पतंजलि– बाबा रामदेवको नयाँ खाले मार्केटीगं इतिहास कथा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

पतंजलि– बाबा रामदेवको नयाँ खाले मार्केटीगं इतिहास कथा




कुनैनि ब्राण्ड ल्याउन अघि एउटा बलियो समुदाय बनाउन जरुरी रहेको पतंजलिले बिश्वलाई सिकाएको छ । अहिले बिश्वका हरेक मार्केटीगं सिकाउने बिश्वबिधालयमा पतंजलिको मार्केटीगं लाई नयाँ धारको बजारशास्त्रका रुपमा सिकाइन्छ अनि बाबा रामदेव पनि बाबा, व्यबसाही मात्र नभई कहिलेकाँही गेस्ट स्पीक्र भएर बिश्वबिधालयमा बजारशास्त्रमा पनि प्रवचन दिन पुग्दछन् ।



सन् २००६ मा स्थापना गरिएको पतंजलि आयुर्वेद लिमिटेडको २०१५÷१६ कारोबार भा.रु. ५,००० करोड देखिएको थियो र आउँदो वर्षको कारोबार दुई गुनासम्म रहने अपेक्षा गरिएको छ। पतजंलि आयुर्वेदले विविध दैनिक उपभोग्य वस्तुहरु उत्पादन गर्दछ। एफएमसीजी अर्थात फास्ट मूभींग कन्ज्यूमर गूड्स भन्नाले दैनिक उपभोग गरिने वस्तुहरु जो तुलनात्मक रुपमा कम मूल्यको हुन्छ र यस्ता उत्पादनको खपत पनि दैनिक रुपमा हुन्छ जसको कारणले यसलाई फास्ट मूभींग भनिन्छ।
आचार्य बालकृष्ण र बाबा रामदेवद्वारा प्राचीन ज्ञान, आयुर्वेद र वर्तमान प्रविधिको संयोजित उत्पादन उपभोक्तालाई प्रदान गराउने उद्देश्यले सन् २००६ मा पतंजलि आयुर्वेदको स्थापना गरिएको हो। अहिले पतंजलि आयुर्वेद विषेश गरी भारतमा एउटा सफल एफएमसीजी प्रदायकको रुपमा स्थापित भइसकेको छ। युनीलीभर, डाबर, कोल्गेट पाल्मोलिभ जस्ता अन्य एफएमसीजी बहुराष्ट्रिय कम्पनीहरुको प्रतिद्वन्द्वी पतंजलि आयुर्वेदले बजारको भाग धेरै आफ्नो बनाइसकेको छ। नेपाल पनि यसको मुख्य बजार रहेको पाइन्छ।
हुरुन अनुसन्धान संस्थानले प्रकाशन गरेको भारतका धनाड्यको सूचीमा भा.रु. २५,६०० करोडको सम्पत्ति सहित पतंजलि आयुर्वेदको प्रमुख कार्यकारी अधिकारी आचार्य बालकृष्ण सूचीमा २५औँ स्थानमा छन्। सेम्टेम्बर ७ मा प्रकाशित सो सूचीमा भा.रु. १,६०० करोड र त्यसमाथि सम्पत्ति भएका ३३९ धनाड्य छन्। मुकेश अम्बानी कुल सम्पत्ति भा.रु. १,६३,४०० करोडका साथ हुरुन इन्डिया धनाड्य सूचीको पहिलो स्थानमा यो वर्ष सहित लगातार ५ वर्ष सम्म रहन सफल रहे।
४५ प्रकारका कस्मेटिक उत्पादन र ३० प्रकारका खाद्य उत्पादन सहित पतंजलिले ४०० भन्दा बढि उपभोग्य वस्तुहरु उत्पादन गर्छ र अहिले त पतंजलिको उत्पादन क्षीतीज झनै बढेर चाउचाउ, बिस्कुट, पीठो हुँदै धेरै उपभोग्य बस्तुहरु सम्म पुगीसकेको छ । । पतंजलिका अनुसार त्यसका उत्पादन आयुर्वेदिक र अन्य प्राकृतिक तत्वहरुले उत्पादन गर्ने गरेको छ। यसका साथै बाबा रामदेवले जीन्सको उत्पादन पनि अब चाँडै सुरु गर्ने घोषणा गरेको छन्। स्वदेशी जीन्स नाम दिइने भन्दै बाबा रामदेव बहुराष्ट्रिय कम्पनीको उत्पादनलाई चुनौती दिन कपडा उद्योगतिर व्यवसाय विस्तार गर्ने भन्छन्। 
खाद्य र कस्मेटिक वस्तुको उत्पादन पछि एक प्रकारको ब्रान्ड इमेज बनाइसकेको पतंजलि आयुर्वेदलाई अब कपडा उद्योगमा आफ्नो ब्रान्ड÷उत्पादनको इमेज कायम राख्न कठिन नै देखिन्छ। तैपनि स्थापित र तिब्र गतिमा बढिरहेको पतंजलि आयुर्वेदलाई आफ्नो व्यवसायिक नाम अनुसारको प्राकृतिक स्वदेशी जीन्स उत्पादन गर्नमा काठिन्य नहोला।
नेपाल र बंग्लादेशमा कारखाना बनाइसकेको पतंजलि आयुर्वेद व्यापार विश्वव्यापी विस्तार गर्ने भन्दै अब अफ्रिकन मुलुकहरुमा बढाउने सोच्दछ। अनुमति पाएमा पाकिस्तान र अफ्गानिस्तान यसको विस्तार गर्ने बाबा रामदेव भन्छन्। पतंजलि आयुर्वेदका उत्पादन खाडी मुलुकहरुमा समेत पुग्ने गरेको छ। कारोबारको फाइदा यी देशहरुको विकासमा उपयोग गर्न सकिने बाबा रामदेव भन्छन्।
बहुराष्ट्रिय कम्पनीहरुलाई चुनौती दिँदै पतंजलि आयुर्वेद लिमिटेड आफू पनि एक बहुराष्ट्रिय कम्पनीको रुपमा स्थापित हुन प्रयास गरिरहेको छ र यो कुरा पतंजलि आयुर्वेदको बढ्दो वार्षिक कारोबारले पुष्टि गर्छ। उत्पादन र क्षेत्र विस्तार सहित पतंजलि आयुर्वेद एफएमसीजी प्रदायकको रुपमा मात्र सिमित नरहेर शक्तिशाली बहुराष्ट्रिय कम्पनीको रुपमा स्थापित हुन पहिला वर्षका प्रगति अनुरुप धेरै समय नलाग्ला।
अहिले त नेपालमा पनि पतंजलिका उत्पादनहरु घरघरमा देख्न थालिसकेको छ भने गएका दशकमा टीभीमा योग सिकाउने रामदेव बाबा र आचार्य रामकृष्ण अब प्राईभेट जेट चढ्ने पूजीपती पनि भइसकेका छन् । यति छीटो यति प्रगती गर्ने पतंजलि अहिले बिश्वका सर्वोत्तम बहुराष्ट्रिय कम्पनीहरुकालागि पनि एउटा नौलो उदशारण भएको छ । औधोगिक पदार्थ या उत्पादन भन्दा पनि धर्म, संयम अनि पूर्वीय सभ्यता र जीवनशैलीलाई पतंजलिले भजाउन सफल मानिन्छ । केही उत्पादनहरु बजारमा आउनासाथ प्रत्यूत्पादक पनि नभएका हैनन तथापी पतंजलिको बढ्दो ब्रान्डका अगाडी साना कुराहरु बिलाएर गएका छन् । १५० प्रतिशत औसत बिक्री बृद्धि रहेको पतंजलिका शुरुवाती व्यक्तित्व बाबा रामदेवलाई सन् २०१६ मा फ्यूटर कम्पनी लिष्टमा सबैभन्दा सिर्जनात्मक व्यबसाहीका रुपमा २७ सौ नम्बरमा राखिएको थियो । २० औं शताब्दीको शुरुवात संगै भारतमा पनि औधेगिक क्रान्ती अनि टीभी हेर्ने सस्करको व्यापक बृद्धि भएको हो, बाबा रामदेव यसै क्रममा सस्कार टीभी मार्फत हरेक बिहान भारतीयहरुको घरदैलो ढकढक्याउन पुग्ने गर्दथे । त्यसपछि आस्था च्यानलमा उनी झुल्कीन थाले, स्वास्थ अनि आरोग्यका हरेक कार्यक्रममा आचार्य रामकृष्ण उनीसंगै हुन्थे । रामदेवले जीवनशैली अनि आधुनीक उत्पादन उपर चर्को बिरोध गर्दथे, कहिले शौचालय सफा गर्न कोकाकोला त कहिले चाउचाउको खेदो खन्ने रामदेवले भारतीय दर्शकको समक्ष आफ्नो यस्तो ब्राण्ड बनाए कि एक दशक भित्रै उन्को आफ्नै पतन्जलीले धेरै पुराना कम्पनीहरु जस्तै कोलगेट, नेस्लेहरुलाई नमिठो पछार्यो । 
कुनैनि ब्राण्ड ल्याउन अघि एउटा बलियो समुदाय बनाउन जरुरी रहेको पतंजलिले बिश्वलाई सिकाएको छ । अहिले बिश्वका हरेक मार्केटीगं सिकाउने बिश्वबिधालयमा पतंजलिको मार्केटीगं लाई नयाँ धारको बजारशास्त्रका रुपमा सिकाइन्छ अनि बाबा रामदेव पनि बाबा, व्यबसाही मात्र नभई कहिलेकाँही गेस्ट स्पीक्र भएर बिश्वबिधालयमा बजारशास्त्रमा पनि प्रवचन दिन पुग्दछन् । 

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.