सुयोग ढकाल | एकादेशमा नेपालमा हरेक पेट्रोलपम्पमा सहजै अनि सुपथ मुल्यमा पेट्रोलियम पदार्थ पाइन्थ्यो रे, लाइन नबसीकन हाल्न पाउने । ग्याँस पनि सहजै कुनैपनि डिपो या पसलेलाई हारगुहार नगरि धेरै पैसो नतिरि पाइन्थ्यो रे अनि अरु सामान्य बाँच्नकालागी चाहिने उपभोग्य वस्तु पनि सहजै पाईन्थ्यो रे भन्नेकुरा एकादेशको कथा जस्तो लाग्न थालेको छ ।
औंशी पूर्णे जस्तैगरि बेलाबखतमा पा्रकृतीक र कृत्रिम अभाव भइनेरहन्छ अनि बढ्नेगरेको छ ती पम्पहरु अगाडीको लाइन । काला, सेता, चिल्ला, खसा्र अनि धुलाम्मे गाडीहरु र बाईकहरु पम्पअगाडी लमतन्न राखिन्छन्, अस्तित्व हिन सामानहरु जस्ता । हो पनि आखिर के काम ति टिनका पाताहरुको यदि त्यस्मा अरबको पानी नहाल्ने हो भनेँ ? ति इन्जिनहरु नेपालका पानीले चल्दैनन यिनीहरुलाई अर कै पानीले चलाउन सक्छ र त्यो अरबको पानी छड्के बाटो भएर समुन्द्रमार्फत भारत हुँदै नेपाल भित्रिने गर्छ ।
नाकाबन्धीमा एकसरो बेजोडको चोट खपिसके सोझा नेपालीहरुले तर अझै पनि अभावका श्रृंखलाहरू जारी नै छन् ।
नाकाबन्धीका बेला हाम्रो सरकारसँग पर्याप्त पेट्रोलियम भण्डारण गर्ने स्थान र क्षमता नभएकाले सास्ती धेरै भोग्नपरेको हो तर त्यो कुराबाट हाम्रा महान सरकारका महान नेतृत्वपंक्तिले केही सिक्नुभएन क्यारे ? आज बर्खालागेपछि मुगलिन नारायणघाट सडक खन्डमा आवतजावत समस्या परेको केहि दिन हुन नपाँउदै राजधानीका पम्पहरु अगाडी पेट्रोल छैन भन्ने बोर्ड सगौरब झुन्ड्याइसकियो ।
शायद यो पेट्रोलियम पदार्थको अभाव हुदाँखेरि सामान्य जनताले दुखः पाएपनि कसैकसैलाई फाईदा हुन्छ क्यारे, ति कसैकसैकालागी प्रशासनले समेत आखाँ चिम्लिदिन्छन् । आखैँ अगाडी ट्याकंरले तेल खन्याएको दश वटा गाडीमा तेल नहाल्दै सगौरब बोर्ड झुण्डिन्छ, पेट्रोल छैन भनेर । कत्ति शक्ति छ त्यो बोर्डमा, रित्ता सवारी साधनहरु र तिनका मालिकहरु कुरि बस्छन्, पहुँच हुनेले सर्टकर्टबाटो प्रयोग गरेर हाल्छन्, चिनजान हुनेले साविकको रकमलाई दोब्रयार्इ तेब्रयाई तिरेर तेल हाल्छन् अनि कोही सोझाहरुका साधनका ट्याकिंहरु भोकै र रित्तै हुन्छन् ।
मलाई ग्लानी लाग्छ त्यो मैले तिरेको करप्रति, किनभने बर्षेनी करको दायरा बढ्दै गएको छ तर त्यसवापत कुनै सुबिधा या सहजता को अनुभव गर्न पाइदैन । हामीले तिरेका करबाट उल्टै हामीलाई दुखः दिने भ्रष्टहरु संगठित भइरहेको हुनुपर्छ यहाँ हरेक बर्ष सामान्य नागरीक हुन र बाँच्न अफ्ठेरो बढ्दै गएको छ । भष्ट्राचारले गर्दा डुब्न आँटेको आयल निगमको अरबौंको ऋृण हामी जनताहरुले प्रतिलिटर पेट्रोल किन्दा समाविष्ट मूल्य तिरेर जोगाएका छौं, छिटै आयल निगम क्रृण मुक्त पनि हुनेछ अनि फेरि हामीलाईनै बिर्सिन्छ किनकि हामी सामान्य जनता हौं, औसत जनता । असहज आपूर्ति भएका बेला सामान्य नागरीकहहरुलाईनै अपहेलना गरिन्छ ।
दुइदिनलाई पुग्ने तेलको भण्डारण गर्न नसक्ने या नचाहने सम्बन्धीत निकाय र त्यस्लाई गभर्न (सञ्चालन) गर्न नसक्ने सरकारको रेल गुडाउने, पानीजहाज चलाउने अनि घरघरमै ग्याँस पाइप पुर्याउने महत्वाकांक्षी योजनाहरु म कसरी पत्याउँ ?
आज तेल नपाएर मेरो सवारी साधन थन्किएको छ, म बेलामा अफिस पुग्न सकेको छैन, सार्वजनिक यातायातको यात्रा त झन एउटा सजायनै जस्तो छ । बाटाहरु बिस्तारगर्नकालागी भत्काइएका छन् र ती खाल्डाखुल्टीहरु माछा पोखरी अनि धान खेत भएका छन् ।
यो देशमा बाँच्न सक्नु साँच्चैमा एउटा अदभुत कला हो, जोकोहीसगँ कहाँ हुन्छ र यो कला र यो धैर्यता ? हरेक मोडहरु धैर्यताको पराकाष्ठा जाँच हुन्छ, यहाँ खल्तिबाट खनखनी पैसो तिरेर किन्छु भन्दा पनि भिख मागेजस्तो गरि घन्टौं लाइनमा बसेरमात्र पेट्रोल पाइन्छ, उस्तै पर्योभने लाइनमा बस्नेहरु बसेका बसेकै हुन्छन् तर पल्लो ढोकाबाट पेट्रोलियम पदार्थ तोकिएको भन्दा बढी मुल्यमा बाँडिइसकिएको हुन्छ, लाइनमा बस्नेलाई घर फर्काइन्छ, रित्तै ! स्मरण रहोस ! विश्वभरिमा सबैभन्दाधेरै मूल्यमा आफ्ना नागरीकहरुलाई पेट्रोलियम पदार्थ बेच्ने देशहरुको सूचीमा नेपाल पनि अछुतो छैन् । कहिलेकाँही त नेपालकै पानीबाट चल्ने गाडी घोंडाहरु बनाएनि हुने जस्तो लाग्छ, खोला छेउ गयो पानी हाल्यो अनि कुदिरह्यो तर के गर्नु यी टिनकापाताहरुमा जोडिएका रबरका चक्काहरू अरबको पानी बिना एक 'डेग' चल्दैनन् । तेलको अभावका बेला सबैभन्दा धनी र पहुँचवाला मान्छे त्यो हो जसकाे गाडी या बाइकको तेलको इण्डिकेटरले फुल ट्याकं देखाउँछ जस्तो लाग्छ । उल्लेखित कुरा कुनै निबन्ध या आख्यान हैन यो त यर्थात् हो, हाम्रो नेपाली जीवन र अरबको पानीको ।
अब दुइदिनका लागी पुग्ने तेल पनि भण्डारण गर्न नसक्ने देश बिकासका ठेकदारहरुले एकदिन काठमाडौंमा मेट्रो रेल ल्याउलान र म त्यसमा कलकीं रत्नपार्क गरौंला भन्ने सपना देख्ने आँट ममा छैन बरु अब अरबको पानी सहज आपूर्ती नहुञ्जल कसरी दिनचर्या चलाउँ, म दुखि रुपमा सोचमग्न छुँ ।
Liked by: