कुन अवस्थामा टेलिहेल्थको प्रयोग गर्न सकिन्छ ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

कुन अवस्थामा टेलिहेल्थको प्रयोग गर्न सकिन्छ ?





हामीहरू बिरामी वा असहज भएको अवस्थामा आफू नै अस्पताल, स्वास्थ्य चाैकी वा क्लिनिक गएर उपचार गर्ने चलन रहेको छ । काठमाडाैं लगायत ठूला शहरमा अस्पताल र डाक्टरको संख्या धेरै भएता पनि उपचारको लागि डाक्टरको समय, आफ्नो समय मिलाउन गार्हो हुन्छ । अहिलेको व्यस्त जीवनशैलीमा त स्वास्थ्य परामर्शको लागि समय निकाल्न सहज नहुन सक्छ । अस्पताल जानु पर्यो भने पनि दिन नै छुट्याउनु पर्छ । अझ दुर्गम क्षेत्रमा त झन् यो अवस्था दयनीय छ, उपचार गर्नको लागि लामो यात्रा तय गर्नु पर्छ र उपचार बाहेकको खर्च पनि धेरै हुन्छ । यस्तै समस्याहरूको लागि उपयुक्त समाधान भनेको टेलिहेल्थ हो ।

आफै भाैतिक रुपमा उपस्थित नभइ स्वास्थ्य परामर्श लिनको लागि प्रयोग गरिने सुविधा हो टेलिहेल्थ । हामीले भिडियो कल, फोन कल, जस्ता सूचना प्रविधिको मद्दतबाट डाक्टरहरूसँग सहज र सुरक्षित रुपमा परामर्श लिन सकिन्छ । चेतनामूलक सन्देश दिन, उपाचार चलिरहेकाे स्वास्थ्य अवस्थाकाे निगरानी गर्न, विभिन्न स्वास्थ्य परामर्श लिन र ‌औषधिकाे निर्धारणमा टेलिहेल्थकाे उपयाेगिता उच्च हुन्छ ।

टेलिहेल्थमार्फत कस्ता अवस्थामा परामर्श लिन सकिन्छ ?
- सामान्य स्वास्थ्य परामर्श:
रुघाखोकी, ज्वरो, पेट दुख्ने, टाउको दुख्ने, इत्यादि सामान्य समस्या भएमा टेलिहेल्थमार्फत चिकित्सकसँग परामर्श गर्न सकिन्छ। जस्तै, तपाईंलाई अचानक ज्वरो आएको छ भने, घरमै बसेर पनि भिडियो कल मार्फत चिकित्सकसँग परामर्श गर्न सक्नुहुन्छ।

- फलोअप परामर्श:

पहिले नै उपचार भएको र त्यसको फलोअप गर्नको लागि अस्पताल धाउन भन्दा आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा थप सल्लाह लिन टेलिहेल्थको उपयोग गर्न सकिन्छ । जस्तै, तपाईंले कुनै शल्यक्रिया गराउनु भएको छ भने, पुनःचेक जाँचका लागि चिकित्सकसँग भिडियो कल गर्न सक्नुहुन्छ ।

- मानसिक स्वास्थ्य परामर्श:
मानसिक समस्या भएको कुराहरू खुलस्त रुपमा भन्न र उपचार गर्न अप्ठ्यारो मान्ने अवस्था जस्तै डिप्रेसन, एन्जाइटी, तनाव, अनिद्रा जस्ता मानसिक समस्याको परामर्श लिन टेलिहेल्थ उपयोगी हुन सक्छ ।

- दिर्घकालीन रोगको परामर्श:
मधुमेह, उच्च रक्तचाप, मुटुका रोगहरू जस्ता दिर्घकालीन रोगको व्यवस्थापनका लागि नियमित परामर्श आवश्यक पर्छ । टेलिहेल्थले यसमा ठूलो सहायता पुर्याउन सक्छ । तपाईंको मधुमेहको स्थिति सुधार गर्न चिकित्सकसँग अनलाइनमार्फत नियमित परामर्श लिन सक्नुहुन्छ ।

- प्राथमिक उपचार:
सानो चोटपटक, जलन, मामुली चोट जस्ता समस्यामा प्राथमिक उपचारका लागि टेलिहेल्थ उपयोगी हुन्छ । जस्तै, तपाईंको हातमा सानो काटिएको छ भने, चिकित्सकसँग भिडियो कल गरेर प्राथमिक उपचारको सुझाव लिन सक्नुहुन्छ ।

- बाल स्वास्थ्य उपचार:

बालबालिकाहरू आकस्मिक बिरामी पर्ने सम्भावना धेरै हुन्छ र उनीहरूलाई अस्पतालसम्म ल्याएर उपचार गर्न पनि गार्हो हुन्छ । साथै उनीहरू बिरामी हुँदा पनि परिवारहरू आत्तिन सक्छन् र यस्तो बेला टेलिहेल्थबाट परामर्श लिएर उपचार गर्दा आकस्मिक उपचार लिन सकिन्छ ।

- ग्रामीण क्षेत्रमा उपचार:

ग्रामीण वा दुर्गम क्षेत्रमा स्वास्थ सेवामा पँहुच कम छ र उपचारको लागि लामो दुरी तय गर्नुपर्छ । तर मोबाइल र इन्टरनेटको सेवा धेरै ठाँउमा उपलब्ध रहेको छ । यस्तो अवस्थामा टेलिहेल्थको प्रयोग गर्दा विभिन्न रोगका बिरामीहरूले परामर्श पाउन सकिन्छ ।

टेलिहेल्थको प्रयोग गर्दा समयको बचत, उच्च सक्रमण दर भएको वा सरुवा रोगबाट बच्ने, वृद्ध वा बालबालिकालाई सहज हुने, यातायातमा लाग्ने खर्च कम हुने, प्रतिकूल भाैगोलिक स्थान वा माैषम भएको बेला घरकै आरामबाट स्वास्थ्य उपचार पाउन सकिन्छ ।

हाम्राे पात्राेले स्वास्थ्यका यिनै सुविधा प्रदान गर्नका लागि २०२१ देखि हाम्रो पात्रो हेल्थ शुरू गरेको थियो, जसमा अहिलेसम्म ५००० भन्दा धेरै सेवाग्राहीहरूले याे सुविधाकाे प्रयाेग गरिसक्नुभएकाे छ र ३०० जना भन्दा धेरै डाक्टरहरू आबद्ध भएकाे यस एपबाट मासिक सयौँ बिरामीहरूले परामर्श लिने गर्नुहुन्छ ।

यदि तपाईँसँग पनि स्वास्थ्यसँग सम्बन्धित कुनै समस्या वा जिज्ञासा छन् भने आजै हाम्रो पात्रोबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिनुहोस् ।

स्वस्थ रहनुहोस्, सुरक्षित रहनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.