निर्जला एकादशी, तुलसी रोप्ने दिन | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

निर्जला एकादशी, तुलसी रोप्ने दिन




   Suyog Dhakal - Jun 05 2017

घर अगाडि एउटा सानो सिँगारिएको तुलसीको मोठ सनातन धर्मावलम्बीहरुको पहिचान हो । तुलसी बास्तवमै एउटा बहुउपयोगी र ओखतीजन्य वनस्पति हो । हरेक वर्ष निर्जला एकादशीका दिन सनातन धर्मावलम्बीहरुले तुलसी रोप्ने गर्दछन् ।

यो पनि हेर्नुहोस् : यसपाली ऐसेलु खानु भयो ?

त्यसैले होला वर्षभरिका २४ वटै एकादशी मध्य निर्जला एकादशीको आफ्नो विशेष महत्व छ । पाण्डव भीमा एकादशी या जेष्ठ शुक्ल एकादशीका रुपमा पनि यस एकादशीलाई सम्बोधन गर्ने चलन छ ।
निर्जला अर्थात जल पनि नखाईकन भन्ने अर्थ लाग्दछ, यस अर्थमा यस एकादशीमा भक्तिभावका साथ जल पनि सेवन नगरी ब्रत बस्ने र तुलसी रोप्ने गरिन्छ ।

सनातन धर्मको प्राण बोकेका ग्रन्थ वेदका अनुसार चन्द्रमाको गतीशिलता र मानवको संस्कार र व्यवहारमा गहीरो सम्बन्ध छ । एकादशीको दिन मानव दिमाग आफ्नो सोच र उत्पादकत्वको अधिकतम बिन्दुमा पुग्दछ र यसै कारणले आजको दिनमा आफ्नो चित्त शुद्ध पारी परमात्माको साधना गर्दै ब्रत बसेमा अधिकतम लाभ हुने र बैकुण्ठ प्राप्त हुने विश्वास छ ।

एकदिन अगावै सन्ध्याबन्दनम गर्ने र फलफुल मात्र सेवन गरि अर्को दिन ब्रत बस्ने परम्परा छ । ब्रतको भोलिपल्ट ब्रत समापन गर्दा पानी, तुलसीका पातहरु अनि केही फलफुल प्रसादका रुपमा खाने चलन छ ।
यस एकादशीका दिन विष्णुदेवको प्रतिमा शालिग्रामलाई पञ्चामृतले पवित्र स्नान गराएर राख्ने चलन छ भने यस एकादशीमा विष्णु मन्दिरहरुमा विशेष घुँईचो रहन्छ । कतिपय ठाँउमा त एकादशीको रातभरि जाग्राम बस्ने चलन पनि छ ।

जनउक्ति कोट्याउन चाह्यौ, शक्तिशाली पाण्डव पुत्र भिम आफ्नो खानाप्रतिको मोहका कारण एकादशी ब्रत लिन असमर्थ हुने गर्दथे । यसै समस्याका साथ उनी गुरु ब्यासको मा पुगेर आफ्नो खाना देखेपछि सहन गर्न नसक्ने र ब्रत तोडिने बताउन पुग्दछन् । गुरु ब्यासले भीमलाई निर्जला एकादशीको महिमा बताएर यस एकादशी ब्रत लिनाले बाँकी २४ वटै एकादशी लिएको बराबर फल प्राप्त हुने बताउनुहुन्छ । भीमले त्यसपछि आत्म नियन्त्रण पाउन सकेर एकादशी ब्रत बसेको कथा छ ।

अर्कोतर्फ आज तुलसी रोप्ने या भनौ छर्ने चलन छ । घर अगाडिको तुलसीको मोठमा तुलसीका सुकेका बिऊहरु अर्थात मञ्जरी छर्ने चलन छ ।

आज रोपेको तुलसीले वर्षभरि हामी सबैको खुशीयाली र प्रगतिको रक्षा गरुन् । निर्जला एकादशीको शुभकामना ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.