भर्खरै हिजो फिस्टेल एयरलाइन्सको एउटा हेलिकोप्टर 9N-AKA गोर्खाबाट काठमाडौ बिरामी लिएर आउने क्रममा नुवाकोटस्थित भेटेनीको चुच्चेभीरमा दुर्घटना भएकोछ । यदि दुर्घटना समय भन्दा ६ या ७ मिनेट बढी उक्त हेलिकोप्टर आकाशमा रहेको भए सबै यात्रुहरु सकुशल काठमाडौ अवतरण गर्ने थिए ।
आकाशमाथिबाट टाउको उठाएर हामीमध्य धेरैले बालापनदेखिनै हेलिकप्टर र प्लेन बादल भित्र र आकाशमाथि हेरेका छौं, सशस्त्र युद्धका बेला आर्मीका हेलिकप्टरहरु बिभिन्न ठाउँ र ब्यारेकमा अवतरण गरेका देखेका पनि छौं हाेला ! टिभी अनि रेडियोमा नाइट भिजन हेलिकप्टरका बारेमा सुनेका पनि छौं अनि चलचित्रमा धेरै हेलिकप्टर अनि प्लेन देखेका छौं । पाइलट बन्ने सपना भएर पनि बन्न नसकेका, प्लेन चढ्न बाँकी, हेलिकप्टर चढ्न बाँकी, या दुवै चढिसकेका या हामीमध्ये कोही त पाइलट अवस्य पनि छौं, आउनुहोस आज हामी अमेरिकाका उड्यन सुरक्षा बोर्डका आधिकारिक ब्यक्तिहरु जो आफै कुनैसमयमा पाइलट या फ्लाइट इन्जिनियर थिए, वहाँहरूको प्लेन र हेलिकप्टर दुर्घटनासंग सम्बन्धित भनाइहरु अनि शोधहरुका बारेमा पढौं ।
हामीमध्ये धेरैले हेलिकप्टर दुर्घटनाका बारेमा सुनेका छौ किनभने हेलिकप्टर तुलनात्मक रुपमा प्लेनले भन्दा धेरैनै जोखिमयूक्त काममा प्रयोग गरिन्छ । जस्तै दुर्गम क्षेत्रका विरामीलाई शहर ल्याउनु, लेक लागेका या अशक्त मान्छेलाई हिमालबाटै उद्धार गर्नु, युद्धग्रस्त क्षेत्रमा सैन्य सहयोग, निरीक्षणलाई अनि प्राकृतीक प्रकोपग्रस्त क्षेत्रमा सहयोगकालागी नै किन नहोस, हेलिकप्टर धेरै उपयोगी छ ।
प्लेन प्रयोग गर्न नमिल्ने, विमानस्थल नभएका र रन-वे नभएका स्थलमा हेलिकप्टर प्रयोग हुन्छ । प्लेनहरु निर्धारित रुट, नियन्त्रित रनवे र एयर ट्राफिक कन्ट्रोलरको सुबिधा र अन्य धेरै सुबिधायूक्त वातावरणमा मात्र सञ्चालन गरिन्छ तर हेलिकप्टरका हकमा भने यस्तो हुँदैन ।
हेलिकप्टरलाई आफूले चाहेजस्तो जहाँपनि ल्यान्ड गर्न र उडाउन सकिन्छ तसर्थ यसको प्रयोग प्लेनको तुलनामा जोखिमयूक्त छ । खराब मौसमले प्लेन भन्दाधेरै हेलिकप्टरलाई असर गर्दछ र युद्धग्रस्त क्षेत्रमा पनि प्लेन भन्दा हेलिकप्टर बिद्रोही या आतकंकारीले सहजै आक्रमण गर्न सक्दछन । प्रेसराइजेसन बिना हेलिकप्टर १२ हजार फिटसम्म अधिकतम उचाइमा उडान भर्न सक्दछ जस्ले गर्दा धेरै ठूला घर या पहाड अनि टावरहरु भिजिबिलिटी कम भएका बेला अकास्मिक रुपमा देखापर्न या हेलिकप्टरको मार्गमा आउन सक्दछन् । हवाइ इतिहासमा धेरैजसो दूर्घटनाहरु उडान भर्दा या अवतरण गर्दा हुनेगर्छ अनि हेलिकप्टरहरु प्लेनको तुलनामा धेरै उडान भर्ने र अवतरण गर्ने गर्दछन् ।
प्लेनको तुलनामा हेलिकप्टरको धेरै चलायमान पूर्जाहरु हुन्छन जस्का कारण धेरै पाटपूर्जाहरु उडानका समयमा बिग्रनसक्ने खतरा रहन्छ, हेलिकोप्टरमा मुख्य रोटर, पुच्छरको रोटर, गियरबक्स अनि त्यस्को लम्बाइमा ड्राइभ शाफ्ट रनिङ्ग हुन्छ । यी कुराहरु मध्य कुनै एउटा कुराले काम गरेन भने हेलिकप्टर नियन्त्रित हुनै सक्दैन । प्लेनको तुलनामा हेलिकप्टर चलाउन अझै अफ्ठेरो र खतरायूक्त रहन्छ, नयाँ पाइलटकालागि त झन खतरा हुन्छ । नियन्त्रण गर्नकालागि जोयस्टिक र साइकलिक कन्ट्रोलरको प्रयोगले हेलिकप्टरलाई अगाडि पछाडि गरिन्छ । कलेक्टीभ कन्ट्रोलको प्रयोगले हेलिकप्टरलाई तलमाथी गरिन्छ र समानान्तर रुपमा हेलिकप्टरको थुतुनोको दिशा चलाउन अनि इञ्जिनको पावर अर्थात थ्रोटलको कन्ट्रोलकालागि एन्टी टर्कीउ पेडलको प्रयोग गरिन्छ । शुरुवाती पाइलटकालागि हेलिकप्टर प्लेनभन्दा दुइगुना धेरै खतरनाक हुन्छ । रिसर्च अनुसार प्रति एक लाख घण्टामा प्लेनहरु ६ दशमलव ०८ प्रतिशतका दरले दूर्घटना हुन्छन भने हेलिकप्टर १२ दशमलव ६९ प्रतिशतका दरले, यो दर निक्कैनै धेरै हो ।
सिगंल इञ्जिनका पिस्टन प्लेनहरु जेट प्लेन भन्दा दश गुणा धेरै दूर्घटना हुने गर्दछ ।
हेलिकप्टर दुर्घटनाको दर धेरै भएपनि सबै दुर्घटनाले मानव जीवन लिने भने गर्दैन, अधिकांश दुर्घटनामा मानव सकुशल रहेका हुन्छन या जसोतसो बाँच्दछन । प्रति एकलाख उडान घन्टामा १.३ प्रतिशत मृत्यूदर रहेने हेलिकप्टरको डाटा छ भने प्लेनमा भने कम्तिमा १.४ प्रतिशत हुन्छ र प्लेनको हकमा यो दर धेरै हदसम्म बढ्ने गर्दछ ।
तर उचित स्याहार संभार गरिएको इञ्जिन र मापदण्ड अनुसार गरिएको फ्लाइट प्रोटोकोल तथा अनुभवी एवं दक्ष पाइलट भएमा यस्ता दुर्घटनाहरुलाई जोगाउन सकिन्छ ।
प्रस्तुत सामाग्रीका श्राेतहरू तल उल्लेखित व्यक्ति र माध्यमहरूको अध्ययन/शोधका अाधारमा सुयोग ढकालले तयार पार्नुभएको हो ।
'क्राउस कानुन अफिस'का जिम क्राउस
'फ्लाइट सेफ्टी फाउण्डेशन'का जे ए डोनोगी
'बिस्ट्रो ग्रुप'का मार्क फोन्टेनोट
'हेलीकोप्टर अन्तराष्ट्रिय एशोसिएसन'का जे हेफरम्यान
र 'ट्राभल सेफ्टी बोर्ड अमेरिकम'का टेड लोपाटकिज
Liked by: