हामी नेपालीहरुकालागी अहिलेको यो मौसमले धेरै महत्व राख्दछ, नयाँ वर्ष लाग्न आँटेको छ, जाडोले अब विदा माग्ने बेला आयो अनि नयाँ वर्ष संघारमा छ ।
मौसम अनि ॠतुको हिसाबले पनि अहिले वसन्त ॠतु हो, आउनुहोस् यसै ॠतुको वारेमा केही चर्चा अनि परिचर्चा गरौ ।
वसन्त ॠतुको वारेमा धेरै गीत, भनाई, कथा, काब्य अनि श्लोकहरु कथीएका छन् । आखिर के छ त ? किन हो त ? वसन्तको यो महत्व, ॠतुको राजा यस वसन्तको आगमनको यो हर्ष पक्कै पनि त्यसै त हैन् ?
के छ त वसन्तमा ? आउनुहोस्, केही कुराहरु उक्काउ, आज हामी सँगै मिलेर ।
वसन्त पञ्चमी अर्थात सरस्वती पूजा देखि वसन्त औपचारीक रुपमा लागेको मानिन्छ तथापि वसन्तको यकिन गरेर यहि मितीवाट शुरु हुन्छ भन्ने चाँही छैन् । नेपालमा भने खसामान्यतया चैत अनि बैशाष महिनालाई वसन्तको घोतक महिनाकारुपमा लिईन्छ । तथापी वसन्त देश अनि महादेश अनुसार फरक फरक हुनसक्दछ ।
अत्यन्त सुखद तापमान रहने यस वसन्त ॠतुका विशेषताहरुमा जाडो र गर्मी दुबै नहुने आभाषका रुपमा आनन्दमयी ब्याख्या गरिन्छ । गर्मी लाई शितलताको रोक्दछ भने जाडोलाई न्यानोपनाले । अब आँपका वोटहरुमा फूल मज्रिन थाल्दछन् भने वसन्तको विहानीको उदघोष कोईलीको कुहु कुहु वाट हुनेगर्दछ ।
फूल्न थालेका फूलहरु, अनि वोटविरुवाहरुमा क्रमश हिँउदले लगेको हरियोपना फिर्ता आउन थाल्दछ । हिँउदमा जस्तो दिनहरु छोटा हुँदैनन अनि चिसोले विस्तारै न्यानोपना को आभाष दिन्छ ।
पौराणीक कथनहरुका अनुसार वसन्तलाई कामदेवको पुत्रका रुपमा ब्याख्या गरिएको छ । कवि देव ले वसन्त ॠतुको वर्णन गर्दै लेखेका छन् कि रुप र सौन्दर्यका देवता कामदेवको घरमा पूत्रलाभ भएको जानकारी पाएर प्रकृती खुशीले हर्षबिभोर भएपछीको प्राकृतीक रुपले सर्वोत्तम समय, प्रकृती खुशीभएको अवसर नै वसन्त रितु हो ।
रुखले नयाँ पातहरु हाल्दछन्, फूलहरुले रंगीन वस्त्र लगाँउदछन् अनि सुस्त वतासहरुले यी फूलहरुलाई माधुर्यताकासाथ हल्लाउछन् । भगवान श्री कृष्णले पनि गीतामा रितुहरुमा म वसन्त हुँ भनेर भन्नुभएको छ । श्री कृष्णले खुशी भएर ससस्वतीलाई वसन्त पञ्चमी दिनमा सरस्वतीको पूजा होस् भनि वरदान दिनुभएको कुरा पनि उल्लेख गरिएको छ ।
खेतमा गहुँको वाली लहलहाउन थालेको छ, पातहरुमा अनि फूलमा रंगीविरगीं पुतलीहरु फरफराउन थालेका छन् अनि विभिन्न मेलाहरु लाग्न शुरु हुँदैछ । ॠतुहरुले भावनाको सञ्चार गर्दछन्, भावनाहरुको जागृत गर्न अनि जोश र उत्साहहरुसँग ॠतुको विशेष समबन्ध रहन्छ । वर्खा रितुलाई सबैभन्दा धेरै काब्यात्मक बिम्बहरुमा प्रयोग गरिएको हुन्छ तर त्यसपछीको धेरै प्रयोग गरिएको ॠतु वसन्त हो ।
मानव जिवनमा बैँस अर्थात यौवन, कौतुहल , आनन्द अनि मिलन को प्रतिरुप अनि फूलहरुमा परागसेचनको यो मौसम यस वसन्त रितुमा हामीसबैलाई स्वागत छ । यस ॠतुलाई नेपाल अनि भारतमा वसन्त भनिन्छ, तेलगुमा वसमतमु अनि थाई भाषामा वसन भनिन्छ । फूलेका फूलहरुमा लालीगुराँसले ढपक्कै ढाकेका डाँडाहरु औधी राम्रा देखिन्छन् , झरेका सिमलका फूलहरु, सिरिषका फूलहरु अनि पलाँसका फूलहरुले गज्जबले वसन्तको ब्याख्या गरेका छन् ।
यो ॠतुको चर्चा संसारभरि हुनेगर्दछ, आउनुहोस अग्रेजी भाषाका प्रवुद्ध अनि शब्दहरुको मिठो पस्काईकालागी संसारभरि चर्चित कवि रोवर्ट फ्रस्टको वसन्तकालागी लेखिएको कविताको दुई हरफको सरल नेपाली भावहरु यहाँ प्रस्तुत छ ।
वसन्तका भजनहरु
लौ न , आज फूलहरुमा आनन्द भरिदेउ
र धेरै परसम्म सोच्न पर्ने कुरा पनि नहोस
र वाली भित्राउने कुरा अन्योलमै भएतापनि, आज हामी यहाँ छौ
सबैकुरा सरल छ, यो वर्षको वसन्त ॠतुमा
यो माया हो र माया केही हैन पनि
केही कुरा माथिका भगवानको पोल्टामा छ
लौ घोषणा गरौ, कति परसम्म रहनेछ यो
र यो मात्र एउटा चाहना हो, जुन पूरा हुँदैछ
वसन्त मनोरम रहोस् , वसन्त छोटो छ है हरेक दिन अनि साँझलाई पूर्णतवरले आनन्द लिनुहोस् ।
शुभकामना
तपाईजस्तै वसन्तप्रेमी
सुयोग ढकाल
*तस्वीर :आनन्द महर्जन / अंकीत श्रेष्ठ
Liked by: