"हुन त
मिलनको सानिध्यबाट
मबाटै झर्यो ऊ
हृदयको धड्कन
म बाटै लिन्छ ऊ"
स्नेहको अमृतले
मबाटै संगालियो ऊ
नदीझैँ घुमाउरो
सृष्टिको घुम्तीहरुमा
कुनै बेला खस्कने
वात्सल्यको कमजोर सुता समातेर
कर्तव्यको घेरा
साँघुरिरहेको तर्कले सेपेर
भन्ने गर्छ छोरो –
“हजुरआमा जस्तो तपाई हुनुुहुन्न !”
सानै थिएँ रे, भोकाएको छोरोका निम्ती लिटो तयार पार्न भान्सा पसेकी आमाको साडिमा स्टोवको आगो सल्किन पुगेछ । मेरा मानसपटलमा त्यो कालो दिनको सम्झना नभएपनी त्यतिबेला दिदिले मलाई भने हत्तपत्त आमाको काखबाट तानेर जोगाउनु भाथ्यो रे । आमा भने जलनको दुखाई खप्न नसकेर चिच्याउनु भएछ ।
साँच्चै , जुन मानविय चेतना र विवेक अहिले म मा छ, यदि त्यस्बेला विकल्प हुन्थ्यो त आमालाई कहिल्यै भोक लागेको मेसो पाउँन दिने थिईन । दुष्ट आँट त्यो स्टोवले गर्ने दिन थ्यिन म ।
आमा गम्भिर घाईते हुनु भयो । निको हुन केहि समय लाग्ने भएपछी मेरो रेखदेखका लागी मलाई मेरी मावलिकि हजुरआमा कहाँ पठाईयो। मेरो कलिलो भ्रमको सुरुवात त्यहिं बाट भयो। केहि समय हजुरआमा संग बसेपछी म आमा र ममि शब्द मा झुक्किन थालेँ।
मेरो ममि अन्तत: निको हुनु भयो र मलाई लिन आउनुपनि भयो। म झुक्किन थाले । जिवनमा अचानक परिवर्तनका कारणले होला, सधै मामा घरको आमा सङ्ग बसेको म, नयाँ बातावरन बुझ्न नसकेर चिच्याउँथें "तपाईं मेरो ममि हो आमा हैन" । मेरि आमा अर्थात ``ममि" एक लेखिका हुनु भएकोले त्यो कुरा अझै बिर्सिनु भा छैन। अझैपनि कहिलेकाहिं ठट्यौली पारामा मलाई भन्नुहुन्छ "तँलाई पढ्न लेख्न नसिकाउँदै कवि भैसक्या थिस आयुष।" म आयुष घिमिरे , आफ्नो बाबुको ईछ्या बिपरित आज एक लेखक बन्न पुगें । मेरि आमाले भने सँधै मलाई साथ दिनुभयो। मलाई आसा छ एक दिन मेरो बुवाले पनि म माथी गर्व महसुस गर्न हुनेछ।
तपाईंलाई थाहा छ केहि बर्ष अगाडी नेपाली टाईपिङ कत्तिको टाउकोदुखाई को बिषय हुने गर्थ्यो? सायद तपाईंहरुलाई याद छैन होला । म बिर्सिनै सक्दिन, अहिले सम्म पनि कम्प्युटर बाट टाढै रहन रुचाउनुहुने मेरि आमालाई त्यस्बेला टाईपिङ आउँदैन थ्यो। आफ्ना लिखित कविताहरु टाईपिस्टद्वारा टाईप गराई मेरो ईमेलमा पठाउन लाउनु हुन्थ्यो । जटिल कामको जिम्मा भने मलाई दिइएको थियो । सम्पुर्ण कवितालाई युनिकोडमा बदल्नु पर्ने हुन्थ्यो। त्यसरी आफ्ना कविताहरु सामाजिक सन्जाल मार्फत यत्रतत्र फैलाउन आमालाई सहज हुन्थ्यो। हामीले करिबकरिब एक बर्षसम्म त्यसै गर्यौं। अनि आयो ``हाम्रो किबोर्ड´´ । कम्प्युटर सँग आस्चर्यजनक किसिमले त्रसित मेरी आमा ``स्मार्टफोन´´ भने सहजै चलाउने हुनुभयो। दिनप्रती दिन आमाको सामाजिक सन्जाल प्रती को झुकाव बढ्नथालेको पाएँ । कविताको पुछारमा हौसला एवम् प्रसंशा ले भरिपुर्ण आफ्ना शुभचिन्तकहरुको ``कमेन्ट्´´ले गदगद हुनुहुन्थ्यो आमा। तर वहा को मन अझै खल्लो थियो, वहाँ एक एक तारिफहरु साराप्रति व्यक्तिगत रुपमा आभार व्यक्त गर्न खोज्नु हुन्थ्यो तर वहाँको मनको कुरा कोर्न सक्ने किइबोर्डको अभाव । ``हाम्रो किबोर्ड ´´ आउनु आघिसम्म त ``धन्यबाद´´ र ``पढी दिनु भयो, खुशी लाग्यो´´ जस्ता कमेन्ट्का रिप्लाईहरु सम्म युनिकोडमा टाईप गर्नु पर्ने । कस्तो झन्झट !
आफु सक्दो विनम्र भएर लेख्न खोजेपनी नेपाली कमजोर विषय भएकाले जैले रुखो सुनिन्थ्यो। नढाँटी भन्दा नेपालिको परिक्षा मा कहिल्यै पचास कटाउन नसक्ने म आफ्नी कविएत्री आमाको ति सुन्दर रचना हरु टाईप गर्दै हुन्थें.. नेपाली मा ।
जब हाम्रो जीवनमा ``हाम्रो किबोर्ड´´ को प्रवेश भयो, विपरित लेखकहरुले अन्तत: एक पारस्परिक पुल पाए। जसरी पहिलो पल्ट आमालाई ``स्मार्ट्फोन अन लक´´ गर्न सिकाएँ, हाम्रो किबोर्ड चलाउन त्यो भन्दा सहजै सिक्नुभो ।
यही सामाग्रीको अंग्रेजी संस्करण पढ्नका लागि यहाँ थिच्नुहोस्ः
अहिले उहाँ आफ्ना कविता आफै नेपालीमा टाईप गरि अनलाईन पोष्ट गर्नुहुन्छ। मैले आमालाई अहिलेसम्म दिएका उपहारहरु मध्येको सर्वोत्कृष्ट उपहार हो हाम्रो किबोर्ड । म स्वयं लेखनमा रुची राख्ने हुँदा, मनमा लागेका भावनाहरु व्यक्त गर्ने शब्द नभेट्टाउँदाको त्यो पीडा मलाई थाहा छ । हो त्यही शब्दहरु आमालाई उपलब्ध गरायो हाम्रो किबोर्डले । हाम्रो किबोर्ड नहुन्थ्यो त अहिले जिवन्त लाग्ने आमाका कविताहरु उहिल्यै हराएर जाने थिए। रमाईलो पाटो चैं के भने, मैले पनि आमालाई मक्ख पार्न नेपालीमा कविताहरु लेख्न थालेँ । आमाले मेरा ति रचनाहरु पहिलो पल्ट देवकोटासँग तुलना गर्नुभएको थियो भन्दा धाक लगाएजस्तो लाग्ला । आखिर आमाको मन न हो तर त्यो क्षण सम्झंदा आजपनि गर्वले छाती फुलेर आउँछ।
यहाँ एउटा कविता छ जुन मैले `हाम्रो किबोर्ड´ को मद्दतले लेखेँ तर कविता राख्नुअघि, तपाईंहरु सबैले थाहापाउनै पर्ने `हाम्रो किबोर्ड´ ले अनगिन्ती नेपाली बाबुआमाहरुलाई सुचना सन्चारको भरपर्दो माध्यम ईन्टरनेट र सामाजिक सन्जालको भरपुर फाईदा उठाउन मद्दत पुर्याएको छ जुन पहिले असम्भव जस्तै हुन्थ्यो। उदाहरणका लागी मेरी आमालाई हेर्नुस, आफ्नो कल्पनालाई जस्ताको तस्तै तुरुन्त `पोष्ट´ गर्न पाईने त्यस्माथी युनिकोडमा बदल्न छोराको मुख ताकिराख्न पनि नपर्ने भएकाले आज सामाजिक सन्जालमा उहाँको एक अलग उपस्थिति र पहिचान छ। थाहा छ? एकपल्ट आमाको `फेसबुक अकाउन्ट´ मा ५००० साथिसङ्ख्या पुगेर मलाई नै `अन्फ्रेन्ड´ गर्नु पर्ने इस्थिती आयेछ। आमा अझै भन्नुहुन्छ ``बाबु त्यो गल्तिले त अन्फ्रेन्ड भैछस ।´´ आमा म तपाईंको भावनालाई बुज्छु तर गल्तिले `अन्फ्रेन्ड´ भाको त्यो कुरा चैं कुनै हालतमा विश्वास गर्ने वाला छैन ।
मैले स्कुल मा के सिखें?
खै के सिखे?
कहिले काहिँ आमासंग झगडा गरेर थाह पाए
मन कसैको दुखाउनु हुँदैन भनेर
बिचरी जत्ति झगडा गर्दा पनि
छोरा भनेर पुल्पुलाएर बोलाउँथिन
स्कुलमा " मोरल साइन्स"
नामको मात्र बिषय थियो
पान पसलमा गुटका च्याप्ने गुरुले
धुम्रपान गर्नु हुँदैन भन्दै सिकाउँथे
बाबाको काँधमा चढेर उडदा
खेल के हो भनेर सिखेको मैले
स्कुलमा "फिजिकल ट्रेनिङ्ग"
नामको मात्र बिषय थियो
परीक्षामा फुटबल को चित्र गोलो भएन भनेर फेल गर्नेले
खेलकुद के सिकाउनु?
गणितबाट धेरै सिकें
तर नचाहिने कुरा बढी थियो
हिसाब त दशैं मा दक्षिणा गन्दा गन्दै सिकियो
बिजिनेस गर्ने सपना भएकोले पनि
घामको छाँया बाँसमा पर्यो भने
बाँस कति किलो थियो भन्दै नाप्नु पर्थ्यो?
गणित त बिषय हैन बाहाना मात्र थियो
फेल गराउने साधन थियो
विद्यार्थी को सपना को हिसाब राखन नसक्ने ले
गणित के सिकाउथे होला र?
जिन्दगि भाइ हुर्केको देखेर सिके
मेरो उटपटाङ्ग कथा
ध्यान दिएर सुन्ने ति आँखा टल्किएको देख्दा
कविता लेख्न सीखे
"साहित्य" त बिषय मात्र थियो
मैले कति काब्य पढेको छु भनेर मेरो रचनात्मकता जाँच्नेले
के 'सिर्जना' गर्न सिकाउने होला?
छिमेकी घर को झगडा देखेर
समाजमा कस्तो छबि बन्छ भनेर सिके
मात्तिने बाउको छोरा साथी थियो मेरो
उसको दुःख देखेर
समाज र परिवार सिखे
"सामाजिक शिक्षा" त बिषय मात्र थियो
समाजमा आवाज राख्न नसक्नेले
के समाजमा जिउन सिकाउँथे?
म शिक्षित हैन
ज्ञानी बन्न चाहन्छु
स्कुल गएर आधा जिन्दगि नास भयो
शिक्षा मेरो ज्ञानको अडचन बन्यो
म ज्ञानी बन्न सक्थे होला
तर बीच मा स्कुल जानु पर्यो
ज्ञान त खुला आकास मुनिको
जीवन जिएर पो पाइन्छ जस्तो लाग्यो
त्यो पैसा माङ्ग्ने
तर दिए जति कहिले नासिकाउने बिद्यालयले
के ज्ञानी बनाउथ्यो होला र?
म यो लेख हाम्रो पात्रो परिवारलाई समर्पित गर्न चाहन्छु जसले हरेक आमाबाबुको मोबाइल फोनमा हाम्रो किबोर्ड एयाप पस्क्यो। अब परिवार बीचको दूरी घटेको छ किनकी हरेक आमाबाबुसँग अब आफ्नो मौलिक भाषामा कुराकानी गर्ने माध्यम छ।
----
लेख: आयुष घिमिरे
नेपालीमा अनुवादन: मधुर थापा, आयुष घिमिरे
Liked by: