Daura Suruwal Topiko Mahatwa | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / हाम्रो लेख

दौरा सुरुवाल टोपी तथा गुन्यु चोलीको महत्व





नेपाल एक ऐतिहासीक राष्ट्र हो ।नेपाल एक बहुभाषीक,बहुधार्मिक,बहुजातिको साझा फुलवारी पनि हो। साथै सार्वभौमसत्ता सम्पन्न एक ऐतिहासिक पहिचान बोकेको राष्ट्र हो। देशमा विभिन्न समयमा धेरै आन्दोलन भए तर परिवर्तनका नाममा जति परिवर्तन देखीए ति सबै जनताका लागि सुन्य भन्दा अरु केहि देखीएनन । अझै भनौ भने राष्ट्रिय पोशाक त नेपालमा राणाकाल,पंचायत,बहुदल,राजतन्त्र,गणतन्त्र, लोकतन्त्र हुदै मनपरितन्त्रसम्म आउदाँ कैयौ पटक बस्यो त कैयाँै पटक हटाईयो तर यसको मुल्यमान्यता र गरिमालाई कहिल्यै मनन गरिएन ।

पोशाकलाई मात्र शरिर ढाक्ने साधनको रुपमा लिई यस्को उच्चमुल्याङ्कन समेत कहिल्यै भएन । २००७ भन्दा अगाडिको त कुरै छाडौ ०३६,०४५,०५७ सम्ममा विभिन्न कारणहरु देखाउदै पोशाको गरिमालाई मर्मस्पर्शि रुपमा राजनैतिक घाउहरु लगाइयो र अन्ततः परिवर्तनको नाम राखी २०६८ मा नेकपा माओवादिको सरकार आउनासाथ राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी हटाई नेपालीलाई पोशाक विहिन बनाई नाङ्गो ताण्डव नृत्य गर्न लगाईयोे । फलस्वरुप विना पहिचानका नेपाली बनाई विश्व जगतमा परिस्कृत गरियो। हुन त परिवर्तन यस्तै हुन्छ होला भन्ने अधिकांश जनतालाई मनमा यहि लाग्यो कि घाडो पन्छियो तर कसैले पनि मनन गरेन कि हामी के कुरामा अग्रसर हुदैछौ र के कुरालाई तिरस्कृत गर्दैछौ भन्ने आत्मविवेचना कहि कसैले गरेको पाईएन ।

नेपाल एक अलग्गै पहिचान,मौलिकता,भाषा,संकृतीको महत्व दर्शाउने विश्वको एक मात्र आशाका केन्द्रविन्दु समेत मान्न सकिन्छ। विश्वको इतिहासलाई फर्केर हेर्दा मानव सभ्यताको विकास संगै सुरुवात भएका परापूर्वकालीन पहिरन,संस्कृती तथा भाषाको उत्पतिको विकास तथा परिमार्जन संगै विश्वका धेरैजसो देशहरु मौलिक पहिचानलाई छाड्दै आईरहेका छन। त्यसअर्थमा पश्चिमा देशहरु परिवर्तनका अग्रिणी मानिन्छन। आजको समय सुचना प्रविधि तथा इन्टरनेटको युग हो। भुगोल नै आज एक गाँउ झै भईसकेको अवस्था छ । त्यसमध्यपनि पाश्चात्य संस्कृति तथा देशहरुको कार्यशैली पुरै विश्वले स्विकार्न थालिसकेको छ । त्यसको प्रभाव पुर्विय संस्कृतिमा पनि पर्दै गईरहेको प्रष्ट देख्न सकिन्छ । नेपाल मौलिक,सांस्कृतिक रुपमा सम्पन्न राष्ट्र हो तथापी विदेशि संस्कृतिको हालिमुहाली पनि भित्रीदै गईरहेको ज्वलन्त उदहारण पनि देख्न सकिन्छन। नेपालको कला सभ्यता र संस्कृति संगै साँस्कृतिक सम्पदामा समेत पाश्चात्य देशहरुको आक्रमण हुदै गर्दा हामी त्यसलाई सहर्ष स्विकार्न थालिसकेका छौ अझै भनौ हृदयाङ्गन गरिरहेको आजको युवा पुस्ताको जमात यत्र तत्र सवत्र्र देख्न सकिन्छ। हरेक देशको आफ्नो पहिचान हुन्छ, मौलिकता,संस्कृती तथा भाषा हुन्छ। देशको प्रतिनिधित्व झण्डाले गर्दछ त्यस्तै पहिचान पोशाकले पनि गर्दछ। देश संक्रमणकाली अवस्थामा तथा राजनैतिक अस्थिरताको कारण आर्थिक,नैतिक,सामाजीक,सांस्किृतक विखण्डनमा गुज्रिरहेको छ। परिवर्तनका नाममा देशको पहिचान नै गुम्न लागिसकेको यथार्थ जगजाहेर छ ।

विदेशि संस्कृतिको आगमन संगै भाषा,पोशाक,कला,संस्कृतिको त मजाक नै उडिरहेको छ। नेपाल एक छुट्टै पहिचान बोकेको देश भनेर विश्वभरि चिनीन्थ्यो भने आजको समयमा नेपाल परजिवि तथा परनिर्भर राष्ट्र भनी चिनिन थालेको छ । कुनै समय नेपालको संस्किृती तथा पहिरन र रहनसहन हेर्नको लागि विदेशि पर्यटकको आगमनको केन्द्रविन्द नेपाल उनिहरुको पोशाक,संस्कृतिको प्रभावले आफै पाश्चात्यकरण हुदै गईरहेकोमा कुनै दुईमत छैन। देशको प्रतिनिधित्व गर्ने विश्वभरि अलग्गै पहिचान रहेको दौरा सुरुवाल,टोपीलाई अनेकौ आन्दोलन र तन्त्रका नाममा मनपरितन्त्र गरि महत्व र गरिमालाई लिलाम गरियो र गलामा टाई र शरिरमा कोट लगाई परिवर्तको ढोङ्ग देखाईयो र फलस्वरुप आफ्नो पहिचानलाई लिलाम विक्रि गरियो । आखिर यो कस्तो परिवर्तन हो जुन पहिचानलाई लिलाम गरि गणतन्त्र,लोकतन्त्रको नाम दिईन्छ । हरेक देशको आफ्नो पहिचान हुन्छ जस्मा झण्डा,राष्ट्रियगान,पोशाक विशेष हुन्छ। संसारलाई चिनाउनको लागि हरेक देश आफुलाई विशेष शैलीबाट प्रस्तुत गर्नेगर्दछ । त्यस्तै पहिचान र गरिमा बोकेको पोशाक हो दौरासुरुवाल,टोपी तथा गुन्युचोली, जुन विश्व जगतमा अर्को कुनैपनि देशको छैन। के दौरासुरुवाल लगाउदैमा देशको विकास हूदैन रु के पोशाक पुरातन हुदैमा सोच नुतन हुन सक्दैन रु के पोशाकको मुल्यमान्यता लाज ढाक्नुमात्रै हो । के पोशाकले शरिर ढाक्नु या प्रदर्शन गर्नुमात्र हो भने त्यो पहिचानको लडाई भनि आजसम्म लडिदै आईरहेको जुन आन्दोलनहरु छन तिनिहरुको कुनै अर्थ वा तुक छैन । देशमा आजपनि पहिचान,परिवर्तन र विकासको नाममा संधर्ष जारि छ । तर जुन पहिचान थियोे त्यसलाई पाखाँ लगाउदै विदेशी पहिचान खोज्ने हामी कस्तो पहिचानको खोजिमा छौ र त्यो पहिचानको परिवर्तनले हामीलाई सम्बृद्ध,विकशित र उच्च बनाउछ भन्ने विषयमा कसैको ध्यानाकर्षण छ या छैन यसमा पनि दुईमत छ ।

पोशाकको गरिमा झण्डा जस्तै उच्च हुन्छ । विश्वलाई चिनाउन पोशाकको पनि ठुलो महत्व हुन्छ अझै नेपाल जस्तो साँस्कृतिक धरोहरको देश अनि विश्वमै पृथक पहिचान बोकेको दौरासुरुवाल टोपी, गुन्युचोलीको गरिमाको कुनै मुल्यांकन गर्न सकिदैन । पाश्चात्य संस्कारका देशहरु नेपालको कला,सभ्यता र परम्पराको पारखी हुन जो पर्यटन प्रवर्धनको एक हिस्सा बनिसकेको छ । आज हामी हाम्रो संस्कृतिलाई विदेशी संस्कृतिसंग वेच्दै छौ तर यो पहिचानको विरासत पनि नष्ट हुदैछ भन्नेमा आजको युवापुस्ताले सोच्नसमेत फुर्सद पाएको छैन । मानव उत्पतिको समय मानव जाति कपडा,पहिरनको प्रयोग गर्र्दनथ्यो,विकास क्रमसंगै शरिर हिफाजत संगै लाज ढाक्नको लागि पात,बोक्राको प्रयोग गर्दै आज मानव सभ्यता यो अवस्थामा आईपुगेको छ । यस्तै शरिरको अंग प्रदर्शन गरिदै जाने हो भने हामी पुन पहिरनमा ढुङ्गेयुगमा पुग्ने निश्चय छ । आफ्नो पहिचान,पहिरनको संरक्षण गर्न युवा पुस्ता सचेत नभएमा पहिचान विनाको हुनेछौ । देशको कुनै अस्तित्व रहनेछैन । देश नाङ्गो तथा पहिचान विनाको हुने पक्का छ ।तसर्थ नेपालको राष्ट्रिय पोशाक हुनु नितान्त आवश्यक छ ।

राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी तथा गुन्यु चोलीको आवश्यक्ताहरुः

 देशको शान तथा पहिचानमा पोशाकको ठुलो मान्यता हुन्छ । पोशाकले शरिर ढाक्ने मात्र नभई अन्तराष्ट्रमा पहिचानको संकेत समेत गर्दछ । हरेक देशको झण्डा संगै पोशाक पनि हुने गर्दछ । अति विकशित देशहरु पनि आफनो पहचान तथा सभ्यता संस्कृतिलाई विश्वभरिको नौलो,पृथक तथा गरिमामय बनाउन चाहन्छन । विकास एउटा पाटो हो भने पहिचान अर्को पाटो हो । विकास आवश्यक छ तर पहिचान विनाको विकासको कुनै अर्थ हुदैन । विश्वमा नेपाल भन्दा कयौ धनवान,शक्तिशाली तथा विकशित देशहरु छन जो आफ्नो पहिचान पोशाक बाट गराउछन । नेपाल एक विकासशित राष्ट्र अझैै भनौ विश्व नजरमा स्वाभिमानले बाचेको, शिरमा सगरमाथा र हृदयमा गौतम बुद्ध बोकेको गाम्भिर्यता र सार्वभौमसत्तात्म देश हो । विकासमा गति लिन नसकेपनि संसारमा नेपाल पृथक पहिचान बोकेको स्वतन्त्र देशको रुपमा हेरिन्छ । तर हामी हाम्रो संस्कृतिलाई बोझ सम्झन थालि सकेका छौ । पहिचान बेचेर , स्वाभिमान बेचेर विकास र परिवर्तन त आउला तर आत्मसम्मान कहिल्यै आउन सक्दैन । आत्मसम्मानलाई विश्वको कुनै पैसाले किन्न सक्दैन त्यस्तै नेपालको स्वाभिमानलाई कुनै देशले गिराउन सक्दैन भन्नेमा हामी विस्वस्त हुनुपर्दछ । तर हामीले अंगालेको यो विना गन्तव्यको यात्राले हामीलाई बदनामी भन्दा अरु केहि दिनेछैन । हाल नेपाली विना पोशाकका भएका छौ । हामी संग कपडा त धेरै छन अनि महंगो पनि होलान तर त्यो स्थान,त्यो आत्मसम्मान यी विदेशी पहिरनमा कदापी हृदयांगन गर्न सकिदैन । विदेशी पोशाकले चमक त दिन्छ तर त्यसमा पहिचान कहाँ हुन्छ जो राष्ट्रिय पोशाक लगाउदा हुन्छ ।

राष्ट्रिय पोशाक दौरासुरुवाल टोपी,गुन्यचोली नै किन ?
यस्तो प्रश्न पनि उठिरहेको नै छ तर सताव्दि देखी रहिआएको पहिचानलाई पन्छाउदै पाश्चात्य संस्कृति,पोशाक तथा धर्मपरिवर्तन गर्दैमा देशले मुहार फेरेर संबृद्ध हुने हैन । आफुलाई नै बेचेर आर्जन गरको सम्पति जस्तो हो त्यस्तै हो पहिचान बेचेर पाएको परिवर्तन ।हजारौँ बर्षअघि देखी संरक्षण गरिदै आएको लबेदा९दौरा० सरुवाल र पछि आएर जोडीएको शिरको टोपीले इतिहासको कालखण्डमा दिग्विजय गरको कुरा हामीले विर्सन हुन्न । हिजोको इतिहासका पानामा अझैपनि दौरासुरुवालको महिमा र सामथ्र्यको स्वर्णअक्षर मेटिएको छैन जुन विदेशीको लडाईमा ति विर शहिदहरुको छातिमा अंगरक्षक बनेर पहिरिएका हुन्थे । दौरासुरुवालको ईतिहासलाई पल्टाएर हेर्दा ईतिहासविद सत्यमोहज जोशी भन्नुहुन्छ कि यो मल्लकालीन राज्यभन्दा पनि अगाडी रहको पाटन,भक्तपुर लगाएतका ऐतिहासिक मन्दिरहरुका मुर्तिहरुमा आज पनि प्रष्ट देख्न सकिन्छ । आफ्नो अमुल्य गरिमामय संस्कृतिलाई त्यागेर विदेशी संस्कृतिलाई अपनाउन खोज्नु हाम्रो मुर्खता हो । देश पहिचान खोजीरहेछ,देश परिवर्तन खोजी रहेछ।देश आजपनि त्यो ईतिहासलाई बाचाईरहेछ जुन ईतिहास रच्नको लागि हजारौ र लाखाँैले आत्मबलिदान दिएका छन । विदेशी संस्कृति र राजनैतिक हस्तक्षेपमा आफ्नो पहिचान विर्सेर हामी जहाँ दौडिरहेका छौ त्यहाँ सुन्यता र अन्धकार भन्दा केहि पाउनेछैनौ । हामी जुन धरातलमा उभिएका छौ त्यो विश्व जगतलाई एक स्वर्गिय आनन्द लिने गन्तब्य हो भन्ने हामीले किन बुझ्न सकेका छैनौ । कि त हामी अन्धो भयौ या त विचारसुन्य विवेकहित भयौ नत्र हैन भने जुन बाटोलाई हामीले अंगालेका छौ त्यो बाटो हामी भन्दा पहिल्यै पश्चिमा देशहरु अंगाली पुन आफ्नै पुरातन सभ्यतामा फर्किएका धेरै देशहरुको उदहारण देख्न र सुन्न पाईन्छ । अझै टोपीको महत्व त अतुलनिय छ। टोपीलाई विश्वको शिखर सगरमाथाको उपमा दिईएको छ भने त्यो उपमा नेपालीको शिर हो जसले टोपी लगाई आफ्नो शिर गर्वले ठाडो गरि विश्वमा अघि बढ्न सक्दछौ ।

आजको समयमा नेपालको नेपाली पोशाक मात्र उपमा दिईएको दौरा सुरुवाल र टोपी, चौवन्दी गुन्य९परिमार्जित रुपमा साडी० को महिमा अत्यन्तै ठुलो छ । आज हामी माझ छ र यसको आभाष छैन तर हामीले यसलाई ऐतिहासिक नबनाई इतिहास बनायौ भने पक्केपनि ईतिहासको कालखण्डमा हामीले आफैलाई धिकार्ने दिन नआउला भन्न सकिदैन । जुन महिमा यो पोशाकको छ त्यो महिमा हामी नेपालीको पनि छैन किनकी पहिचान छ त हामी छौ नत्र त के नेपाली के नेपाल । देश परिवर्तनको मोडमा छ, विकासको गति लिईरहेको छ तर यसको मतलव यो हैन कि नयाँ घर बनाउन पुरानो घरको इतिहास सक्नु नै पर्छ ।परिवर्तन त्यो हैन जसमा पहिचान गुमेको होस् परिवर्तन त्यो हो जसमा आत्मसम्मान सहितको विकास होस ।

परिवर्तनको नाममा, क्रान्तिको नाममा, विकासको नाममा, धर्मको नाममा, जातको नाममा,वर्गको नाममा पहिचानलाई लिलाम नगरियोस र संबृद्ध राष्ट्र बनाउने अभियानमा पहिचान सहितको पोशाकको रुपमा सताव्दि देखी मौलीक पहिचान बोेकेको दौरासुरुवाल,टोपी तथा गुन्युचोली९ परिमार्जन कोट,साडी० लाई देशको राष्ट्रिय पोशाकको उपमा दिईयोस र यसको सगौरव संवर्धन,प्रवर्धन तथा संरक्षण गरियोस ।

अन्त्यमा
देशको पहिचान,आत्मसम्मान,सार्वभौमसत्ता,सभ्यता,पहिचान,परिरनको जति गुणगान गरेपनि सकिदैन किनकी यो मन त मेरो नेपाली हो ।
तरपनि नेपालको ईतिहासमा राष्ट्रिय पोशाक तत्काल रहनुपर्ने माग गर्दै हामी यस अभियानलाई जिवन्त दिने प्रण गर्दछौ ।

राजानन्द माण्डव्य बजगाँई
राष्ट्रिय पोशाक दिवसको अभियन्ता
धन्यवाद ।
जय नेपाल, जय मात्रृभूमी, जय स्वाभिमान ।।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.