटिएमा के गर्ने ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

बम अथवा बिष्फोटक पदार्थ भेटिएमा के गर्ने ?




शंकास्पद कुरा जस्तै प्रेसर कुकर, तारका या डोरी जत्था, गुडिया, रेडियो, प्याकेटका सामान, गिफ्ट जस्ता कुरा, खेलौना, असाधारण आवाज या बाफ उडेका कुराहरु लगायत शंकास्पद कुराहरु बम हुन सक्दछन् । कसैले झारेको मुल्यवान सामानका रुपमा यिनलाई बेवारिसे छाडिएको हुनसक्दछ, सतर्क रहनु होला ।



चुनावी माहोलमा दिनै जसो बम अनि बिष्फोटनका घटनाहरु आइरहेका छन् । घर, गाँउ, चोक अनि चौराहमा यस्ता बिष्फोट अनि निष्क्रिय पारिएका घटनाहरु सुनिरहेकै छौ, हैन र ? 
आउनुहोस् आज जानकारी लिउ, यदि हामीले बम या बिष्फोटक पदार्थ देखिहालेमा या भेटि हालेमा के गर्ने र कसरी सुरक्षित रहने भन्ने बिषयमा ।

बिष्फोटक पदार्थ बनाउने मुख्य सिद्धान्त नै चापको आधारमा रहेको हुन्छ, कुनै पनि बस्तु या पदार्थमा एक्कासी चापको प्रवाह अत्याधिक गरेर चाप निष्काषन एकैसाथ एक्कासी अनि सानो मार्गद्धारा गराउनाले चापको बिष्फोट हुन्छ ।
बमहरु लाई मुख्यतया तिन भागमा बिभाजन गरिएको छ । बेलुन, बियर क्यान, ब्वाइलर, टायर, प्रेशर कुकर लगायत घरायशी प्रयोगमा ल्याउन सकिने कुराहरुलाई बमका रुपमा प्रयोग गरिन्छ जून प्रथम प्रकारका बम या बिष्फोटक पदार्थको सूचीमा राख्न सकिन्छ । दोश्रो सूचीमा टीएनटी, ब्ल्याक पाउडर, हाते ग्रिनेड, डाइनामाइट, डिटोनेटर आदि पर्दछन् । तेश्रो श्रेणीमा भने थर्मोन्यूक्लिएर बमहरु पर्दछन जसको खतरा या सामना हामीले गरेका र गर्नुपर्ने कम संभावना छ ।
बिष्फोटक पदार्थको सही जानकारी र सावधानी नभएमा धेरैको ज्यान जोखिममा पर्न सक्दछ ।
सर्वप्रथम यदि हामीले बिष्फोटक पदार्थ भेटिएमा नआत्तिकन अनि सावधानीपूर्वक कदम चाल्न पर्दछ । हाम्रो सावधानीले मात्र हामीलाई बिष्फोटनबाट जोगाउन सक्दछ । फिल्ममा देखिएका बमहरु जस्तै झिमिल या टिलपील रुपमा बत्ति बलेका पदार्थ मात्र बम हैनन, बम हामीले दैनिक जीवनमा प्रयोग गर्ने जे कुरा पनि हुनसक्दछ ।
शंकास्पद कुरा जस्तै प्रेसर कुकर, तारका या डोरी जत्था, गुडिया, रेडियो, प्याकेटका सामान, गिफ्ट जस्ता कुरा, खेलौना, असाधारण आवाज या बाफ उडेका कुराहरु लगायत शंकास्पद कुराहरु बम हुन सक्दछन् । कसैले झारेको मुल्यवान सामानका रुपमा यिनलाई बेवारिसे छाडिएको हुनसक्दछ, सतर्क रहनु होला ।यस्ता कुराहरुलाई छुन या चलाउन भने हुँदैन् । वरपरवाट कुनै हलचल पनि नहोस र वरपरबाट मान्छेहरु लाई हटाउनुहोस् । यसरी हटाँउदा सकेसम्म आफू सहीत सबैजना धेरै पर जानुहोस किनभने बमको प्रकृती हेरेर बिष्फोटन क्षमता थाहा हुँदैन अनि बम बिष्फोट हुदा छर्राबाट जोगिन पनि धेरै पर बस्न जरुरी छ । धेरै होहल्ला र चर्को आवाज नभएको जाती मानिन्छ, यस्तो समयमा सकेसम्म मोबाइल या अन्य बिधुतीय सामानहरु नजिक हुने गरि नचलाउन पनि सल्लाह दिइन्छ । अनि कुनै ठूलो भवन माथि भएका बेला बम या बिष्फोट बाट भाग्न परेमा सकेसम्म लिफ्टको प्रयोग नगरि सिढीं नै प्रयोग गर्दा सुरक्षित हुने अध्यनले जनाँउदछ । सकेसम्म शिघ्र समबन्धीत अधिकारीलाई जानकारी गराउन पर्दछ । यसरी जानकारी गराँउदा नजिकैको प्रहरी कार्यलयमा जानकारी गराउन पर्दछ । यसरी बम या बिष्फोटक पदार्थ को शंका या भेउ पाएपछि हामी सर्तक रहनुपर्दछ र यदि एक्कासी बिष्फोटन भएमा या हुनेभएमा भने हामीले निम्न सर्तकता अपनाउन पर्दछ । भएको बाटो, सवारी साधन या घरमा बम रहेको जानकारी पाएमा सावधानी पूर्वक स्थान छोड्न जरुरी हुन्छ तर संभव नभएमा भने कुनै बस्तु या भित्ताको सुरक्षित आडमा बस्ने, फुट्ने सीसा या झ्याल वरपर नबस्ने र अरु संभवत जोखिम हुने या झरेर लाग्ने फुटने कुरावाट टाढा बस्न जरुरी हुन्छ । स्मरण रहोस देख्दा सानो देखिएपनि बम या बिष्फोटक पदार्थको असर भने भयानक हुन सक्दछ, तसर्थ माप्पाको भएर छुने या फाल्न खोज्ने, चलाउने गर्नुभयो भने आफ्नो लगायत अरुहरुको पनि जीवन जोखिममा पर्नसक्दछ ।
आफु पनि जोगीऔं अनि अरुलाई पनि बचाऔं । यी जानकारीहरु जर्जीया बिश्वबिधालयमा सुरक्षा संयन्त्र अध्यनरत बिधार्थीहरुको शोधका आधारमा तयार पारिएको प्रतिवेदनबाट लिइएको हो ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.