प्रकृतिको भव्य रंगमञ्चमा हिमाल र पहाडहरू हाम्रो र पृथ्वीको संरक्षकको रूपमा खडा हुन्छन् । पृथ्वीको पारिस्थितिक प्रणालीको सन्तुलनमा यिनीहरूको उच्च भूमिका हुन्छ, विशेष गरी नेपालमा तिनीहरूले हाम्रो सांस्कृतिक र वातावरणीय पहिचान बुनेको छ ।
हिमाल हाम्रो पृथ्वीको फोक्सो हो, यसले मौसममा प्रभाव पार्छ, ओसिलो हावा चलाउँछ र वर्षा प्रणालीमा सहयता गर्छ, जसले तल्लो भूभागलाई पानीको निरन्तर श्रोत दिन्छ । यहि हिमाल र पहाडहरूको रमणीय आकर्षणबाट पवित्र नदीहरू आउछन् र यसले कृषि, वन्यजन्तु र मानव समुदायहरूलाई सहज बनाउछ ।
जैविक विविधता:
यिनीहरूको मनमोहक दृश्यहरू दिनुका साथै जैविक विविधताको उत्थानमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । चाहे हिमचितुवा होस् वा लालिगुराँसको वन वा यार्सा होस्, यी उच्च क्षेत्रहरूमा फस्टाउँछन् । विभिन्न वनस्पति र जीवजन्तु भएका नेपालको पहाडहरू प्राकृतिक आश्चर्य मात्र होइनन् कि तिनीहरू पारिस्थितिक सन्तुलनको मुख्य पाटो हुन् ।
पानीको संरक्षक:
हिमाली हिमनदीहरूबाट निस्कने नदीहरूले तल्लो तटिय क्षेत्रमा पानीको श्रोत प्रदान गर्दछ । नेपालमा, हिमालयका हिमनदीहरूले गंगा र ब्रह्मपुत्र जस्ता शक्तिशाली नदीहरूमा मिसिन्छ र यी नदीले जलाशय क्षेत्रहरूमा कृषि र जैविक विविधतालाई मात्र होइन, मानिसहरूको आध्यात्मिक र सांस्कृतिक पक्षहरूमा पनि गहिरो रूपमा निहित छन् । तसर्थ, हिमाल र पहाडहरूले पानीको भण्डार र सांस्कृतिक प्रतीक दुवैको रूपमा दोहोरो भूमिका खेल्छ ।
सांस्कृतिक र आध्यात्मिक प्रतीक:
नेपालको सन्दर्भमा, पहाडहरूमा पवित्र स्थलहरू र धार्मिक परम्पराहरू निहित हुन्छ । विश्वको सबैभन्दा अग्लो, सगरमाथा सहित हिमालयका अग्लो चुचुराहरूले धेरैका लागि आध्यात्मिक महत्त्व राख्छन्, तीर्थयात्रीहरू सबैलाई समान रूपमा आकर्षित गर्छन् । हिमालहरू जीवित देवताहरू हुन् र श्रद्धाको भावनालाई प्रेरित गर्दछ ।
जलवायु परिवर्तन र वन फँडानीले यी हिमाल पहाडहरूलाई खतरामा पारेको छ । नेपालमा, जहाँ पहाडहरू गौरवको स्रोत र महत्त्वपूर्ण जीवन दाता हुन् र यसको संरक्षण सुनिश्चित गर्न दिगो अभ्यासहरूको बढ्दो आवश्यकता छ । दिगो पर्यटन, संरक्षण र जलवायु-सचेत नीति सहित वातावरण, संस्कृति र अध्यात्ममा उनीहरूको मूल्य पहिचान गर्दै यसको संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व हो ।
Liked by: