अर्जेन्टिनामा सन् १९२८ जुन १४ का दिन चे ग्वभेराको जन्म भएको हो । लेफ्ट बिगं हीरो भनेर संसारभरि यूवा आन्दोलन र स्वतन्त्रताकालागि चे ग्वभेरा धेरैका आर्दश हुन् ।
आउनुहोस् अर्जेन्टिनामा जन्मिएर क्यूबाको स्वतन्त्रता योद्धा हुँदै संसारभरि ख्यातिप्राप्त चे, जो मेडिकल साइन्सका विधार्थी अर्थात भविष्यका डाक्टर पनि थिए । तर उनी स्वतन्त्रताप्रतिको मोहका कारणले आन्दोलनमा होमिन पुगे, उन्को मृत्यूका विषयमा अझै एकप्रकारको रहस्य छ, उन्को भनाई अनि धारणा लगायत लवाईखवाई उदहारणीय थियो । यिनै चे को जन्मजयन्तिमा नेपालवाट केही सम्झना गरौ, आखिर ब्यूबा होुस या नेपाल, स्वतन्त्रता त स्वतन्त्रता न हो , कि कसो ?
यो पनि हेर्नुहोस् : आफू कमजोर भएपछि अरुहरुको हस्तक्षेप भइहाल्छः दर्शन रौनियार
अर्जेन्टिनाको रोसरियोको मध्यमवर्गिय परिवारमा यिनो जन्म भएको हो, डाक्टर बन्न राजधानी ब्रुनोस अफ आयरसमा अध्यनरत जिज्ञासु चे ले अध्यनका समयमा दक्षिण अमेरिकाका धेरै ठाँउहरु भ्रमण गरे । गरिबी, दासता अनि अपारदर्शी शाषन व्यबस्थाले जनताहरुको पीडा देखेपछि चे ले माक्र्सवाद र सशस्त्र द्धन्द मार्फत मात्रै देशको र दक्षिण र मध्य अमेरिकी भुभागमा बिकास संभव रहेको ठाने ।
स्मरण रहोस् नेपालमा पनि शुरुवाती स्वतन्त्रता र प्रजातान्त्रीक दिनहरुवाटै माक्र्सवाद र अपनाएका पार्टीहरु रहेका अनि क्रमशः माक्र्सवादका प्रर्वतक पार्टीहरु बेलाबेलामा सत्ता र सदनमा रहेको र रहिरहेका छन् ।
सन् १९५४ मा चे मेक्सिको गए जहाँ उन्ले क्यूबिक आन्दोलनका नेता फिडल क्यास्ट्रोलाई भेटे । स्मरण रहोस् क्यास्ट्रोको मृत्यू गत सालमा मात्र भएको हो । क्यास्ट्रोको सशस्त्र २६ जुलाई आन्दोलनमा सहभागी भएर क्यूबाका तानासाह बाटीस्टालाई जरैदेखि उखेलेर फाल्न संभव आन्दोलनमा चे को योगदान अझै पनि मेक्सिको र क्यूबावासीले मुक्तकण्ठले प्रसंशा गर्दछन् है ।
सन् १९५९ देखि १९६१ सम्म चे क्यूबाको नेशनल बैंकका प्रधान भएर कार्य गरे । यसै समयमा चे ले संसारभरि क्यूबा सरकारको नेतृत्व गर्दै भ्रमण गर्ने मौका पाए । अर्जेन्टिना लगायत क्यूबामा समेत भुमीको पूर्नवितरण र उधोगहरुको राष्ट्रियकरणको निती ल्याए । स्मरण रहोस् यिनै कुराहरुवाट प्रभावित भएर बहुदलको आगमन पछि नेपालमा पनि कम्यूनिष्ट पार्टीहरुले क्रान्तिकारी भुमिसुधारको निती प्रस्तावमा ल्याएका हुन् । पूजीवादीहरुका लागि यसअर्थमा चे एउटा त्रासदिपूर्ण नाम थियो, यिनलाई तत्कालिन मान्छेहरुले लगभग रबिनहुडकै रुपमा मान्दथे ।
शक्तिकेन्द्र अमेरिकाको कडा प्रतिस्पर्धी तत्कातिन सोभियत सँघ सँग क्यूबाको समबन्ध बढाउने श्रेय अझ भनौ कतिपयकालागि षडयन्त्र पनि हुनसक्दछ, चे ले नै गरेका हुन् । तर परिवर्तन त्यति सजिलो थिएन, अमेरिकासँगको समबन्ध चिसिएका कारणले क्यूबाको अर्थतन्त्र कमजोर हुँदै थियो, यसक्रममा चे प्रति क्यूबाका केही नेता अनि जनताहरु पनि रुष्ट हुन थालेका थिए ।
सन् १९६५ मा चे ले क्यूबा छाडे भनेर फिडल ले सार्वजनिक जानकारी दिएका थिए । त्यपछि केही समय अफ्रिकामा बिताएर गुरिल्ला युद्धका लागि सैनिक दस्तालाई तालिम दिएको भन्ने पनि उल्लेख छ, स्मरण रहोस् चे युद्धकलाका विशेषतः गुरिल्ला युद्धका विशेष ज्ञाता पनि थिए ।
क्यूबा, मेक्सिको, अर्जेन्टिना मात्र नभई संसारलाई नै कम्यूनिजम मार्फत समान र सरल बनाउने सपना भएका चे ले जीवनभर यात्रा गरिरहे । अफ्रिका देखि बोलिभियासम्म चे ले आन्दोलनकारी र स्वतन्त्रताको गतीलाई आफ्नो कलाकौशलता र ज्ञानका माध्यमले चलायमान बनाएका हुन् । कतिपय पूँजीवादी देश र शाषककालागि चे केवल एउटा आन्दोलनकारी या आँखाका कसिंगर हुन् । तर अझैपनि विश्वभरिका यूवाहरुले भित्तामा बनाएका यिनको तस्विर, टिशर्टका प्रिन्ट, यिनका् वारेमा हेरेका चलचित्र र वृतचित्रहरु का आधारमा चे यूवा धुकधुकीका केन्द्र हुन र रहिरहनेछन् भन्ने तय छ ।
बोलभियामा आन्दोलनका क्रममा सरकारी सैनिकले चे लाई अमेरिकी समर्थनमा पक्राउ गरे । बोलिभियन गाँउ ला हिगेरामा चे लाई सन् १९६७ मा हत्या गरियो तर उनको पार्थिव शरीर भने कहाँ शतगत गरियो भन्ने कुरा गोप्य छ ।
संसारभरिका कम्यूनिष्टहरुका आस्थाका धरोहर र क्रान्तिका पर्याय चे ले विदा मागे । यिनको हत्याकालागि फिडल क्यास्ट्रोलाई पनि दोषी मानिन्छ, तर तथ्य र प्रमाणका अभावमा इतिहास मौन छ । सन् १९९७ मा यिनको हाडखोरहरु फेला पारेर क्यूबामा ल्याई फेरि शतगत गरिएको तथ्य पनि छ ।
राजनितीमा बलिदान जरुरी छ र चे ले दिएका बलिदान उल्लेखनिय छ । हामी कम्यूजिम या क्यापीटलिज्मको आज विवाद र बहस गर्न चाहदैनौ तर समानताको लहर जुन चे ले विश्वलाई दिएर गए त्यो प्रशंशा गर्न चाहन्छौ ।
पूँजीवाद, कम्यूजिम र समाजवादका आआफ्नै सकारात्मक र नकारात्मक पक्षहरु छन् र मुख्य कुरा त एउटै ओखती हरेक विरामीलाई ठिक नभएजस्तो विश्वभरि एउटै वाद ठिक नहुन सक्दछ । तर एउटा कुरा जरुरी छ, समानताको लहर र गरिबीको उन्मुलन जरुरी छ ।
धनी र गरिश बीचको बढ्दो खाडलले समाजलाई अस्तव्यस्त बनाँउदछ । चे ले यही खाडल पुर्न र समानता ल्याउन आफ्नो जीवन अर्पण गरे ।
जहाँ छौ, आत्माले शान्ति पाओस चे ।
सुयोग ढकाल
Liked by: