Badhdaich Nepalma Telehealthko Akarshan | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण





काेभिड महामारीकाे समयमा बन्दाबन्दी (लकडाउन) ले गर्दा हामीहरू सबैजना घरमै बस्नु पर्ने र आवातजावातलाई न्यून गर्नपर्ने अवस्था सिर्जना भएकाे थियाे । त्यसबेला शिक्षा, यातायात, व्यवसाय लगायतका क्षेत्रहरूलाई धेरै नै प्रभाव परेकाे थियाे । यी क्षेत्रहरू बाहेक अर्काे एक अत्यावश्यक सेवामा पनि ज्यादै ठूलाे असर परेकाे थियाे र त्याे हाे, स्वास्थ्य । हामीहरू व्यक्तिगत रूपमा नै उपस्थित भएर उपाचार गर्ने चलन रहेकाेमा अस्पताल जान पनि काेभिडकाे त्राश थियाे । यस्तो अवस्था बाहेकमा पनि दुर्गम क्षेत्रका बिरामी यदि उपचार गर्नु पर्याे भने अस्पतालसम्म पुग्न पनि लामाे यात्रा तय गर्नु पर्छ । अस्पतालमा पुग्दा पनि लामाे लाइन बस्न पर्ने जस्ता धेरै समस्याहरू हामीले सामना गर्नुपर्छ ।

समस्या त्यति मात्रै होईन, डाक्टर र बिरामीको अनुपात पनि समस्या छ । नेपालको अवस्था हेर्ने हो भने काठमाडाैंमा ८७० जना बिरामीहरूकाे लागि एकजना डाक्टर उपलब्ध छन। भने काठमाडाैं बाहेक अन्य ठाँउमा १७०० बिरामीका लागि एउटा डाक्टर हुन्छन् । यो स्थिति दुर्गम क्षेत्र‍‍मा झन् दयानीय छ जहाँ १०००० बिरामीकाे लागि एक जना डाक्टर मात्रै उपलब्ध हुन्छन् । बिरामीहरूलाई सहज उपाचार गर्न र बिरामी हेर्ने डाक्टरको अनुपात विविधिकरण गर्ने एउटा भरपर्दो उपाय हो टेलिहेल्थ हो ।

स्वास्थ्य सेवा लिन चाहनेलाई भौतिक रूपमा उपस्थित नभइ स्वास्थ्य सेवा प्रदायकले सेवा दिने व्यवस्था भनेकाे नै टेलिहेल्थ हाे । टेलिहेल्थबाट उपचार गर्ने माध्यमहरू मेसेज, इमेल, फाेन कल, भिडियाे कल, कन्फेरेन्स कल, आदिबाट हुन सक्छन् तर यसमा मात्रै सिमित हुदैनन् । टेलिहेल्थमा स्वास्थ्य सम्बन्धी जानकारीहरू आदानप्रदान गर्नका निम्ति लाइभ अथवा र रेकाेर्ड गरिएका भिडियाे, अडियाे, चित्र तथा लिखित सन्देशहरू हुन्छन् । चेतनामूलक सन्देश दिन, उपाचार चलिरहेकाे स्वास्थ्य अवस्थाकाे निगरानी गर्न, विभिन्न स्वास्थ्य परामर्श लिन र ‌औषधिकाे निर्धारणमा टेली हेल्थकाे उपयाेगिता उच्च हुन्छ ।

टेलिहेल्थका फाइदा
-टेली हेल्थका धेरै फाईदाहरू छन् ।
-काेभिड जस्ता उच्च सक्रमण दर भएको सरुवा राेगबाट सुरक्षित भएर उपचार गराउन सकिन्छ ।
-भाैगाेलिक अवस्थाकाे कारण उपचारकाे पहुँचमा कमी हुँदैन ।
-यसले यातायात र उपचार भन्दा पहिले लाग्ने समयकाे बचत गरि विशेषज्ञ डाक्टरहरूसँग परामर्श लिन सहज बनाउछ ।
-फलोअप गर्न अस्पताल धाइराख्नु पर्दैन ।
-यसका धेरै फाइदा तथा सहजताका बाबजुत सबै राेगका निम्ति याे प्रविधि उपयुक्त हुँदैन ।
-दुर्गम क्षेत्रमा डाक्टर र बिरामीको अनुपात घटाउन मद्दत गर्दछ ।
-यसले यात्रामा आउन सक्ने, अस्पतालमा हुने सक्ने अन्य खर्चहरूको बोझ घटाउँछ ।
-प्रतिकुल माैषम वा अवस्थामा पनि सहजै परामर्श लिन सकिन्छ ।
-वृद्ध, बालबालिका लगायत हिडँडुल गर्न अप्ठ्यारो हुने व्यक्तिहरूलाई घरको आरामबाटनै परामर्श लिन सकिन्छ ।

हाम्राे पात्राे हेल्थः
हाम्राे पात्राेले स्वास्थ्यका यिनै समस्याहरूलाई न्यूनीकरण गर्नका निम्ति हाम्राे पात्राे हेल्थ सेवा नाेबेम्बर १, २०२१ मा शुरू गरेकाे थियाे । हाम्राे पात्राे हेल्थबाट घरमै बसि विशेषज्ञ डाक्टरहरूसँग उपयुक्त समयानुसार परामर्श लिन सकिन्छ । यस एप मार्फत बिरामी, डाक्टर र परिवार वा अन्य सदस्यहरू कलमा एकैपटक बसेर परामर्श लिने र कुराकानी गर्ने व्यवस्था पनि रहेकाे छ ।हाम्राे पात्राे हेल्थ मार्फत हालसम्म ३००० भन्दा धेरै सेवाग्राहीले याे सुविधाकाे प्रयाेग गरिसक्नुभएकाे छ । ३०० जना भन्दा धेरै डाक्टरहरू आबद्ध भएकाे यस एपबाट मासिक सयौँ बिरामीहरूले परामर्श लिने गर्नुहुन्छ । याे तथ्याङ्क दिन प्रतिदिन वृद्धि हुदै गइरहेकाे छ ।

हाम्राे पात्राे हेल्थका प्रयाेगकर्ताकाे अनुभवहरूः
हाम्राे पात्राे हेल्थका प्रयाेगकर्ताहरू

टेलीहेल्थबाट स्वास्थ्य परामर्श लिने यो मेरो पहिलो अनुभव थियो, तर मलाई लाग्छ कि यो स्वास्थ्य उपचारको भविष्य हो । यो अनुभव मेरो लागि निकै राम्रो भयो । प्राथमिक हेल्थ केयरका लागि म डा. नविन हमाललाई सिफारिस गर्छु र यस्तो सेवा शुरु गरेकोमा हाम्रो पात्रो हेल्थलाई धन्यवाद पनि दिन चहान्छु ।                        
-युवराज घिमिरे, बालाजु

सर्वप्रथम त म हाम्रो पात्रो टिमलाई यो प्लेटफर्मको लागि मनै देखि प्रशंसा गर्छु र धेरै आभारी पनि छु । मेरो पहिलो अनुभव नै उत्कृष्ट थियो । रातीको समयमा मेरो छोराको स्वास्थ्यको बारेमा चिन्तित थिएँ तर अलमलमा पनि थिए किनकी मलाई तत्काल चिकित्सा परामर्शको आवश्यकता थियो । डा. ऋषिराम अधिकारीबाट प्राप्त तुरुन्त चिकित्सा परामर्शले गर्दा त्यो रात म ढुक्कसँग सुत्न सकें । डा. ऋषिराम अधिकारी धेरै मिलनसार र सहयोगी हुनुहुन्थ्यो । मलाई विशेष गरी मन परेको कुरा भनेको चाँहि उहाँले मेरो छोराको मेडिकल अवस्थाहरूका साथै उपचारका विकल्पहरू र तत्काल फलोअपको बारेमा व्याख्या गर्न प्रयाप्त समय दिनुभयो । उहाँको व्यवहारले मलाई साँच्चिकै सहज बनाएको हुनाले मलाई निकै राम्रो अनुभव भयो त्यसैले म डा. ऋषिराम अधिकारीलाई सिफारिस गर्दछु र सबै व्यक्तिहरूलाई हाम्रो पात्रो हेल्थको प्लेटफर्मबाट सेवा लिन प्रोत्साहित गर्दछु ।            
-हरि भुजेल

मैले डा. स्मृति माथेमाबाट स्तनपान सम्बन्धी परामर्श लिएकी थिएँ । मलाई दुध खुवाउने क्रममा बच्चालाई समात्ने विभिन्न तरिकाहरू सिकाउनेदेखि लिएर स्तनपानको बारेमा भएका भ्रमहरूको बारेमाजानकारी दिनुभयो मार्गदर्शन गर्नुभयो । उहाँले धैर्यताका साथ मेरा सबै प्रश्नहरूको जवाफ दिनुभयो र मेरो मनोबल पनि बढाउनु भयो । उहाँका सुझाव र सल्लाहहरू मलाई धेरै काम लागे । धन्यवाद हाम्रो पात्रो हेल्थ, जसले मलाई घरमै बसेर विशेषज्ञ डाक्टरसँग परामर्श लिने अवसर दियो ।                  
-स्नेहा शाह

सञ्चार प्रविधिकाे विकास सँगै टेलिहेल्थलाई पनि हाम्राे जीवनशैलीमा अपनाउनु पर्ने आवश्यकता रहेकाे छ । यसले गुणस्तरीय स्वास्थ्यकाे पहुँचमा वृद्धि गर्ने उद्देश्य पूरा गर्न मद्दत गर्दछ । यसै सन्दर्भमा अहिले नेपालमा हाम्रो पात्रो हेल्थ मार्फत टेलिहेल्थ सेवा प्रतिको आकर्षण बढ्दै गईरहेको छ । अब बिरामीहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न भौतिक दूरिले छेक्दैन । त्यसैले पनि टेलिहेल्थ सुविधाको सान्दर्भिकता र प्रयोग आगामी दिनहरूमा अझ बढ्दै जाने पक्का छ ।

यदि तपाईँसँग पनि स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या वा जिज्ञासा छन् भने आजै हाम्रो पात्रोबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.