धेरै अघि जानै पर्दैन्, गएको २ बर्षअघि नेपालमा बैशाख १२ गते महाभुकम्प आएको थियो । त्यस बर्षका भत्केका पर्खाल, मन्दिर अनि संरचनाहरु अझै उठ्न सकेका छैनन्, भुकम्प पीडीतहरुका चुल्हो अनि सिरानीहरु अझै चिसै छन् । तर फेरि नेपालीहरुले भुकम्प भुलेका हुन कि भन्ने आभाष बिभिन्न कुराहरुले दिएका छन् ।
धेरै अघि जानै पर्दैन्, गएको २ बर्षअघि नेपालमा बैशाख १२ गते महाभुकम्प आएको थियो । त्यस बर्षका भत्केका पर्खाल, मन्दिर अनि संरचनाहरु अझै उठ्न सकेका छैनन्, भुकम्प पीडीतहरुका चुल्हो अनि सिरानीहरु अझै चिसै छन् । तर फेरि नेपालीहरुले भुकम्प भुलेका हुन कि भन्ने आभाष बिभिन्न कुराहरुले दिएका छन् ।
फेरि आकाश छुने घरहरु अनि गुणस्तरमा संझौता गरिन थालेको छ । बिभिन्न भौतिक संरचना बनाउन अनि पूर्ननिर्माण गर्दा फेरि भुपम्प आउला भन्ने कुरा भुल्न थालिएको छ । न त बसन्तपुर उठेको छ न त पाटन नै ? न त चर्केका घरहरुमा चिराहरु नै जोडिएको छ ?
हरेक बर्ष माघ २ गते भुकम्प सुरक्षा दिवसका रुपमा नेपालले मनाउने गरेको छ । ९९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । औला भाँचेर गन्ने हो भने आजभन्दा ८३ वर्ष अगाडिको कुरा हो त्यो महाविनाशको । त्यो भूकम्पका कथाहरु लिपिवद्ध त छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरुको देहावसान समेत भइसकेको छ । ९० सालको भूकम्पका कथाहरु तपाई हामीमध्ये धेरैले हजुरबुवा(हजूरआमा, जिजूबुवा(जिजूआमाबाट सुनेका हुनसक्छौ । ९० सालमा यसो भयो, ९० सालमा उसो भयो र खासै भन्ने हो भने आज धेरैजसो नेपाली परिवारमा पछिल्लो पुस्तामा श्राद्ध या तर्पणको दिन पनि हुनसक्छ किनकि धेरै नेपाली परिवारले ९० सालमा आफ्ना प्रियजन गुमाएका छन्।
गएको बिसं २०७२ सालको महाभुकम्पमा पनि नेपालीहरुले भुकम्प आँउदा के गर्ने भन्ने कुरा जानेको भए शायद त्यति क्षति हुने थिएन होला । भुकम्प आँउदा घरभित्र कुनै कुराको आड मा बस्नुपर्छ भन्ने अर्ध जानकारीा कारण बाहिर भएका हरु पनि भुकम्प आएपछि घरभित्र छिरेका भन्ने तथ्य सम्म ७२ सालको भुकम्पमा पाइयो । भुकम्पमा बाहिरी कुराले हैन आफैले बनाएका संरचनाहरुले ज्यान लिने संभावना हुन्छ । आउनुहोस आज फेरि उक्काउ भुकम्प आँउदा ध्यान दिनपर्ने कुराहरुमा ।
भुकम्प आँउदा ध्यान दिनुपर्ने कुराहरु । सर्वप्रथम भुकम्प आँउदा दुइप्रकारका सावधानी तवरहरु छन् । स्म्रण रहोस् पृथ्वीको सिर्जना भएको समयवाटै भुकम्प आउने गरेको छ, पृथ्वीका सतहहरुमा बिभिन्न कारणले साना ठूला कम्पनहरु भइ नै रहन्छन र भुकम्प सामान्य कुरा हो ।
के तपाँईले आफ्नो घर या भवनहरु भुकम्प प्रतिरोधी छन् या छैनन जचाउनु भएको छ ?
यदि जचाउनु भएको छैन भने त्यस बिषयका बिशेषज्ञ सगं जानुहुन अनुरोध गर्दछौं । भुकम्पमा परिवार अनि सन्तान सबैलाई जोगाउने हो भने आफ्नो घरको भुकम्प प्रतिरोध क्षमता शुरुमै जाँच गराउनुहोस् । अनि बिशेषज्ञको सल्लाह अनुरुप संरचनालाई पूर्ननिर्माण या अन्य कार्यहरु गराउनुहोस् । घरका हरेक कोठाहरु अनि ठाँउहरुमा यदि भुकम्प गएमा कहाँ जाने अनि के बिकल्प अपनाउने भन्ने बिषयमा बिचार गर्नुहोस् । परिवारका सदस्यहरु संग सल्लाह अनि बिचार गर्नुहोस् । यस्ता बैकल्पिक ठाँउहरु रोज्नुहोस् जहाँ तपाँई माथि कुनै सामान या सतह नझरोस् ।
केही इमरजेन्सी खानेकुराहरु अनि पानीहरु चाँही सदैव तैयार पार्नुहोस् । प्याकेटका खानेकुराहरु अनि वोतलमा पानी राख्नुहोस् र समय समयमा त्यस खानेकुराहरु उपभोग गरेर नयाँ प्याकेट अनि पानीले प्रतिस्थापन गर्नुहोस् । घरमै चाहिने चिउरा, भूजिया लगायतका नबिग्रिने खानेकुराहरुको एउटा झोला यसरी राख्न सकिन्छ । यसरी राखिएको झोलामा केही जिवनरक्षक ओखती अनि टर्च लाइट लगायत केही थान मास्कहरु पनि राख्नुहोस् । अहिले सुन्दा जरुरी नलागे पनि एकफेर भुकम्प या कुनै अकास्मात परिस्थिती आएमा यिनै पोकाहरुले ज्यान जोगाउने गर्दछ है । अपरझट परेमा के गरेर ग्याँस , बत्ति अनि पानी बन्द गर्ने पहिले नै बिचार गरौं ।
यदि घरभित्रै भएको समयमा भुकम्प आएमा केही कुराको आडमा आफूलाई जोगाउनुहोस् । घरभित्रै हुनुहुन्छ भने पूर्ण रुपमा कम्पन नरोकिउन्जेल घरभित्रै रहनुहोस्, बाहिर जान हतार नगर्नुहोस् ।
घरमा रहँदा भुकम्प आएमा र्याक या अन्य घरभित्र झर्ने अनि घाइते हुने संरचना बाट परै बस्नुहोस् ।
टाउको जोगाउने कुरालाई प्रार्थमिक्ता दिनुहोस् । घरबाहिर हुनुहुन्छ भने खुल्ला जमिन अनि बिजुलीका तारहरु अनि रुखका हाँगाहरु लगायत अन्य घर अनि भौतिक पूर्वाधारको अशंवाट जोगिने ठाँउमा जानुहोस् । गाडिमा हुनुहुन्छ भने कम्पन नरोकिउन्जेल गाडिमै बस्न्ुहोस्, खुल्ला ठाँउमा जानुहोस् अनि गति कम गर्नुहोस् । फेरि दोहोर्याउछौं, भुकम्पले आँफैमा ज्यान लिदैन्, ज्यान लिने त हामीले बनाएका संरचनाहरु नै हुन् ।
सुरक्षित रहौं ।
प्रस्तुत आलेख नेशनल जोग्राफीको आधिकारीक् वेबसाइट बाट साभार र अनुवाद गरिएको हो ।
हाम्रो पात्रो
Liked by: