दशैँको शुभ साइत | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

दशैँको शुभ साइत




   ज्यो.पण्डित नारायण प्रसाद दुलाल - Sep 28 2018

नेपालीहरूको महानचाड वडादशैँ आगामी कार्तिक २ गते शुक्रवारका दिन बिहान ९ बजेर ३९ मिनेटमा दुर्गापूजा विर्सजन गरी माता दुर्गाभवानीको प्रसाद, टिका र जमरा ग्रहणगर्ने उत्तम साईत बिहान ९ बजेर ५१ मिनेटमा रहेको छ । यसपालिको टिकाको शुभ साहित अमृत योगमा रहेको हुनाले दुर्गाभवानीले आफ्नो भक्तहरूको मनोकामना पूर्ण गरिदिनुहुने विश्वास रहेकोछ ।

यसदिन पूर्व फर्केर दुर्गाभवानीको प्रसाद आफ्नो मान्यजनका हातबाट टिका र जमरा ग्रहणगर्नाले शुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामना पूर्णहुने शास्त्रोक्त कथन रहेकोछ । शास्त्रीय मान्यताअनुसार यो पनि भनिएको छ कि सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन अतस् विजयादशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि टिका र जमरा ग्रहणगर्न सकिनेछ ।

यसैगरी आगामी असोज २४ गतेका दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनाको शुभ साईत रहेकोछ । यो शुभ मुहूर्तमा स्थापना गरिएको कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरी नवरात्र भरी माता दुर्गाजीको भिन्न(भिन्न स्वरूपको पूजा अर्चना गर्ने गरिन्छ, घटस्थापनाको दिन शुभ साईत बिहानै भएपनि श्रद्धा एवं भक्तिले दिनभरिनै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिनेछ ।

यस्तै, असोज ३० गतेका दिन नवरात्रको सातौं दिन अर्थात् फूलपाती भित्र्याउने उत्तम साईत बिहानको ९ बजेर २१ मिनेटमा रहेको छ भने सरकारी कार्यालय, सुरक्षा निकाय, कुटनीतिक नियोगहरुमा फूलपातीको दिन बिहान १० बजेर २४ मिनेटमा पश्चिम फर्केर राष्ट्रिय झण्डा आदि फेर्नु शुभ रहेको छ । यसैगरी कार्तिक ७ गते कोजाग्रत पूर्णिमाको दिन दिनभरिनै जुनसुकै बेलापनि जमरा सेलाउन सकिनेछ ।

ज्यो. प. नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.