बिश्व परिपेक्ष्यमा गरिएका अध्यन अनि तर्कहरुलाई नेपालीकृत गर्ने अनुमती चाह्यौ नारीवादी समाज अनि छोराहरुको हुर्काउने प्रवृतिका बारेमा, नेपालकै सर्वाधीक रुचाइएको अनि अत्याधिक विश्वाश गरिएको मोबाइल एप्स, हाम्रो पात्रोको ब्लग खण्डमार्फत । विषय हो नारीवादी छोरा कसरी हुर्काउने भन्ने बारे ।
यो पनि हेर्नुहोस् : आर्थिक विकासको बाधक अस्थिर सरकार
परिवर्तित परिपेक्ष्यमा हामी हाम्रा छोरीहरुलाई समाजको नारीप्रतिको पूर्वाग्रह, असमानता अनि असहिष्णु कुराहरु तोड्न भनेर हुर्काउन थालेका छौ, हैन र ? तिमीले चाहेमा जे पनि गर्न सक्छौ भन्छौ, समानताका आधारहरु दिन्छौ तर छोराहरुका हकमा हामी कति नारीवादी ब्यबहार अनि धारणा दिन सक्षम छौ त ?
प्रत्यक्ष, अप्रत्यक्ष हरेक हिसाबमा समाजले छोरीहरुलाई बलियो अनि संबेदनशील हुन सिकाँउदछ । छोरीहरुका आँशुलाई उनिहरुको संवेदनशीलताको सामान्य अभिब्यक्ति मान्ने समाजका अवयबले छोराहरुले त्यतिनै बेर बलवान र पुरुषत्वको एउटा यस्तो असामान्य शक्ति सिकाँउदछ जसले समाजलाई नारीप्रदान हुनवाट पुस्तौवाट रोकिरहेको छ ।
समान समाजकालागि छोराछोरी दुबैलाई समान प्रकारले हुर्काउन जरुरी छैन र ? रोएको छोरालाई फकाउन प्रथम संवाद हुन्छ, हेर हेर छोरा मान्छे भएर पनि रोएको । छोरालाई बच्चैदेखि मनमा पर्दछ कि छोरा भएर रुन हुँदैन या रुन पाइदैन् अनि छोराहरुको यो अप्रत्यक्ष छोराभावको बलमा प्रत्यक्ष असर पर्दछ उनिहरुको मनोभाव अनि ब्यबहारमा ।
छोरीहरुलाई आत्मबल अनि समानताका साथ हुर्काउने प्रयास गरेको समाजले छोराहरुलाई पनि केहिहदसम्म छोरीहरु झै हुर्काउने प्रयास शुरु नगर्ने हो भने नारीसमानता संभव छ त ? कुरा शुरु गर्यौ एउटा गुलाफी अर्थतन्त्रको । गुलाफ अर्थात सामान्यतया नारी भावनाको रगंका रुपमा चित्रण गरिएको बिम्ब ।
जबसम्म समाजले सदभावना, समभाव अनि परिश्रमलाई नारीवाद सँग जोडेर हेर्दछ तबसम्म नारीवाद झुठो सपना हो ।
नारीहरुलाई मानव बन्न सिकाइन्छ भने पुरुषहरुलाई रोबोट बन्न सिकाइन्छ । बेफिक्रि, आँशुबिहिन, बलवान र कसैसँग सहयोग माग्न नहुने कुरा सिकाइन्छ । छोराहरुलाई आफुलाई सहयोग गर्ने अपिल सिकाइदैन, रिस उठ्न सिकाइन्छ अनि भोकै भएपनि बल प्रदर्शन गर्न सिकाइन्छ हैन र रु
हामीहरुले हाम्रो छोरासमक्ष कत्तिजना महिलाहरु र तिनले गरेका राम्रा काम, उपलब्धी अनि नेतृत्वको प्रशंसा गर्ने गरेका छौ ?
यदि यसो गर्नाले अन्य महिलाहरुलाई पनि यसै नजर र बिशिष्ट ढगंले हेर्न छोराहरुले सिक्दछन् ।
उदहारण धेरै छन् । बाटोमा भेटिएको घाइते चरालाई बोकेर घरमा लगेर औषधी उपचार गर्ने चरित्र र यस्ता जिम्मेवारी अझै पनि छोरीको अथवा नारीगुणलाई सुम्पिएको छ समाजको अधारशीलाहरुले ।
कसैको पिडा देखेर छोरा रोएमा असहज मान्ने परिवारले छोरीलाई आँशु बिरासतमै दिएको छ । खाना पकाउने काम गर्छु या लुगा धुने काम गर्छु भन्दा छोराहरुलाई सहजै इच्छा अनुसार काम गर्न दिने परिवार कत्तिको छ रु घरआँगन बढारिरहेको छोराहरु हामीले अहिलेसम्म देखेका छौं र ? देखेकै भएपनि कत्तिको देखेका छौं ?
छोरी र छोराको खेलौना फरक फरक हुन्छ हैन र ? गुडियासँग खेल्ने छोरा भएमा छोरीजस्तो भन्ने अनि गिज्याउने पनि छोरीजस्तो भनेको दोश्रो तहको संज्ञा हो भन्ने कुतर्कले ग्रसित समाज कत्तिको नारीमैत्रि छ त ? अर्कोतर्फ संबेदनशीलताको हिसाबले पनि समाज अनि पृष्ठभूमि नारीसहज छैन नि ?
राती कोही बिरामी भएर औषधी लिन पठाउनु परेको खण्डमा चाहेर पनि छोरी भन्दा छोरालाई नै अगाडि बढाउन पर्ने संरचना छ, नारीवादी समाजमा नारीसुरक्षा को ममलामा संबेदनशीलता पनि जरुरी छ ।
बिभिन्न अध्यनहरुले बच्चाहरुले जन्मदै कुनै बिशेष चाह या आशक्तिका साथ नजन्मने प्रमाणीत गरेका छन् । २ या ३ बर्षको उमेरमा मात्रै बच्चाहरु आफ्ना लिङ्ग अनुसारको चाह देखाउने बताँउदछ । हामीले त्यसअगाडि नै छोरा या छोरीलाई उनिहरुको लिङ्ग अनुसारको लवाइ, खेलौना र सोचले भरिसकेका हुन्छौ । छोरीलाई पुतली थमाइन्छ, भाँडाकुटि र रंगिन ब्लकहरु पनि भने उता छोरालाई फुटबल, बन्दुक, साइकल र गाडिले भरिपुर्ण गरिन्छ ।
नबुझ्ने भइक्नै हामीले बालबालिकालाई लिङ्ग अनुरुपका बिचार, चाहना र धारणा दिइसकेका हुन्छौ हैन र ?
अर्कोतर्फ आमाहरुले हुर्काउन चाँही छोरी पनि हुर्काउने तर माया बढि छोरालाई गर्ने आरोप पनि छ । यसो हुँदा छोरी भन्दा छोराहरुलाई संसार धेरै सजिलो लाग्ने र हेपाहा प्रवृति बढ्ने नभएको पनि हैन ।
यसअर्थमा हामीले हाम्रा छोराहरुलाई आफ्नालागि पकाउन्, धसन अनि सफा गर्न पनि आँफै गरुन भनेर सिकाउन जरुरी छ । जबसम्म नारीउन्मुख मानिएका कार्यहरु छोराहरुले आँफै गर्न सक्दैनन तबसम्म नारीवाद संभव नहोला भन्न सकिन्छ । छोराहरुलाई काम र परिवारको सन्तुलन पनि सिकाउन बच्चैदेखि जरुरी छ । अरुहरुको ख्याल राख्न पनि सिकाउन जरुरी छ है ।
हाम्रा कार्यहरुले र ब्यवहारहरुले शब्दहरु भन्दा धेरै कुराहरु बोल्दछन अनि आँउदा पुस्तालाई सिकाँउदछन् । नारीवादी छोरा हुर्काउन सकेका मात्र परिवार अनि समाजमा नारीसमानता संभव छ ।
बुवालाई अनुशरण गर्नेमात्र नभई आमालाई सघाउने अनि माया गर्ने र भविष्यमा श्रीमती अनि दिदिबहिनीहरुलाई पनि सम्मान गर्ने छोरा नै भविष्यको नारीवादी छोरा हो ।
सबै अभिभावकहरुमा शुभकामना छ ।
हाम्रो पात्रोकालागि सुयोग ढकाल
Liked by: