वर्ण र जात विभेदको यथार्थ | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

वर्ण र जात विभेदको यथार्थ




कर्मका आधारमा व्याख्या गरिएको यस श्लोकले कर्मकै आधारमा ब्राह्मण, क्षेत्रिय, बैश्य अनि शुद्रको कार्य व्याख्या गरेको छ । सबैलाई समान मान्दै यस श्लोकले ब्राह्मण बिराट पुरुष, क्षत्रिय आफ्ना बाहु, बैश्यहरु आफ्ना तिघ्राका बल अनि शुद्ध्रहरु आफ्ना पैतालाका माध्यमवाट समान अनि सम्माननिय रहने जनाँउदछ ।



श्रीमद भागवत गीता को ५ को १८ 

विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि |
शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः ||

अर्थात साधु त्यही हो जसले ब्राह्मणसंग केही ज्ञानको अपेक्षा राख्दछ, र समान दृष्टिले गाई, हात्ति, कुकुर या अन्य सबै मान्छेलाई हेर्न सक्दछ । यहाँ ब्राह्मणले कुनै जात या वर्ण नभईकन विधाका प्रवाहक भनि संकेत दिएको छ भने हात्तिले वलवान, कुकुरले निर्बल, गाईले निर्धा अनि अन्य मान्छेले समस्त बिश्वको प्रतिनिधित्व गरेको छ । सबैलाई समान रुपले लिन सक्ने व्यक्तिलाई साधु भनि उल्लेख गरेको सनातन सस्कारले जात या वर्णका रुपमा बिभेद कहिँकतै गरेको छैन् ।

आज हिन्दुत्व अनि सनातन सस्कारको सबैभन्दा दुर्बल पक्ष नै वर्ण र जातको बिभेद भएको छ । वर्ण र जातको बिभेदलाई पुरातनवादि भनेर बिभिन्न आरोप लगाइएपनि वास्तवमा यो पुरानो जमानाको नभइकन पछि आएर अपव्याख्या भएको तथ्यका रुपमा छ । सामाजिक व्यबहार अनि धार्मिक चिन्तन धेरै हदसम्म फरक कुरा हो, जातिय बिभेद अनि वर्ण बिभेदलाई धार्मिक चिन्तन भन्दा पनि सामाजिक व्यबहारका रुपमा पनि लिइन जरुरी छ । हिन्दुत्वले कर्म र धर्मको प्रष्ट फरक छुट्याएर राखेको छ, कर्मका आधारमा धर्मलाई जोडेको हिन्दु सस्कारमा ब्राह्मण, क्षत्रिय, बैश्य अनि शुद्र सबै जातहरु ऊँच या नीच नभइकन कर्मका आधारमा फरक राखिएको तथ्य छ । 

रिग्वेदको यस पुरुषुक्त्त श्लोकले धेरै कुराहरु लाई उजागर गरिदिएको छ ।

ब्राह्मणः अस्य मुखम् आसीत् बाहू राजन्यः कृतः
ऊरू तत्-अस्य यत्-वैश्यः पद्भ्याम् शूद्रः अजायतः

कर्मका आधारमा व्याख्या गरिएको यस श्लोकले कर्मकै आधारमा ब्राह्मण, क्षेत्रिय, बैश्य अनि शुद्रको कार्य व्याख्या गरेको छ । सबैलाई समान मान्दै यस श्लोकले ब्राह्मण बिराट पुरुष, क्षत्रिय आफ्ना बाहु, बैश्यहरु आफ्ना तिघ्राका बल अनि शुद्ध्रहरु आफ्ना पैतालाका माध्यमवाट समान अनि सम्माननिय रहने जनाँउदछ । 


वर्ण प्रथा भनेको के हो ?

वर्ण भनेको स्वभाव हो । समाजमा उपलब्ध श्रम अनि तिनको व्यबहारका आधारमा वर्ण प्रथा बनाइएको हो जसमा ठूला या साना भन्दा पनि मानविय व्यबहारका आधारमा बिभाजन गरिएको छ ।
हरेक व्यक्ति बिशेषको आआफ्नै चरित्र अनि क्षमताका आधारमा प्राचिन कालमा वर्ण प्रथा बनाइएको थियो । यस प्रथा अनुरुप ब्राह्मणको सन्तान पनि व्यापार या यूद्धमा लागेमा क्षत्रिय कहलाउने अनि शुद्र पनि अध्ययन र भक्तिमार्गमा लागे ब्राह्मण कहलाउने प्रथा थियो । स्वामी माधवाचार्यले गीता भाष्य को १८ औं खण्डमा यस प्रकार भनेका छन् 

ततः ऊनम् शमाद्ययिः यः शुश्रूषुः शूद्र उच्यते I
अधिकाष्चेद गुणाः शूद्रे ब्राह्मणादि: स उच्यते

अर्थात यदि ब्राह्मणले नै क्षमा लगायतका अन्य क्षमताहरु हराएमा शुद्र हुने भनि बताइएको छ । मान्छेलाई परिवार या खलक भन्दा पनि उसको व्यक्तिगत चरित्र अनि ज्ञानका आधारमा बिभाजित गरिएको पाइन्छ । यस श्लोकमा शुद्ध्रले पनि क्षमा लगायतका अन्य ब्राह्मणीय गुण आर्जन गरेमा ब्राह्मण कहलाउने बताइएको छ । 

भागवत गीतामा स्वयम भगवान श्रीकृष्णले भन्छन् 

चातुर्वर्ण्यां मया सृष्टुं I
गुण कर्म विभागशः

अर्थात मैले समाजलाई मान्छेको क्षमता र कार्यका आधारमा वर्गिकृत गरेको छु । जिवन अनि कुल कस्तो भन्दा पनि कर्म अनि गुणले वर्ण निर्धारण गरिनेछ । अमर कोषमा पनि जाति भन्ने शव्दलाई गज्जबले चिरफार गरिँदै मानव जाति, पुरुष जाति या रुपत्व जातिका रुपमा व्याख्या गरिएको छ । माथिका सम्पूर्ण श्लोक अनि तथ्यहरुले जात अनि वर्ण जन्मका आधारमा तय नहुने कुरा उजागर गरेका छन् । सनातन सस्कारको समान अनि बृहद नक्षत्रभित्र हरेक जात, धर्म अनि वर्णहरु समान छन् । जातिय विभेदको अन्त्य गरौं, सनातन सस्कार जोगाऔं । 

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.