उत्तर कोरियाका मुद्धाहरु | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

उत्तर कोरियाका मुद्धाहरु




तर सन् २०१७ को अप्रीलमा अमेरिकी र चीनींया राष्ट्रपतीको भेटवार्तामा चीनींया राष्ट्रपतीले अमेरिकी राष्ट्रपतीलाई व्यापार सन्धी तोड्न असहज रहेको बताएका थिए । दुबै राष्ट्रपतीको वार्ताको केवल १० मिनेटमै अमेरिकी राष्ट्रपतीले स्वीकार गर्दै चीनले उत्तर कोरियासंग व्यापार तोड्न बास्तमै असहज रहेको बताएका हुन् । चीनलाई उत्तर कोरियालाई बफर जोनका रुपमा लिने गरेको छ ।



उत्तर कोरिया र अमेरिका बीचको तनाव दिनानुदिन बढ्दो छ । न्यूक्लीयर मिसाइल देशहरु बीचको यो तनाव अनि बैमनस्यताले बिश्वलाई कहाँ पूर्याउने हो ? सर्वत्र चर्चा छ । आउनुहोस् कुरा गरौं उत्तर कोरियासंग समबन्धीत मुद्धाहरुका बारेमा ।
उत्तर कोरियासंग बेलिस्टीक मिसाइल रहेको बताइन्छ । अझ अमेरिकी सैनिक अनि जासुसी निकायका प्रतिवेदन अनुसार त एटम बमलाई मिसाईलमा फीट गर्ने मिनीएचुराईज प्रविधीमा पनि उत्तर कोरियाले बिकास गरिसकेको बताइन्छ । जनवरि २ मा यसै मिसाइलको घम्साघम्सीका बीच अमेरिकी राष्ट्रपती ट्रम्पले ट्वीट गरे कि उन्को डेस्कमा रहेको न्यूक्लीयर हतियारको बटन उत्तर कोरियाली स्वीच भन्दा ठूलो र शक्तिशाली छ भनेंर । नयाँ बर्षको दिनको सार्वजनिक भाषणमा उत्तर कोरियाली राष्ट्रपतीले आफ्नो डेस्कमा न्यूक्लीयर हतियारको बटन रहेको र यो धम्की नभएर यर्थाथ भएको बताएका थिए । यसै कुराको प्रतिउत्तरमा ट्रम्पको ट्वीट थियो । यसै परिपेक्ष्यमा आज हाम्रो पात्रो मा हामी उत्तर कोरियासंग समबन्धीत केही आधारभूत जिज्ञासा अनि प्रश्नहरुको उत्तर दिन र उल्लेख गर्न जाँदैछौं ।

नर्थ कोरिया के हो ?

बास्तवमा यस देशको पुरा नाम डेमोक्राटीक पीपुल्स रिपब्लीक अफ कोरिया हो । चीन, साउथ कोरिया र उत्तरपूर्वी एसियाको बीचमा यस देश रहेको छ । कूल २ रोड ५० लाख आवादी रहेको देशमा ३० लाख भने राजधानी शहर प्योगंयागं मै बस्दछन् ।
सन् १९४८ बाटै यस देशलाई कीम परिवारले जहानियाँ शाषन गर्दै आएको छ । सन् १९४८ देखि १९९४ सम्म कीम जोगं ईलका हजुरबुवा कीम सुगंले शाषन गरेका हुन् । उनलाई जिवन र मृत्यूपर्यन्त दुबै समयमा भगवान सरह निष्ठा गरिन्छ । उन्का सालिक अनि भनाईहरु अहिले पनि देशका सबै चोक चौराहमा देख्न सकिन्छ । बिश्व इतिहासमै सबैभन्दा रक्तिम र त्रासदीपूर्ण यूद्ध, कोरियन यूद्धका क्रममा उत्तर कोरियामा यिनै कीम सुंग शाषक थिए । यस यूद्धमा दुबै कोरियाका ५० लाख बढि सैनिक मारिएका थिए । सन् १९५३ को यूद्ध पछि दक्षिण कोरिया अमेरिकी पथमा व्यापार अनि व्यवसायको केन्द्रमा अघि बढ्यो भने उत्तर कोरिया चीन अनि सोभियत संघको सर्मथनमा अघि बढेपनि तानाशाह शाषन, व्यबस्थापनको अभाव, भ्रष्टाचार अनि प्राकृतीक पकोपहरुका कारण झनै खस्कदै गएको बताइन्छ । बिभिन्न श्रोतका अनुसार उत्तर कोरियामा अहिलेपनि खाधान्न अभाव रहेको बताइन्छ । सोभियत संघको धरातल सन् १९९० मा ढलेपछि त्यसको मुख्य प्रशंसक देश उत्तर कोरिया पनि बिभिन्न जोखिम र अफ्ठेरोमा परेको थियो । यसैक्रममा देश भित्रै भएको यूद्धका कारणले ६ लाख देखि १० लाख उत्तर कोरियालीहरु त्यस बर्ष मारिएका थिए । सीआईए को प्रतीवेदन अनुसार बिश्वका गरिब २३० देशहरु मध्य २१५ औं स्थानमा उत्तर कोरियालाई राखिएको छ । उत्तर कोरियाको व्यापार को मुख्य केन्द्र चीन हो, यसले चीनलाई कोईला बेच्दछ ।

उत्तर कोरिया र अमेरिकाको समबन्ध
कोरियन यूद्धमा अमेरिकाले साउथ कोरियालाई काखी च्यापेपछि नै उत्तर कोरिया र अमेरिका बीच समबन्ध बिग्रिएको हो । आज पनि साउथ कोरियामा २३ हजार ५ सय अेमेरिकी सैनिकहरु बस्ने बेस रहेको छ । सन् २०१६ को प्रतीवेदन अनुसार अमेरिकाको छैठौं ठूलो व्यवसाहीक साझेदारी देश साउथ कोरिया हो । सन् २०१२ को मार्च १५ मा हस्ताक्षर गरिएको कोरिया अमेरिकी व्यापार सम्झौताका अनुसार निशुल्क व्यापारको प्रावधान रहेकोमा अहिले राष्ट्रपती ट्रम्प भने यस संझौताको बिरोधमा देखिएका छन् । उत्तर कोरियामा भने अमेरिकी ज्याजतीका बिरुद्धमा जनमानसलाई सजग गराउने हेतुले अमेरिकी ज्याजती झल्कीने गरि संग्राहलय नै बनाइएको छ । शायद ईराकमा सद्धाम हुसैनको जहानिँया शाषन, लिवीयाका गद्धाफी लगायतका दुख्खद अन्त देखेका कारण उत्तर कोरियाका शाषकले आफ्नो देशको सार्वभौमिकताको आडमा आफ्नो शाषन जोगाउन न्यूक्लीयर हतियारको धम्की अनि पश्चिमा बिरुद्ध आफ्ना देशवासीलाई भड्काउने गरेको पनि अनुमान छ । भनिन्छ कि हरेक ६ हप्तामा एउटा न्यूक्लीयर बम बनाउने क्षमता उत्तर कोरियाको छ तर के उत्तर कोरियाले हावामा अन्य एन्टी मिसाईल प्रणालीबाट जोगाँउदै आफ्ना बेलिस्टीक ईन्टरकन्टीनेन्टल हतियारलाई चाहेको ठाँउमा आक्रमण गर्न सक्छ त ? यो कुराको पुष्टी भने हुन सकेको छैन ।

चीन र उत्तर कोरिया
अमेरिकी राष्ट्रपतीले चीनलाई पटक पटक आफ्नो तेल अनि अन्य व्यापार उत्तर कोरियासंग बन्द गरिदियोस भन्ने आशय व्यक्त गरेका छन् । यो कुरा सत्य हो कि चीनको आर्थिक रुपमा उत्तर कोरियासंग व्यापार अनि पारवहन सन्धीहरु छन् । तर सन् २०१७ को अप्रीलमा अमेरिकी र चीनींया राष्ट्रपतीको भेटवार्तामा चीनींया राष्ट्रपतीले अमेरिकी राष्ट्रपतीलाई व्यापार सन्धी तोड्न असहज रहेको बताएका थिए । दुबै राष्ट्रपतीको वार्ताको केवल १० मिनेटमै अमेरिकी राष्ट्रपतीले स्वीकार गर्दै चीनले उत्तर कोरियासंग व्यापार तोड्न बास्तमै असहज रहेको बताएका हुन् । चीनलाई उत्तर कोरियालाई बफर जोनका रुपमा लिने गरेको छ । यदि उत्तर र दक्षीण कोरिया एकै भएको भए दक्षीणमा भएका अमेरिकी सैनिक चीनसंग सिमा जोडिएको देशमा हुनेथिए, जून कुरा चीनका लागि स्वीकार छैन् । चीनले अमेरिकी बेसलाई जतिसक्दो आफ्नो भूमिबाट पर नै देख्न चाहन्छ । यसका अलावा यदि उत्तर कोरियामा कीम परिवारको शाषन ढलेमा उत्तरमा भएको अस्थिरताले चीनीया सिमामा शरणार्थिको भार पर्ने कारणले पनि चीन सकेसम्म उत्तरको स्थाहीत्व चाहन्छ ।

मुख्य मुद्धा
न त अमेरिकाले आफूमथि आक्रमण गर्न सक्ने क्षमता भएको अर्को देश यो बिश्वमा देख्न चाहन्छ न त उत्तर कोरिया आफ्नो न्यूक्लीयर हतियार त्याग्न तयार छ ? बिश्वका दुई शत्तिराष्ट्रहरुको शक्ति महिमाले अन्य देशहरुलाई साँढे गोरुको जुधाई बाख्राको मिचाई नबनाओस् ? बुद्धको देशवाट कामना छ ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.