तपाइको वच्चा को खुशी जरुरी या उनिहरुको रिजल्ट
वालवच्चाहरु हाम्रा आशाहरु हुन अनि सपनाका वाहक पनि, उनिहरुको राम्रो पढाई पक्कै पनि हाम्रो सरोकार र दायित्वको विषय हो र यस्का साथसाथै हामी उनिहरुको खुशी र हाँसोप्रति कत्तिको चासो राखेका छौ पनि विचारगर्नुपर्ने छ । कतै पढाई र रिजल्टको अतिरिक्त प्रेसर र वोझले गर्दा हामीले हाम्रो वालवालिकाको सुमधुर वालपन खोसीरहेका त छैनौ ?
सबै वच्चाहरु खुशी नहुन पनि सक्छन अनि सबै खुशी वच्चाहरु राम्रो रिजल्ट ल्याउन सक्षम नहुन पनि सक्छन । संयूक्त अधिराज्यको वहुचर्चित पत्रिका गार्जियनको यहि सेप्टेम्वर २ मा निकालिएको शुक्रवार परिशिष्टाङ्कमा यहि विषयमा निकालिएको एउटा अध्ययन आज हामी हाम्रो पात्रोमार्फत प्रस्तुत गर्न जाँदैछौ । यस अध्ययन एजुकेसनल च्यारिटी टिएलजी नामक सस्थाको सहजीकरणमा भएको थियो ।
पूर्वी लन्डनमा गरिएको एउटा अध्ययनमा हजारौँ अभिभावकहरुसँग प्रश्नोक्तर गरिएको थियो, उक्त अध्यनको नतिजामा वास्तवमै अधिकांश अभिभावकहरु आफ्ना वालवालिकाहरुको खुशीभन्दा पढाईको रिजल्टमा धेरै केन्द्रित रहेको पाइएको छ । कक्षाकोठा भित्रको प्राप्ती वढी जरुरी हो या खुल्ला समाजमा उन्मुक्त हाँसोका साथ विचरण गर्न सक्नु वढी जरुरी या दुबै कुरा ? सोचनीय विषय छ ।
५२ प्रतिशत अभिभावकले आफ्ना वच्चाको शैक्षिक रिजल्ट वढी महत्वपूर्ण भएको वताएका थिए, उनिहरुका अनुसार आफ्ना वालवालिका विस्तारै हुर्कदै जादा उमेर अनुसार पढाइभने खस्कदैगएको वताए । उनिहरुकै उमेरका अन्य साथीहरुको तुलनामा उनिहरुको पढाईको स्तर एकदमै न्यून रहेको गुनासो ब्यक्त गर्दे अभिभावकहरुले केवल पढाई र अकंकै आधारमा वालवालिकालाई तुलना गरेको पाइयो । यस्ता प्रतिस्पर्धाका कारण वालवालिकाहरुविचमा अत्याधिक दवाव अनि तनाव रहेको अनि परीक्षाको हाउगुजी वालवालिकामा अत्याधिक धेरै रहनगएको पनि अध्यनले देखाएको छ ।
अर्कोतर्फ के पढाई र विधालय भनेको परीक्षाको पूर्णाङ्क भरिनेगरि अकं ल्याउनुमात्र हो ? भन्ने प्रश्न पनि उठाएको छ ।
अकं र परीक्षामा आधारित शिक्षण पद्धतीले वालवालिकालाको सञ्चार क्षमता, खुशी हुन सक्ने क्षमता, मानवता र मित्रता, समस्या समाधानगर्न सक्ने क्षमता, आत्मविश्वाश अनि आपसी सदभाव जस्ता कुराहरुलाई भने उत्ति महत्व दिएको पाइदैन ।
नेपालमा वेलायतको जस्तो वालवालिका र शैक्षिक पद्धतीमा आधारित अध्ययन कमैमात्र हुन्छ तथापि वेलायतमा भएको यो सर्वेक्षणले संसारका सम्पूर्ण अभिभावकहरुमा एउटा चेतना भने उजागर गरेको छ ।
पढाई एकदमै राम्रो हुनुपर्दछ, यो निर्विकल्प सत्य होला तर यस्का साथै अन्य मानविय गुणहरुपनि उतिनै महत्वपूर्ण छ । राम्रो अकं ल्याएको भएतापनि नयाँ रुपमा सोचेर आविष्कारगर्न नसक्ने, समबन्ध राम्रो वनाउन नसक्ने, हास्न नजान्ने अनि समाजमा घुलमिल हुननसक्ने भावीपुस्ताले कत्तिको विकासमा टेवा पुर्याउन सक्नेछन ? गहन विषय छ है ।
हाम्रा अभिभावकहरुले विधालय भनेपछी आफ्नो छोराछोरीले कस्तो प्रतिक्रिया दिन्छन भनेर विचार गर्ने वेला आएको छ । विधालय वास्तवमा प्रस्पिर्धागर्ने थलो नभई सदभाव, समानता अनि मित्रताको केन्द्रपनि हुन जरुरी छ जहाँ जादा हाम्रा वालवालिकाहरुले रमाइलो मानुन । यदि त्यसो नभई वालवालिका केवल एउटा शैक्षिक कारागार जस्तोमात्र छ भनेँ हामीले विधालय अनि पढाईकानाममा आफ्ना वालवालिकालाई सजाय दिइरहेका छौँ ।
वेलायतमा भएको यो अध्ययनमा केवल ३ प्रतिशत अभिभावकले मात्र आफ्ना वालवालिकाको ब्यवहार र वानीमा आएको परिवर्तनलाई आधार मानेर प्रार्थमिक्तामा राख्ने जानकारी दिए, जबकि वालवालिकाले लिएका र सिकेका आनीवानीहरुनै उनीहरुको भविष्यको आधार हो । वालवालिकालाई समुहमा घुलमिलहुन सक्ने र मुख्यतया जित्न लालसी भन्दा पनि हारलाई पनि सहज स्वीकारगर्दे निरन्तर प्रयास गरिरहने वानीको विकास गराउन जरुरी छ तथापि यस्ता कुराहलाई हाम्रा शिक्षकहरु र शैक्षिक पद्धतीले कत्तिको न्याय दिएका छन ? सोच्ने वेला आएको छ ।
हरेक वालवालिकाको आफ्नै क्षमता र सिमा हुन्छन र त्यस्लाई वुझेरमात्र उनिहरुलाई दवाव दिनुपर्दछ । नत्र धेरै तन्काएको खण्डमा रबर पनि चुँडिएको हामीले देखेका छौ ।
वालवालिका वास्तवमा अभिभावको सम्पती हैनन वरु एउटा दायित्व हुन जस्लाई अभिभावकले राम्रो प्रकारले निभाउन जरुरी छ । उनिहरुलाई सहज वातावरणमा जिवनको सरलता सिकाउन जरुरी भएकोमा कतै हामीले उनिहरुलाई अकं गणीतको गुजुल्टो भित्र अनि प्रतिस्पर्धाको असहज चक्रब्यूभित्र मात्र कैद गरेर त राखेका छैनौ ?
हामीले एउटा अत्यन्त राम्रो पढाइभएको अभुतपूर्व दिमागभएको ब्यक्ति चाहेका हौँ या एउटा सामाजिक अनि सकारात्मक ब्यक्ति जस्ले समुहमा वसेर सकारात्मक रुपले समस्याको धैर्यतापूर्वक समाधानपनि गर्न सक्दछ, त्यस्तो ब्यक्ति चाहेका हौ ?
अझ नेपाली परिवेशमा त झन अभिभावकहरुलाई केही विशेष पेशासँग ज्यादै मोह छ, सबैलाई आफ्ना छोराछोरीलाई वच्चैदेखि डाक्टर, इन्जिनियर, पाइलट या वकिल वनाउन तैयार गर्न छ र यो वालवच्चाको भविष्य जबरजस्ती सेट गरिदिने दौडमा हामीले कतै उनिहरुको अन्य मानविय गुणहरुमाथी अन्याय त गरिरहेका छैनौ ?
सफल र असल विचको परिभाषा सिकाँउदै राम्रो माक्र्स अनि रिजल्टका साथै सहयोगी, मिलनसार र मुस्कानको महत्व पनि सिकाउन सकौँ, वालवालिकाको खुशीको पहिचान गर्दै यो आउदै गरेको दशै विदामा वालवालिकालाई केही थान मुस्कान अनि जिवनको सरल गुणहरु सिकाउन सकौँ, शुभकामना ।
हाम्रो पात्रोका लागी सुयोग ढकाल
Liked by: