यस चतुर्दशीलाई धातु दिनको रुपमा पनि लिइन्छ । बर्षभरिका चर्तुदशीहरुमध्य यस चर्तुदशीको महत्व निकै फरक र व्यबहारीक छ । आउनुहोस् जानौं गठेमगंल अर्थात घन्टाकर्ण चर्तुदशीका वारेमा केही कुराहरु ।
यो पनि हेर्नुहोस् : के विदेशमा बस्ने नेपालीहरूको बचत र ज्ञानको उपयोग भएको छ?
आजका दिन बाटाबाटामा राक्षसहरु या प्रेतआत्माहरुका लागि भनेंर पात या बोहोता, दुनाटपरीमा पाकेका भात अनि खानेकुराहरु राखिन्छ , मुख्यतया दोवाटाहरुमा यस्ता खानेकुराहरु राखिन्छ । यस्ता खानेकुराहरु राख्नाले र पूजा अर्चना गर्नाले भुतप्रेत पिशाच लगायत हावा, पानी , आगो अनि विभिन्न तन्त्र मन्त्रको साध्यवाट समेत जोगिने बिश्वाश गरिन्छ ।
बिशेषतः काठमाडौंमा प्राचिनकालबाटै तन्त्र मन्त्रमा पारंगत साधु र साधकहरु रहेका कुरा ईन्द्रजात्रामा स्वर्गमा राजा ईन्द्रलाई समेत बन्दी बनाएको किंबदन्तीले प्रमाणीत गर्दछ । तन्त्रमन्त्र र भुतप्रेतवाट बच्नमा गठेमगंललाई बिशेष दिन का रुपमा लिइन्छ ।
गठेमगंलमा घन्टाकर्ण भन्ने भिमकाय राक्षसको मृत्युलाई पनि सझंना गरिन्छ , उक्त राक्षसको मृत्यू पछि धेरै जना त्रास र भयवाट मुक्त भएको संझना गरिन्छ । घन्टाकर्णलाई सनातन धर्ममा भनें भगवान शिवका उदण्ड भक्तका रुपमा लिइन्छ भनें बौद्ध धर्ममा भैरवको दुतका रुपमा पनि लिइन्छ ।
घन्टाकर्ण भन्नाले ठूलो ठूलो कान भएको डरलाग्दो भन्ने बुझिन्छ । घन्टाकर्ण लयागत अन्य थुप्रै राक्षस र प्रेतहरुका प्रतिमालाई ठाडो पारेर घुमाउने चलन छ र यसो गर्दा एकजना सम्पूर्ण रुपमा नीलो बस्त्र लगाएको पुरुषले घरघरमा दानदक्षिणा माग्ने चलन छ । अन्त्यमा यस्ता प्रतिमाहरुलाई खोलामा लगेर बगाइन्छ र यसरी सेलाँउदा उक्त नीलो बस्त्र धारी पुरुष प्रतिमाहरु माथि बस्ने चलन छ ।
यसअर्थम गठेमगंल नराम्रो शक्तिमाथि मानवता को जीतका रुपमा लिन सकिन्छ ।
यस दिनमा मान्छेहरुले गठेमगंलको औंठीका रुपमा धातुको औंठी लगाउने चलन छ, सम्पूर्ण रुपमा नराम्रा शक्तिहरु र दुर्भाग्यवाट समेत गठेमगंलको औंठीले सुरक्षा दिने जनविश्वास छ ।
भुतलाई भगाउन मुलढोकामा तीनवटा किल्ला ठोक्ने चलन गठेमगंलको एउटा संझन लायक अर्को चलन हो, पुराना ढोकाहरुमा त वर्षो देखिका गठेमगंलका किल्लाहरुले निकै दुलो पारिसकेका हुन्छन् ।
बच्चाहरुले भनें बाँस र पातपतिगंरले घन्टाकर्णको पुतला बनाएर बटुवाहरुसंग दान लिने चलन पनि छ ।
यदि कसैले यसरी दान दिन नमानेमा राक्षसको नाती भनेंर कराउने चलन पनि अचम्मको र रमाइलो छ ।
गठेमगंलवाट लाखे नाच पनि शुरुवात हुन्छ, लाखे नाच एक महिनासम्म चल्दछ ।
प्राचिनकालमा पानी यासरसफाईका कारणले सामान्य पेट दुख्ने या वान्ता हुने समस्याहरु हुँदा पनि ज्ञान या सुचनाको अभावमा मान्छेहरुले भुतप्रेत या पिशाचलाई दोष दिने कारणले पनि हुनसक्दछ हाम्रो सस्कारहरुमा भगवान र भुत दुबैले उत्तिकै आकर्षण पाएका ।
आधुनिक चिकित्सा पद्धतिको बिकाससंगै रोग व्याधीहरुलाई ओखतीमुलोले ठिक पार्ने क्रम त शुरु भयो तर हाम्रो संस्कारमा रहेका यि कुराहरु परम्पराका रुपमा हामीसंगै आएको छ र आइरहोस् ।
सकारात्मक र नकारात्मक शक्तिहरुबीचको तुलना गरिने र सकारात्मक शक्तिको उपासना गरिने गठेमंगल भुतप्रेतको नभई उत्साह र नैराश्यता बीचको एउटा घोतक दिन हो । गठेमगंल उत्साह, उमंग, उत्प्रेरणा र मुस्कानको घोतक दिन हो ।
सरसफाई गरिएका घर वाटाहरु अनि चौकचौराहमा नाटक या नाच देख्न सकिन्छ, मुस्काउन नभुल्नुहोला ।
गोपाल वंश अनि लिच्चवी वंश देखिको इतिहास बोकेको यो एतिहासीक गठेमगंलमा स्वागत छ । गठेमगंललाई नेपालभरि आआफ्नै तरिकाले मनाइन्छ । मन्दिरहरुमा दान दिने यस दिन दान दिएमा दशा लगायतका दुर्भाग्यहरु टर्ने विश्वास पनि छ ।
बिक्रम संवत २०७४ सालको गठेमगंलमा स्वागत छ , बर्षभरिको सुस्वास्थ र उत्तरोत्तर प्रगतीको कामना ।
सुयोग ढकाल
Liked by: