पहाडहरुको राजधानी दार्जिलिङ अहिले धेरै तातेको छ, ममता बेनर्जिको सरकारले बंगाली भाषालाई वेस्ट बगांलमा अनिवार्य रुपमा कार्यगत भाषा बनाएपछि दार्जिलिङ तातेको हो, नेपाली भाषाको मोहमा ।
नेपालीहरुलगायत विश्वले पनि यो आन्दोलन, दमन, पृष्ठभुमी र राज्य अनि केन्द्रिय सरकारको भुमिका देखिरहेका छौ । गएका दिनमा आन्दोलन मार्फत भाषा, साहित्य अनि प्रजातन्त्र सँस्थागत गरेको अनुभव नेपालीहरुसँग ताजै छ । उता दार्जिलिङमा भने राज्य सरकारले पछि नेपाली भाषालाई दोश्रो या तेश्रो स्थान दिने निर्णय गर्दासम्म दार्जिलिङ धेरै तातिसकेको थियो ।
यो पनि हेर्नुहोस् : चे ग्वभेरा (१९२८ देखि १९६७)
गोर्खा जनमुक्ति मोर्चाले अनिश्चितकालिन आन्दोलन र विरोधका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ । गोर्खाल्याण्ड लाई अलग्गै प्रान्तका रुपमा छुट्याउनुपर्ने उदेश्यका साथ गोर्खा जनमुक्ति मोर्चाका नेता कमल गुरुङ्गले अब गोर्खाल्याण्ड लाई अलग्गै प्रान्तका रुपमा छुट्याउनुपर्ने माग पुरा नहुन्जेलसम्म आन्दोलन नरोकिने बताएका छन् । उता राज्य सरकारले भने आफ्ना सरकारी कर्मचारीलाई आन्दोलनका बावजुद कार्यलयमा उपस्थित रहनै पर्ने बाध्यकारी निर्देशन जारी गरेको छ ।
बंगाली नेतृ ममता बेनर्जि र नेपाली भाषा बोल्ने नेपालीहरु विचको यो पहिचान र भाषाको लडाँईले कहाँसम्म आफ्नो रेखा तान्ने हो रु चासोको विषय छ ।
करिब ७० वर्ष पुरानो नेपाली भाषीहरुको पहिचानका लागि जारी यस आन्दोलन नयाँ भने हैन, कहिँ कतै नेपाली तराईको भुभागमा भएको आन्दोलनको झझल्को दिने गोर्खाल्याण्डको आन्दोलन भारतका लागि अहिले फलामको गाँस भएको छ । अहिले आएर बंगाली भाषालाई आधिकारीक भाषाको रुपमा लागु गराउने निर्णय लगभग काटेको घाऊमा नुन छरेजत्तिकै भएको आन्दोलनकारीहरुले बताएका छन् । उनिहरुका अनुसार बंगालीभन्दा उनिहरु फरक देखिनेमात्र नभई संस्कार अनि रहनसहनका हिसाबले पनि धेरै फरक छन् । नेपाली भाषी भएकै कारणले भारतीय नागरीक हुँदाहुँदै पनि धेरै विभेदको सामना गर्नुपरेको उनिहरुको तर्क छ ।
यसका कारण उनिहरुलाई आफु गैर नागरीक र आफ्नै ठाँउमा पराईजस्तो महसुस हुने तर्क छ, भारतीय सरकारले हामीलाई आफ्नै ठाँउमा पराई बनाउदैछ उनिहरुको गुनासो छ । हुन त तिनै ठाँउवाट गएका प्रशन्त तामाङ्गले भारतकै सबैभन्दा ठूलो रियालिटी टिभी शो ईन्डियन आईडाल जित्नु एउटा सकारात्मक र समावेशी सन्देश थियो, भारतीय भुमीमा नेपाली भाषी भारतीयको उपस्थितीका हिसाबमा ।
प्रशान्तलाई जिताउन उतिखेर धेरै फ्यान क्लबहरु खोलिएका थिए । प्रशान्तलाई केहि वर्षअघि दिल्ली एफएमका सञ्चालकले चौकीदारको संज्ञा दिएपछि उन्का फ्यानक्लबहरु क्रमशः गोर्खा जनमुक्ति मोर्चाका रुपमा आएको हो । वास्तवमै नेपाली भाषीहरुलाई भारतीय भुमिमा भएको र हुने विभेद नै गोर्खाल्याण्डको आन्दोलनको जरा हो । भारतीय सञ्चार माध्यम र केही प्रभुद्ध व्यक्तिहरुले समेत यही भनेका छन् । योगगुरु रामदेवले नेपाली भाषाको सँस्थागत गर्नकालागि गरिएको यो आन्दोलन धेरैहदसम्म जायज रहेको भारतीय संचारमाध्यममा बताएका छन् ।
न्यूयोर्क टाईम्सले आफ्नो एउटा आलेखमा स्पष्ट लेखेको छ कि ईस्ट ईन्डिया कम्पनी अगाडिको नेपाली भाषी भारतीयहरुको उपस्थिती र स्वतन्त्रता आन्दोलनमा महत्वपूर्ण उपस्थितीका वावजुद भारतमा उनिहरुलाई आप्रवासिका रुपमा लिइन्छ भनेर ।
दार्जिलिङका कपडा व्यवसायी अनुप क्षेत्रिले हफिगंटन पोष्टलाई बताएका कुरा यहाँ साभार गर्न चाह्यौ, हामी यहाँको वासिन्दा भएका नाताले यस ठाँउको वारेमा निर्णय गर्ने अधिकार हामीलाई छ । दिल्ली र मुम्बईले यस विषयमा निर्णय लाद्न मिल्दैन उन्ले भने ।
वेस्ट बंगालकि मुख्यमन्त्री ममता बेनर्जिलाई पनि समय समयमा पहाड र पहाडमा बसोवास गर्नेहरु वहाँको प्राथमिक्तामा नपरेको आरोप लाग्ने गरेको छ । सन् १९४७ को भागबण्डा पछि दार्जिलिङलाई वेस्ट बंगालमा गाबिए देखिनै धेरै स्थानीयहरुको चित्त नबुझेको प्रष्ट छ । सन् १७८० मै गोर्खालीहरुले सिक्किम लगायत उत्तर पूर्वी भुभागहरु नियन्त्रण गरेका थिए, तर सन् १८१६ को सुगौली सन्धी अनुरुप धेरै भुभागहरु गुमाउनु पर्यो । सिक्किममा गाबिएको तत्कालिन दार्जिलिङलाई सन् १८३५ मा विभिन्न राजनैतिक कारणले सिक्किमले आफ्नो नियन्त्रण मुक्त गरेको हो ।
गोर्खाल्याण्डको सन् १९८६ देखि १९८८ सम्मको आन्दोलन सबैभन्दा भीषण आन्दोलन मानिन्छ जसमा करिब १००० मान्छेहरुले ज्यान गुमाएका छन् । सन् २०१३ मा तेलागंनाले अलग्गै राज्य पाएपछि नेपाली भाषीहरु फेरि जुर्मुराउन थालेका हुन् । यसपाला पनि सदाझैं वेस्ट बगांल सरकार नेपाली भाषीको यो आन्दोल प्रति नरम भने छैन् ।
हामी नेपालीहरुलाई पनि गोर्खाल्याण्डको यस आन्दोलनमा चासो रहनु स्वभाविक हो किनभने उहि भाषा, संस्कृति अनि समान परम्परा नेपाल र दार्जिलिङमा रहेको छ । तथापि नागरीकका हिसाबले हामी फरक देशका नागरीक हौ र यो नेपालका लागि एउटा कुटनैतिक कुरा हो ।
स्मरण रहोस् नेपाली साहित्य, कला र परिवारमा दार्जिलिङसँग रोटीबेटीकै बास्तविक समबन्ध छ । आन्दोलन र स्वतन्त्रता अनि जनताका मुलभुत माग त विश्वभरि जहाँसुकै भएपनि पुरा हुनपर्दछ ।
सुयोग ढकाल
Liked by: