अनि जाडोको मध्यविन्दुमा हामी आईपुग्यौ, माघेसक्रन्ति संघारमा छ केही दिनमा सकिन्छ पनि । धेरैजना साथीहरु पूर्पूरोमा हात लाएर यसपालाको माघेसक्रन्ति शनिवार परेर एउटा विदा खेर गयो नत्र गज्जबले दुई दिनको विदाको लाभ उठाउन पाउने अवसर गुमेकोमा विस्मात मानेर वस्नुभएको पनि होला, कोही कोही विदेशमा वसेर स्वदेशको तिलको लड्डु अनि तरुलको याद गर्दै हुनुहुन्छ पनि होला ?
जे होस् आउनुहोस आज रुई, दुई अनि फुईवाला यो जाडोको कुरा गरौ । हरेक वर्ष नेपाली गाँउशहरहरुमा वुढापाकाहरुले यो उखानलाई जाडोयाममा भन्ने गर्दछन्, कि त रुई कि त फुई कि त दुई बिना जाडो कटाउन मुश्किल भनेर ।
नेपाल भौगोलिक रुपमा पनि धेरै पाखा पहराहरु भएको खोलाहरुको देश अनि त्यसमाथीको जाडो एकप्रकारले सकस पनि भएकोले हुनसक्छ, हाम्रा पुर्खाहरुले यो जाडो कटाउने महत्वपूर्ण उखान आविष्कार गरेका । उहिले अहिलेको जस्तो सरल सुईटर या ज्याकेट या हिटर पनि त कहाँ थियो होला र ?
ओदानमा वलेको आगोको वरपर बसेर हात सेकाएर मात्र दिन कटाउन पनि गाह्रो, गाईबस्तु, मेलापात अनि अन्य कुराहरुको जोहो पनि गर्नै पर्यो ।
नेपालमा सुईटरकै पनि चलन हेर्ने हो भने ४० को दशकवाट मात्रै आँफैले बुनेको ऊनिको सुईटर लगाउने चलन अनि विस्तारै सहज सुईटरहरु बजारमा पाउन थालेको अनुभवहरु सुनिन्छ । अहिलेजस्तो ज्याकेट या पञ्जाहरु उतिबेला सहज पाउन्नथियो, भेडाको ऊनिवाट आँफैले बनाएका बख्खुहरुको गाँउघरमा ब्यापक चलन थियो, यो बख्खु यति बाक्लो हुन्छ कि पानीपनि छिर्दैन ।
विजुली वत्ति सहज नभएको अनि हिटर को कम उपलब्धताले जाडो खपिनसक्नु हुने पक्का हुन्थ्यो आउनुहोस यहि परिपेक्ष्यमा रुई दुई र फुईको कुरा गरौ ।
रुई अर्थात रुवा अर्थात कपास । अहिलेजस्तो सहज बल्यागकेंटहरु हुँदैन थियो, अझै पनि धेरै ठाँउमा सिरकको चलछ छ र यस्ता सिरक भित्र कवास या रुई हालेको हुन्छ । यसअर्थमा जाडो कटाउने पहिलो उपाय हो रुई । सिरकको महत्व अनि जाडोमा सिरकको अपरिहार्य उपस्थितीलाई यस उखानले दर्शाउदछ ।
फुई अर्थात फुई फुई गरेर बालिने आगो, अहिलेजस्तो ग्याँस या स्टोभ सहज नहुँदा नेपाली भान्साहरुमा ढुगा्रेले फुकेर आगो फुर्ईईई गर्दै बालिन्थ्यो, जाडो कटाउने अर्को माध्यम अर्थात आगो फुर्ई । अगेना वरिपरि बसेर फुई गरेर बालिने आगो अनि त्यसको तापवाट ज्यानमा न्यानो पार्ने परिवारका सदस्यहरु, मन्द मन्द झिल्का उडेका रापीलो आगो अनि त्यसभित्र पोल्न राखिएका आलु, पिडालु, गाभा आदिलाई पनि यो फुई ले प्रतिनिधित्व गरेको हुनपर्दछ ।
दुई अर्थात दुईजना सुत्ने । एकजनाले आगो तापेरै, न्यानो सिरकमै बसेरै पनि सुतेमा शरीर उति न्यानो नहुन सक्छ, दुई जना अझ श्रिमान श्रिमती को स्नेहमय सुताईलाई जाडोको प्रतिरोधक क्रियाकलापमा रुपमा ब्याख्या गरिएको पाईन्छ ।
जाडो आफैमा एउटा रमाईलो अनि गहन विषय र रंगीन मौसम हो । हिमाल मुनीको देशमा हिमशयलवाट ओर्लेका बादलहरुको शित अनि प्रित मिठै हुन्छ । धेरै माप्पाको भएर चिसो पानीमा नुहाएर विरामी पर्नुभन्दा मनतातो अनि काँढा मारेको पानीले स्नान गर्नुहोला । केही महिनाको कुरा हो, गर्मी शुरु भईहाल्छ ।
न्यानो रहनुहोला
रुई, दुई र फुई मध्य के छान्ने, तपाईको हातमा छ । हाम्रो पात्रोमा नेपाली पनाका आयामका बारेमा पढ्न नबिराउनु होला है ।
सुयोग ढकाल
Liked by: