सन् १९८२ मा प्रथम कृती ए पेल भ्यू अफ हिल्स लेखेका ईशिगुरो ले सन् २०१७ सम्मको लेखन यात्रामा अन्य थूप्रै कृतीहरु अनि परिवेशहरु पस्केका छन् । २०१७ मा यिनको नोवेल पुरस्कार लगभग धेरैले अड्कल पनि काटेको बिषय हो । यस पटक एसिया महादेशकै सर्जकको पोल्टामा यस पुरस्कार पर्न गयो, खुशीकै कुरो हो ।
पोहोर साल गायक एवं गीतकार बब डायलनले नोवेल साहीत्य पुरस्कार पाँउदा एक हिसाबले बिश्व समुदाय चकित पनि नपरेको हैन् । बब डायलनका गीत अनि संगीतमा जादु नभएको हैन तथापि गायकका रुपमा अधिकांश बिश्ववासीले चिनेका यि सर्जक एक्कासी नोवेल साहित्य पुरस्कार बिजेता हुँदा आश्चर्य लाग्नु स्वभावीक थियो ।
यो पनि हेर्नुहोस् : सार्वजनिक स्थलमा अन्धाधुन्द हत्या गर्नेहरु
नोवेल साहित्य बिधामा संगीतको यो समिश्रण अनि घोषणा बिवादीत पनि बन्यो अनि सहर्ष स्वीकार पनि भयो । नेपाल अनि साहित्य अत्यन्त निकट कुरा हो, आउनुहोस् बिश्वको यो कुनामा बसेर अन्तराष्ट्रिय साहित्य जगतको महान उपाधी नोवेल साहित्य पुरस्कारको सन् २०१७ का बिजेता कवी अनि लेखक कुरा गरौं ।
कुरा गरौं यी खारिएका श्रष्टा काजुओ ईशिगुरोको ।
काजुओ ईशिगुरो जापानमा जन्मिएका अनि बेलायतमा हुर्किएका हुन् । नागाशाकी जापानमा सन् १९५८ मा जन्मिएका यिनी ईशिगुरो ६२ बर्षका भए, ५ बर्षको उमेरमा जापान छाडेका भएपनि यिनका सृजनामा यूद्धका खाटा अनि व्यथाहरु पाइन्छ । उनको कृती "आर्टिस्ट अफ द फ्लोटीगं वल्र्ड" अर्थात तैरिरहेको बिश्वको एउटा कलाकारमा उनले एकजना जापानी चित्रकारको कथा कोरेका छन् जसलाई जापानी सरकारले दोश्रो बिश्वयूद्धपछि देशद्रोहको आरोप लगाएको हुन्छ। यिनको अर्को कृती "रिमेन्स अफ द डे"मा आधारित भएर त चलचित्र नै बनेको छ ।
सभ्रान्त नाजी हाकिमले आफ्ना बारेमा लेखेको सकारात्मक शब्दहरु पात्र स्टेफेन बटलरले हाकिमको मृत्यूपछि मात्र पाँउदछ । मेरा लागि भने उनको दमदार कृती सन् १९९५ मा प्रकाशित "द अनकन्सोल्ड" हो । भारी शब्द भन्दा पनि अचम्मका घटनाक्रम नै यस कृती अनि सर्जकको शक्ति हो ।
लिफ्टमा चढेका मान्छेहरुबीच गाँसिएको यो कृती एउटा सानो यात्राका बारेमा हो । स्पष्ट रुपमा एकजना पियानो बजाउने मान्छेको बिदेशयात्रा अनि कामको चापको बिषयमा यस कृती रहेको छ, ३ दिनको कथा रहेको यो कृती अत्यन्त दमदार र पढ्नै पर्ने कृतीमध्य एक हो । ५१० पानाको भएतापनि ३ दिनको कथा रहेको यो पियानो बाधक अन्त्यमा शुन्य मञ्चमा छिर्दछन् ।
अग्रेजी पत्रिका द गार्जियनसंगको धेरै अघिको अन्तर्वार्तामा जीवनलाई सपनाहरुको व्याकरणसंग ईशिगुरोले तुलना गरेका छन् । पुराना कथामा ढोकाको ढकढक पछि मान्छे छिर्दछ भने नयाँ धारमा कुरा फरक हुने अनि पाठकको सपनाको व्याकरणसंग मेल खान सहज हुने घटनाक्रम उनी व्याख्या गर्दछन् ।
नागाशाकीमा जन्मो यि सर्जकका कथामा द्धन्द, असमानता अनि कलाप्रेमी पात्रहरु लगभग सबैजसो कृतीमा पाइन्छ । अर्कोतर्फ उनका पीता बिश्वप्रसिद्ध समुन्द्र बिशेषज्ञ हुन जो अत्यन्त गोप्य परियोजनाका लागि वेलायत सरकारका लागि कार्य गर्दथे । तसर्थ धेरैजसो वाल्यकाल यिनको कडा सुरक्षा बीच बित्न पुगेको थियो ।
सन् १९८२ मा प्रथम कृती ए पेल भ्यू अफ हिल्स लेखेका ईशिगुरो ले सन् २०१७ सम्मको लेखन यात्रामा अन्य थूप्रै कृतीहरु अनि परिवेशहरु पस्केका छन् । २०१७ मा यिनको नोवेल पुरस्कार लगभग धेरैले अड्कल पनि काटेको बिषय हो ।
यस पटक एसिया महादेशकै सर्जकको पोल्टामा यस पुरस्कार पर्न गयो, खुशीकै कुरो हो ।
यिनको वेन बी वेयर अर्फानस अर्थात जब हामी टुहुरा थियौं भन्ने पुस्तक पनि उत्तिकै चर्चित छ । बिभिन्न अन्तराष्ट्रिय पुरस्कार अनि सम्मान वाट सम्मानित यि लेखक ले मान्छेभित्र को आन्तरिक द्धन्दलाई पनि बडो गज्जब संग प्रस्तुत गरेका हुन्छन् । कथाले अड्कल नै काट्न नसक्ने मोड लिन्छ, पात्रले जीवनको प्रार्थमिक्तालाई बडो चित्तोकर्षक तवरले परिवर्तन गर्दछ अनि पाठकले एउटा अविस्मरणीय स्वाद पाँउदछन ।
उनका हरेक कृतीको साराशं दिने प्रयास गर्दछु, जीवन कसैको पनी स्पष्ट छैन् ।
बधाई छ, ईशिगुरो । कहिले काँही नेपाल अनि सगरमाथाका कथाहरु पनि लेखिदेउ है ईशिगुरो ।
सुयोग ढकाल
Liked by: