दुर्गा को अर्थ : नवरात्रि विशेष | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

दुर्गा को अर्थ : नवरात्रि विशेष





संस्कृतमा दुर्गा भन्नाले अफ्ठेरो, विजय गर्न नसकीने किल्ला या ठाँउ भन्ने वुझाँउदछ, यी दुर्गा(तीनाशीनी अर्थात सम्पूर्ण पिडा र अफ्ठेराहरुको हरणगर्ने, जस्ले हाम्रो मनरुपी जहाजहरुलाई यो संसाराचक्रको कठिन समुन्द्रवाट पार गराउनुहुन्छ, जस्ले मायामोहको चक्रब्यूवाट हामीलाई जोगाउनुहुन्छ र आफ्ना भक्तहरुका कष्टनिवारण गर्दै जिवनमा आइपर्ने कठिन भन्दा कठिन पिडावाट आफ्ना भक्तहरुलाई जोगाउनुहुन्छ । माता दुर्गा शक्तिको स्वरुप हुनुहुन्छ, अज्ञान र भ्रमहरुलाई भष्म पार्दै वहाको त्रिकालस्वरुप भयानकरुपले हामीलाई उत्प्रेरीत गर्दछ ।
शिव भगवानको जस्तै दुर्गाको पनि तिनवटा नेत्रहरु छन् , देब्रे नेत्रले चन्द्रमा अर्थात पवित्र अनि दैविक प्रेम दर्शाउदछ, दाहिने नेत्र अर्थात सूर्यले परिवर्तनकारी क्रियाकलापहरु जनाँउदछ भने मध्य नेत्रले अग्नी अर्थात ज्ञानको प्रज्जवलन बुझाँउदछ, यसरी दैविक ज्ञानको तिन आधारशीलाहरु ब्यक्त गरिन्छ ।
साक्षात दुर्गा भवानीले काम, क्र्रोध, माया, मोह, माद, लोभ, अहंकार, मदसारा भन्दा परको मोक्षमय अनि दैविक ज्ञानको प्रतिनिधीत्व गर्नुहुन्छ । हाम्रो कर्मभन्दा पर र आत्मीक स्वरुपमा मोक्षको पथ प्रदर्शक यिनै दुर्गा भवानी हुनुन्छ ।
राजकीय सिंहमा विराजमान दुर्गा भवानीले सर्वोपरि शक्ति, इच्छा र निर्दिस्टताको संकेत गर्नुहुन्छ । सिंहमा विराजमान महाशक्तिशाली दुर्गाले आफ्नो शक्ति र ममताका माध्यमवाट संसारलाई चलायमान गर्नुभएको छ र वहाँको शक्तिले आफ्ना भक्तहरुलाई ईष्र्या र वैमनस्यतालाई छाडेर भक्तिको मार्गमा आउने संकेत पनि दिन्छ । वहाँका सम्पूर्ण भूजाहरुमा हरेक देवताले दिएका विशेष प्रकारको चमत्कारिक हतियारहरु रहेका छन्, आउनुहोस ति अस्त्रहरुको वर्णन गरौँ ।
१. शंख चक्रले प्रनबकारुपमा सर्वब्यापी ध्वनी ओमकारलाई जनाँउदछ भने धनुष वाणले सञ्चीत शक्तिलाई जनाउदछ । एउटै हातका धुनुष वाणलाई समातेर दुर्गा भवानीले चलायमान र सञ्चीत दुबैप्रकारको शक्ति माथी आफ्नो नियन्त्रण जनाँउनुभएको छ ।
२. दुर्गा भवानीकोे अर्को अस्त्र हो चम्कीदो विजुली अर्थात चट्याङ्ग, जसरी चट्याङ्गपर्दा चट्याङ्ग स्वंलाई कुनै हानी हुदैन तरपनि चट्याङ्गले ठूला ठूला चट्टान र पहाडहरुलाई पनि चिर्न सक्छ त्यसैगरी दुर्गा भवानीका अनुयायी र भक्तहरुले पनि कुनै कष्टको सामनागर्नुपरेमा चट्याङ्गजस्तै वलियो रहन प्रेरीत गर्दछ ।
३. आधामात्र फूलेको कमलको फूलले सफलताको पूर्ण निश्चय तथापि सफलताका लागी अझै गर्नुपर्ने कठिनकार्यहरुलाई जनाँउछछ । हामीले गर्नुपर्ने कार्य र विजयको मार्गस्वरुप आधा कमलको फूल फक्रिएको छैन तर आधा खुलेको फूलले विजयको सुनिश्चितता को संकेत गर्दछ । सस्कृतमा कमलको फूललाई पंकज अर्थात हिलोवाट उत्पन्न भन्ने अर्थ बुझिन्छ तसर्थ दुर्गाको हातमा भएको आधा फक्रिएको कमलको फूलले भक्तहरुलाई अध्यात्मीक जागरण अनि प्रकृती प्रेमको सकेंत गर्दछ ।

४. दुर्गाको हातको औलामा घुमिरहेको सुर्दशन चक्रले संसारको श्रृष्टी र अन्त उनैको औलाको इशारामाभएको संकेत गर्दछ ।
५. उन्को तरवारले पुर्वाग्रह विनाको ज्ञानलाई जनाँउदछ, विशुद्ध मानवीय ज्ञान जस्ले अन्धकार र असमानताको अन्धकारलाई चिर्दछ ।
६. त्रिशुलले यस व्रहमान्डमा भएको शक्तिको तिन प्रकृतीको ( सत्व, रजः र तमः) को ब्याख्या गर्दछ ।
७ः अभय मुद्रामा रहेकी दुर्गा भवानीले आफ्ना भक्तहरुलाई उनिहरुको कर्महरु सहित भक्तिमार्गमा समाहित हुन आब्हान गर्दछ ।

नवरात्रिमा ९ देवीहरुको पूजा गरिन्छ र मुख्यतया ४ वटा देवीहरुको विशेष आब्हान गरिन्छ जस्मा शक्ति र सुरक्षाकी देवी दुर्गा, धन धान्यकी देवी लक्ष्मी, जानकी देवी सरस्वती र रुपान्तरण स्वरुप कि देवी महाकालीको अर्चना गरिन्छ ।

देवी महात्मया, सम्पूर्ण देवदेवीकी पूज्य देवी, यस जगत चित्रकी माता जस्ले यस जगतका सम्पूर्ण जिवलाई पोषण, माया र रक्षा गर्दछिन् । यस जगतकि ममतामयी रानी, जस्ले आफ्नो स्नेहमयी छवीद्धारा जगतलाई चलाउनुभएको छ , वहाँहरुको कृपाले सबैको कल्याण होस् । शान्ति छावोस, मङ्गल होस ।

हाम्रो पात्रोकालागी विभिन्न पुस्तक, वेवसाइट अनि दुर्गाशहस्त्रनामको अध्यनका आधारमा सुयोग ढकालले तयार गर्नुभएको ।








Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.