सुनसरीका शुभकरण तफ्दार ओमनको मस्कट बिमानस्थलवाट भाद्र २७ मा दशैं अनि तिहारका लागि २ बर्षपछि काठमाडौंका लागि उडे । २ बर्षपछिको देशको भूमिमा टेक्दा अनि स्वदेशी स्पर्शले उनको दशैं अनि तिहारको मज्जा दुईगुणा भएको हो । भोलिपल्ट श्रम बिभाग गएर केही बुझेर उनि पर्सिपटकको बिहानै माईक्रो चढेर गाँउ लागेका छन् ।
त्यसतै महोत्तरीका अमोद शाह भनें दुबईमा पोहोर सालको खुशी साँच्दै अमिलो मन बनाएर बसेका छन् । सन् २०१९ मा उनि नेपाल आउने छन्, तीन महिनाका लागि । दशैंको समयमा देश फर्किएर गाँउमा सबैलाई प्राजेक्टर मार्फत फिल्म देखाउने उनको रहर छ ।
चाहे खाडीको मरुभूमि होस् या यूरोपका हिँउहरु, समथर मैदान हुन् या समुन्द्र तटहरु दशैंले छोएको छ, नेपाली हृदयहरु ।
खुल्ला निलो आकाश, चिसिँदै गरेको बतास, केही जोड मुस्कानहरु अनि केही थान रहरहरु । दशैं त्यो हो जुन मुस्कानमा घुलेर आँउछ, पिढिँमा बसेर बर्षभरि कुरेर बसेकी आमाको मुस्कान अनि छोराछोरीका आगमन हो दशैं ।
बर्षभरिको बूवा को चियागफ अनि चियापसलका कुराहरुमा जोडिएका छोराछोरीको संभवत सबैभन्दा लामो बर्षेनी बसाई हो दशैं । कति बूवाआमाले यसपाला दशैंमा आफ्ना छोराछोरीका निधार रंगाउन पाउनेछन् भनें कतिले अर्को बर्ष या पटक लाई साँचेका छन् ।
बैदेशिक रोजगारीमा गएका बूवाको आगमन मा हाँसेकी छोरीको मृगतृष्णा हो दशैं, रातो राम्रो अनि गुलियो मिठो हो दशैं । कति ठूलदाई , सानदाई अनि दिदीहरु यसपाला दशैंमा आउने सोचमा छन र कति छैनन ? कति घर यसपाला उज्यालो हुनेछ र कति को दशैं चुपचाप हुनेछ ?
गाँउगाँउमा लागेका दशैंका मेला अनि कालीमन्दिर को नौरथा अर्चनाहरु तपाँईको पखाईमा रहने छन् । प्रस्तुत छ, दशैंमा अति महत्व राख्ने र हतार हुने १० वटा कामहरु , आआफ्नो चेक लिस्टमा यि कामहरु भए
या भएनन् कृपया बिचार गर्नुहोला है ।
१ दशैं पेश्की कति आँउछ हिसाब किताब र योजना
अब यो अर्थ बिना त दशैं ले स्वरुप नै लिदैंन नि । दशैंमा कर्मचरीहरु धेरैको केही न केही रमक कुनै स्वरुपमा बढि आँउदछ, घर जाँदा लिएर गएको झोलाको आकार र तौलमा न दशैं लुकेको हुन्छ ।
२ घर जाने फर्किने टिकट या योजना
दशैंको एउटा रमाइलो भनौं या अफ्ठेरो तर हरेक बर्ष सरकारले टिकटको व्यबस्था सहज पारिएको भन्छ तर हरेक बर्ष नै टिकटको जोहो अफठेरो हुन्छ ।
३ खसी किन्ने या मासु किन्ने जोहो
दशैं को अर्को लर्को हो मासु खाने लर्को । कत्रो खसी या कति मासु सधैं एउटा चर्चाको बिषय हो ।
४ लुगा जुत्ता किन्ने, कसलाई के किनीदिने भन्ने जोहो
कमाउने ले नकमाउनेको ईच्छा साकार पार्नु नै त दशैं को प्रतिरुप हो ।
५ नयाँ नोट साट्ने काम
नयाँ कडक नोटहरु राष्ट्र बैंक या अन्य ठाँउवाट साट्ने लालसा धेरैको हुन्छ । टीकाटालो गर्दा नयाँ नोटको
रौनक गज्जब हुन्छ ।
६ लिगें पिगं कहाँ हाल्ने र कसले हाल्ने ?
गाँउघरमा पुगेपछि लिगें पिगं हाल्ने अर्को रौनक पनि व्यापक हुन्छ । बाँस कहाँवाट ल्याउने, डोरी बाट्ने कि किन्ने आदि जस्ता प्रश्नहरु पनि दशैंको रमाईलो तैयारी हो ।
७ घर लिपपोत अनि सरसफाई
घर वरिपरिको उम्रेका घाँसहरु ताछ्ने, खाल्डाखुल्टी पुर्ने अनि सजाउने कार्य पनि दशैंको अर्को तयारीको क्रम हो । गाँउघरमा त झन सामुहीक टोल सरसरफाई गर्ने, घरलाई सेतो कमेरो माटो या रातामाटा ले लिप्ने हुन्छ । आँगनलाई पनि सिनित्त लिप्ने अनि सफा गर्ने चलन हुन्छ ।
८ टिका कुन कोठामा लाउने
कुन कोठा या कुन ठाँउमा टिका लगाउने भन्ने तर्क, बितर्क अनि पुराना बर्षहरुको रित अनुरुप यो ठाँउमा भन्ने चलन हुन्छ ।
९ कसलाई कत्ति दक्षिणा दिने, खाम सहितको योजना
सामान्यतया छोरीचेली र कुटुम्बलाई टीका लगाएर दक्षिणा दिइन्छ । को को आउछन् र कति दक्षिणा दिने भनेंर पूर्व तयारी पनि दशैं को एउटा कार्य हो ।
१० टीको थाप्न कता कता र कसरी जाने ?
मामाघर जाने कि नजाने रु ससुराली जाने कि नजाने रु कता कता जाने अनि के मा जाने नजाने भन्ने कुरा ले पनि दशैंमा ठूलै महत्व राख्दछ । ल है के के काम भयो र के बाँकी छ, बिचार गरौं ।
बडादशैंको शुभकामना ।
सुयोग ढकाल
Liked by: