Can Infotech Signaturemauaa | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

क्यान इनफोटेक सिग्नेचरमय





स्कूल फाउण्डेशनद्वारा आयोजना गरिएको `सिग्नेचर मुभी थिङ्क पोजेटिभ ग्लोवल क्याम्पियन´को पहिलो चरणको देशव्यापी कार्यक्रमको पूर्वसन्ध्यामा यहि माघ १५ गते देखि २० गतेसम्म काठमाण्डौंको भृकुटी मण्डपमा सञ्चालन भैरहेको क्यान इन्फोटेकमा बिभिन्न प्रचारप्रसारात्मक क्रियाकलापहरु गरिएको छ। `म एक सहभागि २० हजारमा म पनि´ भन्ने मूल उद्घोषका साथ थालिएको यो अभियानको प्रारम्भिक चरणको लक्ष्य अभियानको वारेमा पूर्व जानकारी दिनु,स्वयंसेवकहरु बनाउँनु र बिभिन्न सामाजिक/ब्यवसायिक संघ संस्थाहरुसँग सहकार्य गर्नु रहेको छ। ए.एच.एफ, क्यान फेड्रेशन, हाम्रो पात्रो,रुटिन अफ नेपाल बन्द लाइफ केएर सेनेटरी एण्ड न्याप्किन उधोग र ओस्कार इन्टरनेशनल कलेज(कलेज अफ फिल्म स्टडिज)को सहयोग रहेको कार्यक्रममा पुरुष सहभागीहरुलाई कण्डम र महिला सहभागीहरुलाई नेपालमै बनेको इको फ्रेण्ड्ली सेनेटरी प्याड (योर च्वाइस) उपाहारका रुपमा दिनुका साथै हस्ताक्षर संकलन, स्वयं सेवक दर्ता, सकारात्मक सेल्फी, अभियानको पास वितरण, जनचेतनामुलक फोटो प्रदर्शनी, अभिमुखीकरण, अभियानवारे जनप्रतिक्रिया,जनसमीक्षा, रोचक प्रतियोगिताहरु लगाएतका क्रियाकलापहरु गरिएको छ ।

स्वास्थ्य मन्त्रालय (एनसिएएस्सी)बाट अवार्ड अफ एक्सिलेन्स् प्राप्त ‘सिग्नेचर मुभि थिङक पोजेटिभ ग्लोबल क्याम्पियन’ को पहिल‍ो चरणको वृहत कार्यक्रम नेपालका सातै प्रदेश अन्तर्गतका ३५ ओटा जिल्लामा गरिदैंछ। ५० स्थानमा १५० ओटा कार्यक्रम सम्पन्न गरिने सो अभियानमा जम्मा जम्मी २,२५,०००/सहभागी रहनेछन् ।

नेपालीहरुमा रहेका गिरवि, अशिक्षा, पछौटेपन, वँसाईसराई,वेरोजगारी, विदेशिनु जस्ता विधमान समस्याहरुले युवाहरुमा नकरात्मक सोच,हिन भावना,देखासिकी,सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको दुरुपयोग जस्ता विविध समस्याहरु वढ्दै जाँदा कुलतमा लाग्ने प्रक्रिया पनि तिव्र रुपमा वढ्दै गएको छ। विभिन्न सम्वन्धित निकायहरुले गरेका अनुसन्धान अनुसार यो क्रम दुर्गम क्षेत्रमा भन्दा पनि शहरि र शहरोन्मुख क्षेत्रहरुमा वढी देखिन्छ।यो क्रमलाई केहि हदसम्म भए पनि निस्तेज पार्न सकिने उद्देश्यका साथ विभिन्न ड्रग र एचआइभी प्रभावित र प्रभावोन्मुख क्षेत्रहरुमा स्कूल फाउण्डेशनले सोहि विषयमा वनाइएको चलचित्र सिग्नेचर प्रदर्शन,परामर्श र विभिन्न कार्यक्रमका साथ अत्यन्तै प्रभावकारी तरिकाले अगाडि वढाउने भएको छ ।

सभ्य सिर्जनाको प्रस्तुति,ओस्कार इन्टरनेसनल कलेज(कलेज अफ फिल्म स्टडिज),सभ्य सिर्जना प्रा.लि र स्कूल फाउन्डेसनका अध्यक्ष सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र सिग्नेचरलाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । गीतकार तथा निर्माता प्रकाश सुवेदी सभ्य सिर्जना प्रा .लि.का प्रवन्ध निर्देशक र स्कुल फाउन्डेसनका महासचिव हुन् । चलचित्रमा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, जेविडिसी, सरिता गिरीको जीवन्त अभिनय रहेको छ ।

वास्तविक जीवन कथा वोकेको चलचित्र सिग्नेचरमा समाजका विभिन्न तत्वहरुले पार्ने प्रभाव,व्यक्तिमा पैदा हुने नकरात्मक सोच र सोही वमोजिमको क्रियाकलापले उसको जीवन र समाजमा पर्न जाने असरलाई अत्यन्तै कलात्मक तरिकाले प्रस्तुत गरिएको छ। परिवारको सहि निगरानीको अभाव र खराव संगतका कारण युवाहरु कसरी दुर्व्यसनमा लाग्दछन् र आफ्नो जीवन कसरी क्षतविक्षत हुन्छ भन्ने विषयलाई चलचित्रले समेटेको छ भने समग्र चलचित्रको भाव सकरात्मक व्यवहारको विकास र आशावादी जीवन जिउन उत्प्रेरणा दिने खालको छ ।

विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, सरोकारवाला र युवा जमातको उत्साहजनक शहभागिता रहेने सो कार्यक्रममा चलचित्र सिग्नेचर मुभिको प्रदर्शन, हस्ताक्षर अभियान र निशुल्क कन्डम वितरण तथा एचआइभी एड्स् सम्वन्धि परामर्श, दर्शक प्रतिक्रिया, रोवर्टको माध्यमवाट अतिथि सत्कार, क्याम्पियन सम्वन्धि सूचना प्रवाह र सहयोगी संघसंस्थाहरुको विज्ञापन, ड्रोनको माध्यमवाट व्यानरहरु प्रदर्शन, विभिन्न उपहारहरु वितरण जस्ता क्रियाकलापहरु पनि सम्पन्न गरिनेछ। यो अभियान र चलचित्रलाई यूएनएडस, सरकारका गृह, शिक्षा, स्वास्थ्य, सूचना तथा सन्चार, संस्कृति तथा पर्यटन मन्त्रालयलगायत चलचित्र विकास बोर्ड, लायन्स क्लब इन्टरनेसनल, रेडक्रस सोसाइटी, नेसनल सेन्टर फर एडस् एन्ड एसटीडी कन्ट्रोलले एक्नलेज्ड गरेका छन् ।

नेपाल भित्र र नेपाल वाहिरका देशहरुमा गरिने योजना बनाइएको यस अभियान प्रत्यक्ष रुपमा विभिन्न चरणहरु गरेर २० लाख सहभागी माझ पुर्याई सम्पूर्ण सहभागीहरुको प्रतिवद्धता सहितको हस्ताक्षर र प्रतिक्रिया संकलन गर्ने लक्ष्य आयोजकको रहेको छ । यस अभियानसंग हाम्रो पात्रोको यात्रा पनि संगसंगै हुनेहुँदा क्रमशः देशभर हुने यसको हरेक गतिविधिबारे जानकारी निरन्तर हाम्रो पात्रो प्रयोगकर्ताले प्राप्त गरीनै रहनुहुनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.