घाँसेमैदान फर्काउन गाई र अन्य चौपायाको महत्व | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / हाम्रो लेख

घाँसेमैदान फर्काउन गाई र अन्य चौपायाको महत्व




   Suyog Dhakal - Mar 26 2018

नेपालमा प्रख्यात रुपमा रहेको चरणको विधि केही वर्ष अघि हामीले रोक्न त रोक्यौँ तर के अब फेरि केही अध्ययन नगरी खुल्ला गर्ने त ?



वनसंरक्षणका निम्ति भन्दै केही वर्षअघि हामीलाई बाजेबराजुले सिकाउँदै आएको चरणको विधिमा हामीले रोक लगायौँ । त्यही विधि अहिले वैज्ञानिक विधि साबित भयो भनेको सुन्दा अचम्म लाग्ला ।
क्यान्सरसरि पैmलिरहेको मरुभूमिकरण जोगाउनका लागि गाई र अन्य चौपायाहरु “हाम्रो अन्तिम आशा” भएको वातावरणविद् एलन सेभोरी बताउँछन् । उनी र उनको संस्था अहिले विश्वभरका ४ करोड एकड जग्गाको घाँसे मैदान फर्काउने तयारीमा लागिरहेका छन् । पृथ्वीको जम्मा जमिनको दुई तिहाई भाग अहिले मरुभूमि रहेको वा बन्ने क्रममा रहेको प्रख्यात वातावरणविद् एलन सेभोरी बताउँछन् ।
मानिस वा अन्य जीव मरुभूमिमा बाँच्न नसक्ने कुरा त भनिरहन नपर्ला । धेरै मरुभूमि हुनु सुखद समाचार पक्कै होइन । सेभोरीका अनुसार धेरै सभ्यताहरु मरुभूमिकै कारण सखाप भएर गए र अहिले पनि यसले विश्वभरि संकट पैदा गरिरहेको छ तर मानिसहरुले मरुभूमिकरण हुनुको कारणबारे खासै बुझेका छैनन् । दश हजार वर्षअघिदेखि मरुभूमिकरण सुरु भइरहेको छ र गएको दुई सय वर्ष यतादेखि यो क्रम बढ्दै गइरहेको पनि उनी बताउँछन् । संयोग के भने कृषि पनि दश हजार अगााडिबाट सुरु भएको थियो र औद्योगिक कृषि दुई सय वर्ष अघिबाट । 


चर्चित कार्यक्रम टेड टल्कमा सेभोरीले मरुभूमिकरण, जनसंख्या वृद्धि र जलवायु परिवर्तनको संयोजनले मानव र मानवसंसार विध्वंशको बाटोबाट टाढा नरहेको बताएका छन् । यसको चिन्ता लिन पर्दैन किनकी गाई, भैँसी, भेडा, बाख्रा जस्ता चरण चौपायाले हामीलाई बचाउन सक्छ तर उनीहरुलाई चर्नका लागि छोड्दिनपर्छ भनी सेभोरी सुझाउँछन् । हामीलाई मरुभूमिकरण सुख्खा ठाउँमा मात्र हुन्छ भनेर भनिएको हुन्छ । तर घाँसे मैदानकै माटोमा हेर्ने हो भने पनि माटो धेरै फुस्रो हुँदै गइरहेको छ र यसले पानी सोस्न सक्ने शक्ति गुमाइरहेको छ । माटो बिग्रिदँै जाँदा यसले हावामा कार्बन छोड्ने गर्दछ ।
अफ्रिकामा हुर्केका वातावरणविद् सेभोरी वन्यजन्तुलाई माया गर्थे भने घरपालुवा जनावर रुचाउँदैन थिए किनकी घरपालुवा जनावरले घाँसे मैदान नष्ट गर्छन् भनेर उनीहरु सिकाइएका थिए । अमेरिका पुग्दा उनले अमेरिकाका राष्ट्रिय निकुञ्जहरुमा पनि अफ्रिकामाभैmँ मरुभूमिकरण भएको देखेपछि भने उनी अचम्ममा परे । ती निकुञ्जहरुमा ७० वर्ष यतादेखि चौपायाहरुलाई चर्न रोक लगाइएको थियो । यसपश्चात् उनले अनुसन्धान नै सुरु गरे । मरुभूमिकरण रोक्नका लागि घाँसे मैदानमा चौपाया चरण प्रतिबन्ध लगाइएका प्रोजेक्टहरुको अनुसन्धानपछि उनले चरण रोकपश्चात् ठिक उल्टो भइरहेको पत्ता लगाए ।
जलवायु परिवर्तन विज्ञहरुले प्रतिबन्धपश्चात् पनि मरुभूमिकरण नरोकिनुमा उचित कारण पत्ता लगाउन सकेका थिएनन् । सेभोरीले भने चौपाया चरण आपैंmमा समस्या नभएको तर चौपायाले चरण कसरी गर्छ समस्या रहेको पत्ता लगाए । पशुपालनको सुरुवातकालमा चौपायाहरुले एकपछि अर्को गर्दै धेरै चरण गर्नाले घाँसे मैदानको अस्तित्व संकटमा पार्न थाले । गएको ५० वर्षयता वातावरणविद्हरुले जमिन बचाउने आशमा समस्यालाई झनै जटिल बनाए । धेरै चरण गर्नाले विनाश त निम्त्याउँछ तर कम चरणले पनि उत्तिकै हानी गर्ने उनको अनुसन्धान बताउँछ ।हामीले के बुझ्न सकेनौँ भने सालौँ सालदेखि यही चरण गर्ने चौपायाहरुले नै घाँसेमैदान सुरक्षित गर्दै आइरहेका थिए । ती चौपायाहरु शत्रुबाट जोगिन झुण्डमा एक साथ हिँड्थे र स्वतन्त्र रुपमा चरण गर्थे । अहिले औद्योगिक कृषि सफल बनाउनका लागि पालिएका पशुचौपायाहरुले निष्फीक्रि चरण गर्न पाउँदैनन् । झुण्डमा बस्ने जंगली चौपायाहरु आपूmले खान पर्ने घाँसमा दिसापिसाब गर्थे जसका कारण उनीहरु अन्यत्र सर्न पथ्र्यो । यसरी अन्यत्र सर्दा पुरानो ठाउँको घाँसेमैदानमा फेरी घाँस उम्रिन पाउँथ्या र यसरी नै यो सन्तुलित भइरहन्थ्यो ।
प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ आइयुसिएनमा सन् २०१२ मा बुझाएको प्रतिवेदन अनुसार जब जमिनमा स्वतन्त्र चर्न पर्ने जनावरहरुलाई बाँधेर बासस्थल बनाई पालिन्छ तब जमिन मर्छ, यो वाक्य प्रिन्स चाल्र्सले सेभोरीको अनुसन्धानका आधारमा लेखेका हुन् । चौपाया चरण प्रतिबन्ध गरिएका ठाउँमा सरकारले घाँसे मैदान पुनः उमार्ने प्रयासमा आगो बाल्ने कामहरु समेत गरे । यसले माटो सुख्खा बनाउने र कार्बन निकाल्ने गर्दछ र वायु प्रदषण निम्त्याउँछ सेभोरी बताउँछन् । हामी हरेक वर्ष अफ्रिकामा लाखौँ घाँसेमैदान यसैगरी बाल्ने गर्छौँ तर कोही यसबारे बोलिरहेका छैनौँ । 


सेभोरीका अनुसार जलवायु परिवर्तनमा जिवाश्म इन्धनको प्रयोगबाट भन्दा मरुभूमिकरणले बढी योगदान पु¥याइरहेको छ । जिवाश्म इन्धनको प्रयोग रोकिएपनि मरुभूमिकरण नरोकिएसम्म जलवायु परिवर्तन रोक्न सकिन्न । विश्वभर जनावरलाई खुल्ला रुपमा चरण गर्न दिने प्रवृत्ति हराइसकेको तर मानवता जोगाउन अब यही मात्र एउटा उपाय बाँकी रहेको सेभोरी बताउँछन् । पशुचौपायाले उनीहरुको प्रकृतिअनुसार स्वतन्त्ररुपमा चर्न नपाए मानवको अस्तित्व जोगाउनका लागि अर्को उपाय नभएको उनी बताउँछन् । सेभोरी इन्स्टिच्युटले पाँच वटा महादेशमा मात्र यही विधिको प्रयोग गरी ४ करोड एकड जग्गामा घाँसेमैदान फिर्ता ल्याउने प्रयासमा छ । सो संस्थाले जिम्बाबवेमा चौपाया तथा बाख्राको संख्या चार सय प्रतिशत र हात्ती, भैँसी तथा जिराफको संख्या पनि मिलाएर वृद्धि गरेरै मरुभूमिकरण रोक्न सफल भइसकेको छ । उनले अफ्रिका, पेन्टागोनिया र मेक्सिकोमा समेत यही विधिको सफल प्रयोग गरिसकेका छन् ।
संसारको आदि मात्र घाँसेमैदानमा यो विधि प्रयोग गर्न सकेको खण्डमा हावामा भएको कार्बन सन्तुलन गर्न सकिने उनी बताउँछन् । अमेरिकाको कृषि विभागले समेत उनको यो विधिलाई नकार्न नसकी चौपायालाई निरन्तर फिरन्ते रपमा चरण गर्न लगाउँदा जमिनलाई फाइदा नै पुग्ने निष्कर्ष निकालेको थियो । कुनै पनि कुराको पूर्ण अध्ययन नभई त्यसको अनुसरण हुन हुँदैन भन्ने उदाहरण हो यो । नेपालमा प्रख्यात रुपमा रहेको चरणको विधि केही वर्ष अघि हामीले रोक्न त रोक्यौँ तर के अब फेरि केही अध्ययन नगरी खुल्ला गर्ने त ?

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.