प्रजातन्त्रको लहरहरु | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

प्रजातन्त्रको लहरहरु




   Suyog Dhakal - Feb 19 2018

विश्वका एक तिहाई मान्छेहरु अझै पनि तानाशाह शासनमा बाँचिरहेका छन्, विश्वको सबैभन्दा धेरै जनसख्याँ भएको देश चीन आँफैमा प्रजातान्त्रिक देश हैन । अन्य प्रजातन्त्र नभएका देशहरुमा क्यूबा, उत्तर कोरिया, भियतनाम, युएइ, साउदी अरब र कतार लगायत पर्दछन् ।



इंग्ल्याण्डका पूर्व प्रधानमन्त्री विन्सटन चर्चिलले एकफेर प्रजातन्त्रका बारेमा सरकारको सबैभन्दा कम नराम्रो स्वरुप नै प्रजातान्त्रिक हो भनेका थिए । उनका अनुसार अन्य नराम्रा शासन स्वरुपहरु मध्ये सबैभन्दा कम नराम्रो स्वरुप नै प्रजातान्त्रिक स्वरुप हो । कताकता शासन प्रतिको उदासिनता पनि देखिन्छ उनको भनाईमा तर प्रजातन्त्रले शासन सुव्यव्स्था सुदृढ गर्दछ भन्ने कुरामा भने उनको दुईमत रहेन ।फेरि महान दार्शनिक प्लेटोको पनि प्रजातन्त्र प्रतिको आफ्नै मत छ, उनका अनुसार प्रजातन्त्रले सत्य कहिल्यै पत्ता लाउन सक्दैन । तर फेरि प्रजातन्त्रको उदेश्य कारण पत्ता लगाउने पनि त हैन, प्रजातन्    त्र पनि आँफैमा एउटा दर्शन हो जसमा सबैजना संगै अनि समान रुपमा बग्न सक्दछन् ।
डेमोक्रेसी शब्द ग्रीक शब्दबाट आएको अनि यसको अर्थ जनताको शासन भन्ने हुन्छ । ईशापूर्व ५औं शताब्दीमा ग्रीक राजधानी एथेन्समा प्रजातान्त्रिक शासन पद्धती थियो तथापी उतिखेरको प्रजातन्त्रको दायरामा दास अनि महिलाहरु भने अधिकार सम्पन्न थिएनन् । 


के तपाईलाई थाहा छ ? 


संयूक्त राष्ट्रसंघका १९३ देशहरुमा १६७ देशहरु प्रजातान्त्रिक सुचीमा सुचीबद्ध छन् । अनुपात लगभग ८७ प्रतिशत हुन आँउदछ । 


विश्वका एक तिहाई मान्छेहरु अझै पनि तानाशाह शासनमा बाँचिरहेका छन्, विश्वको सबैभन्दा धेरै जनसख्याँ भएको देश चीन आँफैमा प्रजातान्त्रिक देश हैन । अन्य प्रजातन्त्र नभएका देशहरुमा क्यूबा, उत्तर कोरिया, भियतनाम, युएइ, साउदी अरब र कतार लगायत पर्दछन् ।

विश्वको सबैभन्दा पुरानो प्रजातन्त्र संयुक्त राज्य अमेरिकाको हो । सन् १७४७ पछि यस देशको जन्म पछि नै मतदान मार्फत प्रतिनिधि छान्ने व्यवस्था गरिएको हो । 


विश्वको सबैभन्दा नयाँ प्रजातान्त्रिक देश चाँही लिविया हो, सन् २०१२ मा गद्धाफीको बहिर्गमन संगै लिविया प्रजातान्त्रिक भएको हो । 


प्रजातन्त्रको मुख्य आधारशीला भनेकै जागृत अनि शिक्षित जनता हुन् । प्रजातान्त्रिक प्रणालीमा केही व्यापारीहरु बिकेका मीडिया, धनी मान्छेहरु या अन्य कुनै बिशेष समुहहरुले बाधा अनि अड्चन पार्न सक्दछन् । 


उता जर्मन अमेरिकी कवि चाल्र्स बुकोस्वकीले प्रजातन्त्रका बारेमा अनौठौ भनाई दिएका छन् । उनका अनुसार तानाशाह र प्रजातन्त्रमा मसिनो फरक छ, प्रजातन्त्रमा पहिले मतदान गरेर पछि आदेश लिनुपर्दछ तर तानाशाहमा मतदानको झन्झट हुन्न, सोझै आदेश लिन पाइन्छ । यहाँ आदेश भन्नाले सरकारले शासनका लागि सामान्य जनतालाई दिने आदेश हो जसलाई नियम पनि भन्न सकिन्छ ।

उता कार्ल मास्र्कले प्रजातन्त्रलाई समाजवादको बाटोका रुपमा ब्याख्या गरेका छन् ।
एरीस्टोटलले भनेका छन् कि प्रजातान्त्रिक देशमा धनी भन्दा गरिबहरु धेरै शक्तिशाली हुन्छन्, र गरिबहरु धनीभन्दा धेरै हुने भएकाले बहुमतको कदर हुन्छ । 


औसत मतदाता संगको ५ मिनेट कुराकानी गर्दा मात्र प्रजातन्त्रको समाचोचना गर्न सकिन्छ । विस्टन चर्चिल

प्रजातान्त्रिक सरकार युद्धमा जाने संभावना अत्यन्त कम हुने भन्ने थियोरेटिकल सांभव्यतता भएपनि वास्तवमा विशालकाय प्रजातान्त्रिक अगुवा देशहरुनै पटक पटक युद्धमा होमिएका तथ्यले यी कुराहरुलाई उति प्रमाणित भने गर्दैनन् । अरु कुरा जेसुकै भएपनि प्रजातन्त्र भने महंगो पद्धती रहेको सबैले भोगेका छौं । नेपाली प्रजातन्त्र पनि विशाल मुल्य चुकाएपछि मात्र आएको हो । राणाशासन देखि राजतन्त्रसम्म हटाउन हजारौं नेपालीको वलिदान अनि आवाज खर्च भएको छ । 


महान शहीद जिन्दावाद
नेपाली माटो प्यारो छ


कोहीको लुगा धपधपी बलेको
कोहिको भने १२ ठाँउ टालेको नहोस् ।
कोहि त मर्दा डाक्टरको चाकरी नहोस् । 


यो देशमा प्रजातन्त्र अनि समानताका लहरहरु चलुन् ।
प्रजातन्त्रको कदर गरौं, प्रजातन्त्रको आदर अनि देशको माया नै अबको आवश्यक्ता हो ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.