२०२३ को अन्त्य तिर कन्फेरेन्स अफ पार्टिज् २८ सम्पन्न भयो, जसमा संसारका प्रमुख नेताहरू भेला भइ पृथ्वीको वातावरण संरक्षण र जलवायु परीवर्तनमा के कसरी काम गर्ने भन्ने विषयमा छलफल तथा प्रतिबद्धता हुने गर्दछ । संसारले जलवायु परिवर्तनको गम्भीर समस्या सामना गरिरहेको छ र त्यसका बारेमा महत्त्वपूर्ण निर्णयहरू गर्नका लागि 'सीओपी २८' एक महत्त्वपूर्ण सम्मेलन हो ।
ग्पेरिस सम्झौतामा ग्लोबल बायर्मिङलाई १.५°C मा सिमित गर्नका लागि राखिएको लक्ष्यमा दुनियाभरका प्रगतिको समीक्षा गरिएको थियो । यस वर्षको सीओपी २८मा अन्तर्राष्ट्रिय समाजको बचाव गर्ने लक्ष्यको बारेमा दस्ताबेज निर्माण गरिएको थियो ।
सिओपी २८ मा मुख्य रुपमा ४ वटा स्तम्बमा छलफल भएको थियो र सोहि अनुसार यसमा संलग्न राष्ट्रहरूले कार्ययोजना निर्माण गर्नेछन् ।
१. न्यायपूर्ण, व्यवस्थित र समान ऊर्जा स्थानान्तरणको ट्र्याकिङ गर्ने
२. जलवायु सम्बन्धित वित्तको निर्धारण गर्ने
३. मानिसहरूको जीवन र जीविकोपार्जनमा ध्यान केन्द्रित गर्ने
४. सबै कार्यहरूमा पूर्ण समावेशीतालाई आधार बनाउने
यी स्तम्बमा आधारित भइ सिओपी २८ ले देशहरूलाई आफ्नो लागि अर्थपूर्ण तरिकाले आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरिरहेको छ:
- नवीकरणीय ऊर्जा वृद्धि गर्ने: देशहरूले आफूले प्रयोग गर्ने नवीकरणीय ऊर्जाको मात्रा तीन गुणा बढाउने र सन् २०३० सम्ममा आफ्नो ऊर्जाको प्रयोगलाई हालको दरको दोब्बरले थप प्रभावकारी बनाउन काम गर्ने ।
- कोइलाको प्रयोग घटाउने: कोइलाको प्रयोग घटाउन प्रयास गर्ने जसले यसको उत्सर्जनलाई नियन्त्रण गर्ने ।
- स्वच्छ ऊर्जामा प्रयोग वृद्धि गर्ने: विश्वव्यापी रूपमा यस शताब्दीको मध्यसम्ममा सफा इन्धन प्रयोग गरेर न्युन उत्सर्जन उत्पादन गर्ने ऊर्जा प्रणालीहरू प्रयोग गर्नको लागि परिवर्तनलाई गति दिने ।
- नविकरणीय ऊर्जा स्रोतहरू, आणविक ऊर्जा, र कार्बन कब्जा गर्ने र भण्डारण गर्ने प्रविधिहरू जस्ता थोरै वा कुनै उत्सर्जनहरू उत्पादन गर्ने प्रविधिहरूको प्रयोगलाई गति दिने । यो विशेष गरी उद्योगहरूमा महत्त्वपूर्ण छ जुन परिवर्तन गर्न गाह्रो छ ।
- फोसिल ईन्धन प्रयोग कम गर्ने: ऊर्जाको लागि फोसिल ईन्धनहरू निष्पक्ष र संगठित रूपमा प्रयोग कम गर्न आवश्यक छ र यसलाई २०५० सम्म शून्य उत्सर्जन हासिल गर्ने ।
- अन्य हानिकारक उत्सर्जन घटाउने: सन् २०३० सम्ममा कार्बन डाइअक्साइड, विशेष गरी मिथेन नभएको उत्सर्जनमा उल्लेखनीय कटौती गर्न ठूलो प्रयास गर्ने ।
- सफा यातायातको प्रयोग: राम्रो पूर्वाधारको विकास गरेर र थोरै वा बिना उत्सर्जन उत्पादन गर्ने सवारी साधनहरू प्रयोग गरेर उत्सर्जन घटाउने काम गर्ने ।
खानेकुराबाट कसरी जलवायु परिवर्तनको प्रभाव कम गर्न सकिन्छ ?
हामीले खाने खानाहरूले पृथ्वीलाई कसरी प्रभाव पार्छ र ? यस्तो प्रश्न हामी धेरैजनाको मनमा आउन सक्छ । तर हाम्रो खानेकुराहरूले पनि जलवायु परिवर्तनमा प्रभाव गरिरहेको हुन्छ । अहिले यो व्यवस्त संसारमा चाहिने खाद्य सामाग्रीको उत्पादन र प्रशोधन गर्नका लागि प्रयोग गर्ने विधि र प्रविधिहरूले विश्वव्यापी रुपमा हरितगृह ग्यासको उत्सर्जनमा महत्त्वपूर्ण भूमिका खेलिरेहको हुन्छ । यस प्रक्रियाले वन फँडानी, इकोसिस्टमको ह्रास आउने जस्ता समस्याहरू निम्त्याउँछ, जमिन र पानीमा जैविक विविधतालाई पनि असर गर्छ । साधै बढ्दो जनसंख्यालाई खानेकुराको आपूर्ती गर्नका लागि धेरै ऊर्जा खपत भइरहेको हुन्छ । खाद्य प्रणालीबाट हुने उत्सर्जन उड्डयन क्षेत्रभन्दा पनि धेरै हुन्छ ।
सन् २०२० मा प्रति व्यक्ति कार्बन फुटप्रिन्ट औषतमा ६.३ टन प्रति वर्ष रहेकोमा विज्ञहरूले सन् २०३० मा यसलाई घटाएर औषतमा २.१ टन प्रति वर्ष बनाउने सुझाव दिएका छन् । यस कार्यलाई सफल बनाउनको लागि हाम्रो खानपिन र आहारमा परिवर्तन गर्न महत्त्वपूर्ण हुन्छ । जलवायु परिवर्तनको समस्याको बारेमा सचेत भएर हामीले खानेकुरामा सानो परिवर्तन गर्नाले हरितगृह ग्यास उत्सर्जन कम गर्न, हाम्रो व्यक्तिगत कार्बन फुटप्रिन्ट कम गर्न, हावाको गुणस्तर सुधार गर्न, राम्रो स्वास्थ्य प्रवर्द्धन गर्न र पैसा बचन गर्न मद्दत गर्न सक्छ ।
धेरै मानिसहरू मासु र दुधजन्य आहार मन पराउछन् । खाद्यकुराहरूको उत्पादनको लागि ठाँउ बनाउन र पशुपालनको खानेकुरा खाना उत्पादन गर्न जंगल फडानी गर्न आवश्यक पर्छ । यसले जैविक विविधितालाई हानी पुर्याउँछ, पानि र ऊर्जामा दबाब दिन्छ र अन्य समस्याहरू निम्त्याउँछ । जनावरहरूबाट मिथेन ग्यास उत्पादन गर्छन्, जुन वातावरणको लागि हानिकारक हुन्छ । पानीमा हुने प्रदुषणले माछा तथा जलचर जीवहरूले हानि पुर्याइरहेको छ । अत: जनावरमा आधारित खानेकुरामा निर्भर हुँदा हाम्रो ग्रहको लागि राम्रो होइन ।
प्रकृतिमा उम्रने खानाहरू, जस्तै तरकारी, फलफूल खानाले कार्बन उत्सर्जन कम गर्नले वातावरण संरक्षणमा धेरै मद्दत गर्छ । पूर्णतया बिरुवामा आधारित आहारमा स्विच गर्न गाह्रो हुन सक्छ तर हामीले बिस्तारै बानी परिवर्तन गर्न सक्छैा, जस्तै हप्ताको एक दिन शुरु गर्न सक्नुहुन्छ । तपाईंको सानो प्रयासले पृथ्वीलाई ठूलो सहयता हुनेछ । आफूले यो कार्य गरिरहनु भएको छ भने आफ्नो परिवार, साथीहरू, वा प्रियजनहरूसँग यो जानकारी दिनुहोस् र सचेत बनाउनुहोस् ।
यातायातबाट कसरी जलवायु परिवर्तनको प्रभाव कम गर्न सकिन्छ ?
मानव इतिहासमा यात्राको महत्त्वपूर्ण भूमिका रहि आएको छ । यात्रालाई सहज बनाउदै जाँदा विकासको गति पनि तिव्र हुँदै गएको हो । प्रविधिको विकास सँगै अहिलेको संसारमा हामीलाई यात्रा गर्न धेरै नै सजिलो भएको छ । चाहे काममा जानको लागि होस् वा रमाइलो घुमघामको लागि, हामीले प्रयोग गर्ने यातायातका साधानबाट वातावरणमा ठूलो प्रभाव पार्न सक्छ । कार्बन उत्सर्जनको प्रमुख श्रोत यातायात क्षेत्र हो, विशेष गरि फोसिल इन्धनबाट सञ्चालन हुने कारहरू र धेरै इन्धन प्रयोग गर्ने हवाइजहाजहरूबाट । लामो दुरीको एउटा उडानले लगभग २ टन कार्बन डाइअक्साइड उत्पादन गर्न सक्छ । विमानहरू भारी हुन्छन् र धेरै इन्धन चाहिन्छ, त्यसैले तिनीहरूले ठूलो मात्रामा उत्सर्जन गर्छन्। रेल वा बसहरू जस्तै वैकल्पिक यातायात छनौट गर्नु अधिक पर्यावरण-मैत्री विकल्प हुन सक्छ।
हिड्ने, साइकल चलाउने, र सार्वजनिक यातायातको प्रयोग गर्नाले धेरै हदसम्म प्रदूषण कम गर्न मद्दत गर्न सक्छ । छोटो दुरीको गन्तव्यमा जानको लागि साइकलमा वा हिड्नु र धेरै टाढाको यात्रा छ भने सार्वजनिक यातायातको प्रयोग गर्नु वातावरण संरक्षणको लागि धेरै राम्रो मानिन्छ । कारबाट सार्वजनिक यातायातमा यात्रा गर्ने बानीले प्रत्येक वर्ष प्रति व्यक्ति २.२ टन कार्बन उत्सर्जन घटाउन सकिन्छ । अर्को उपाय भनेको कारपुलिङ, जसले प्रति व्यक्ति कार्बन उत्सर्जनमा ठूलो फरक पार्न सक्छ । यसका साथै इलेक्ट्रिक सवारी साधन, त्यसमा पनि सार्वजनिक यातायातका लागि प्रयोग गर्दा नयाँ सवारीहरूको उत्पादनमा पनि कमि आउछ र समग्र उत्सर्जन घटाउछ ।
हामीलाई पृथ्वीले सबै कुरा प्रदान गर्छ, अब हाम्रो दायित्व छ यसलाई संरक्षण गर्नको लागि, त्यसैले सानो परिवर्तन यातायातमा पनि गरैाँ ।
घरमा ऊर्जाको प्रयोग कसरी गर्दा जलवायु परिवर्तन कम गर्न सकिन्छ ?
हामी हाम्रो घरहरूमा धेरै ऊर्जा प्रयोग गर्छौं, र यसले जलवायु परिवर्तनको कारण हुने प्रदूषणमा ठूलो योगदान पुर्याउँछ । विश्वमा हेर्ने हो भने हाम्रो अधिकांश ऊर्जा फोसिल ईन्धन जलाएर उत्पादन गरिएको ऊर्जाबाट आउँछ, जसले हावामा हानिकारक ग्याँसहरू उत्सर्जन गर्छ । वातावरणमा हाम्रो प्रभावलाई कम गर्न, विशेष गरी प्रत्येक व्यक्तिको कार्बन फुटप्रिन्ट कम गर्ने लक्ष्य पूरा गर्न, हामीले घरमा ऊर्जा प्रयोग गर्ने तरिकामा परिवर्तन गर्न आवश्यक छ ।
कम ताप र चिसो प्रयोग गर्नुहोस्:
हाम्रो घरलाई तताउने र चिसो गर्दा धेरै ऊर्जा खपत हुन्छ र प्रदूषण बढ्छ । जाडोको न्यानो र गर्मीमा शितल बनाउनको लागि प्रभावकारी ऊर्जा बचत योजनाले धेरै हद सम्म मद्दत गर्छ । साथै
यसले वातावरणमा उत्सर्जन हुने ग्यास र ऊर्जाको बिललाई न्यूनीकरण गर्छ ।
स्वच्छ ऊर्जामा स्विच गर्नुहोस्:
हाम्रो अधिकांश ऊर्जा फोसिल ईन्धनबाट आउँछ, जुन वातावरणको लागि राम्रो होइन ।
सौर्य उर्जा जस्तै नवीकरणीय उर्जामा स्विच गर्नाले हाम्रो कार्बन फुटप्रिन्टलाई उल्लेखनीय रूपमा कम हुन्छ । यदि सम्भव छ भने, तपाईंले आफ्नो घरमा सौर्य प्यानलहरू राखेर ऊर्जा प्रयोग गर्नुभयो भने ठूलो दीर्घकालीन समाधान हुन सक्छ ।
आफ्नो ऊर्जा उपयोग जान्नुहोस्:
धेरै मानिसहरूलाई थाहा छैन कि उनीहरूले प्रत्येक महिना कति ऊर्जा प्रयोग गर्छन् ।
आफूले प्रयोग गरेको ऊर्जा बिलहरू अध्ययन गरेर वा आफ्नो ऊर्जा प्रदायकलाई सम्पर्क गरेर आफ्नो ऊर्जाको उपयोग बुझ्न महत्त्वपूर्ण छ । यो ऊर्जा उपयोगको जानकारीले कम ऊर्जा प्रयोग गर्न सूचित निर्णयहरू गर्न मद्दत गर्दछ ।
ऊर्जा बचत गर्नुहोस्:
ऊर्जा धेरै खपत हुने उपकरणहरू जस्तै पकाउने, तातो बनाउने, चिसो बनाउने र बत्ति बाल्न धेरै ऊर्जा प्रयोग गर्दछ । हामी एलईडी बल्बहरू, ऊर्जा बचत गर्ने उपकरणहरू, बैकल्पिक ऊर्जाको प्रयोग गर्ने जस्तै सोलार र प्राकृतिक ऊर्जाको प्रयोग गर्नाले धेरै हदसम्म ऊर्जा बचत गर्न सक्छौं ।
तपाईंले आफ्नो घरलाई अझ ऊर्जा-कुशल बनाउनाले वातावरण संरक्षण गर्न साथै जलवायु परिवर्तनमा हुने नकरात्मक प्रभाव कम गर्न मद्दत गर्दछ ।
Liked by: