वासिंगटन यूनिभरसीटीका कपल स्टडिजका प्राध्यापक डाक्टर जन गोटम्यानका अनुसार उनको २० बर्षे अध्ययनले देखाएअनुरुप सञ्चारको कमी अनि अपारदर्शी बानीले जोडीहरु बिच एकर्आलाई शंका गर्ने प्रशस्त स्थान दिनेगर्दछ । यो ंशंका नै पछि गएर समबन्धको अन्त्य हुने अवस्थासम्म पुग्दछ । आफ्ना कुराहरु स्पष्ट रुपमा राखिदिने, मन पर्ने र नपर्नेकुराहरु भनिदिने र दुबै मिलेर साझा खुशीका पलहरु निर्माण गर्नु समबन्धकालागि अत्यन्त जरुरी मानिन्छ ।
हामीसबैजनालाई आफ्ना लागि अत्यन्त ठीक अनि मिल्ने जोडीसंग जीवन बिताउने रहर छ, हैन र ? रसिक अर्थात रोमान्स कति रमाइलो र आनन्दमयी हुन्छ तर हरेक रोमान्स फिल्ममा जस्तो मीठो कहाँ हुन्छन् र? धेरै रोमान्सहरु त दुबिधा अनि बैमनस्यतामा पनि अन्त्य हुनेगरेका छन् । समबन्ध अत्यन्त संवेदनशील कुरा हो, यसको मिठासलाई सदैव जोगाएर राख्न सक्नुपर्दछ । यो निश्चित हो कि हरेक जोडीहरु आफैमा नौला अनि मिठा हुन्छन्, जोडी अनि प्रेमको तुलना त पक्कै हुँदैन तर जति लामो समय जीवन साथै बितायो त्यती नै जीवनमा अफ्ठेराहरु बढ्न सक्दछन अनि समबन्ध टुट्न पनि सक्दछन ।
मसिंर सकीएलगत्तै नवबिवाहीत जोडीहरुको अनि परिवारको एकआपसमा नयाँ संगम शुरु भएको हुन्छ । सात फेरा लगाएर नि अग्नी साक्षी राखेर अपनाएका जीवनसाथी अनि रंगिन संसार सदैब रंगिन बनिहोस्, यस बर्ष बिसं २०७४ सालमा लगनगाँठो कस्नुभएका अनि कस्नुहुने सबैलाई शुभकामना ।
तर लगनगाँठो संगै आउने अन्य कर्तव्य अनि अधिकारका गाँठाहरुमा दुबै जना एक भएर खडा हुन नसक्दा या अन्य बिभिन्न कारणले नेपाली समाजमा समबन्धबिच्छेछ अर्थात डिभोर्स हुने क्रम बढ्दो छ । पूर्वीय संस्कारले सदैव मिलेर बस्न अनि एकअर्कालाई स्थान दिन सिकाँउदछ, बिहेमा बेहुलीको सप्को समातेर पछि लागेको बेहुला अनि अघि लागेकी बेहुलीका पाइलाहरु कुन्नी कता अनि कतिखेर बिराना हुन पुग्दछन ?
आखिर किन बढिरहेको छ त समबन्धबिच्छेदका खबरहरु ? अनि के कारणले हुन्छ त डिभोर्स ?
चर्चा गरौं आज हाम्रो पात्रोमा ।
यहाँ हामी बिवाह टुट्नुका मुख्य ४ कारणहरु व्याख्या गर्न जाँदैछौ, यी कारणहरु भारतका चर्चीत कानुनी अधिवक्ताहरुले आफ्नो बर्षोको अध्ययन र अनुभव पछि अभिव्यक्त गरेका हुन् । यस अध्ययनलाई भारतको मुलधारको पत्रिका टाईम्स अफ ईण्डियाले पनि साभार गरेको थियो ।
१ बिश्वासका कारणले समबन्धमा प्रतिकुलता
भारतकी सर्वोच्च अदालतकी अधिवक्तासम्म भइसकेकी श्रद्धा दालवीका अनुसार बिवाहपछिको जीवनस्तरको अपेक्षा र यर्थाथनै बिवाह टुट्नुको मुख्य कारण हो । जोडीहरुले एकअर्कालाई राम्रो नचिनेरै बिवाहमा हामफाल्दछन्, अहिले धेरैजना आर्थिक रुपमा स्वतन्त्र छौं जसले गर्दा नचाहीदो आत्मबिश्वास बढ्न जान्छ र सानो कुरामा पनि ईगोका कारणले समबन्ध टुट्ने गर्दछ ।
सफल समबन्धमा धैर्य अनि संझौता दुबै चाहिन्छ । करियर या भविष्य अनि केटाकेटी दुबैतर्फका आमाबुवाको अस्थालाई लिएर अधिकांश जोडीको झगडा लामो समयसम्म चलीरहने बताइन्छ । जहाँ ईगोले खान्छ त्यहाँ समबन्ध अनि संझौताको गुञ्जाइस नहुने बताइन्छ । चाहीने भन्दा धेरै नै सुरक्षात्मक अनि नचाँहीदा प्रश्नोत्तर,ईष्र्या अनि बढिनै प्रतिस्पर्धा पनि समबन्धका लागि हानीकारक छ । बिवाह या जोडी भनेको मिलेर बस्नलाई हो कुनै प्रतिस्पर्धा या दौड त पक्कै हैन जसमा जीत अत्यावश्यक हुन्छ । समबन्धमा बिश्वास अनि संझौताको भूमिका बास्तवमै जरुरी हुन्छ । तसर्थ बिवाहीत साथीहरु तपाईहरुपनि यस बर्षवाट ईगोलाई त्याग्दै अगाडी बढ्ने अनि समबन्धमा अनुकुलता थप्ने बारे सोच्ने कि ?
२ सञ्चार समस्या
वासिंगटन यूनिभरसीटीका कपल स्टडिजका प्राध्यापक डाक्टर जन गोटम्यानका अनुसार उनको २० बर्षे अध्ययनले देखाएअनुरुप सञ्चारको कमी अनि अपारदर्शी बानीले जोडीहरु बिच एकर्आलाई शंका गर्ने प्रशस्त स्थान दिनेगर्दछ । यो ंशंका नै पछि गएर समबन्धको अन्त्य हुने अवस्थासम्म पुग्दछ ।
आफ्ना कुराहरु स्पष्ट रुपमा राखिदिने, मन पर्ने र नपर्नेकुराहरु भनिदिने र दुबै मिलेर साझा खुशीका पलहरु निर्माण गर्नु समबन्धकालागि अत्यन्त जरुरी मानिन्छ । अहिले त झन सुचना प्रविधीको अधिकतम प्रयोगगको यूगमा ससाना कुराहरुले नै धेरै शंका उत्पन्न गराउन सक्दछ, एउटा सानो लाइक्स या कमेन्टलेनै जीवन भरि डिस्लाइक्स नबनाउन प्रभावकारी सञ्चार अनि समभाव जरुरी छ । नार्सिस्म अर्थात आफूकेन्द्रित सोचाई, मपाँई र आफू कहिल्यै गलत हुदिन भन्ने धारणाका रुपमा लिइन सकिन्छ र यस नार्सिस्मलाई पनि समबन्ध तोड्ने मुख्य कारकका रुपमा लिइन्छ । मायो क्लीनीक अनि अध्ययन केन्द्रले त नार्सिस्मलाई मानसिक रोगकै रुपमा व्याख्या गरेको छ, तारिफ या स्वमुल्यमकंनको गहिरो चाहलाई नार्सिस्म भनिएको छ । समबन्धमा नार्सिस्म ल्याएमा समबन्ध बिग्रन समय लाग्दैन्, यसतर्फ पनि सचेत हुने कि ?
के तपाँईलाई थाहा छ ?
समबन्धमा राम्रो सञ्चार र बुझाई नभएकाले नै ६० प्रतिशत टुटेका जोडीहरुले नयाँ साथी खोज्न बाध्य भएको बताएक छन् । कुरा गराई अनि बुझाई ले नै एकअर्कालाई एकअर्कासंग जोडेर राख्दछ है ।
३ आर्थिक अपेक्षा अनि महत्वाकांक्षा
यो एउटा गहिरो मनोभाव हो, अहिलेको पुस्तामा छोटोसमयमा धेरै कमाउन अनि रातारात परिवर्तन गर्न चाह छ । कतै त्यो होडबाजीमा हामीले आफ्ना समबन्धका मिठा पललाई गुमाईरहेका त छैनौं ?
आर्थिक ढलमलाडटले बिश्वास, माया, भविष्य अनि सुरक्षामा समेत प्रभाव पारेको देखिन्छ । बिवाह र आर्थिक बिकास बिल्कुल छुटै कुरा हुन्, राम्रो जीवन बिताउन र महंगो शैली अपनाउन बिवाह गर्दे हुनुहुन्छ भने सचेत रहनुहोला है ।
आर्थिक अवस्थालाई बलियो र दिघो पार्न एकअर्कालाई भर्याङ्ग हैन बरु साझा खुड्किलो बन्न आवश्यक हुन्छ । एकअर्काको जीवनको प्रार्थमिक्ता मिल्नपर्दछ भन्ने हैन र कमजोर पक्षले प्रार्थमिक्ताको तिलाञ्जली दिएर मात्र समबन्ध राम्रो हुन्छ भन्ने पनि हैन ? दुबै पक्ष मिलेर एकअर्काको प्रार्थमिक्ताकालागि अघि बढ्न जरुरी देखिन्छ । जीवनमा आआफ्नो स्पीडमा तर एउटै धारमा अघि बढ्नुहोला, शुभकामना छ ।
हाम्रो पात्रो
Liked by: