के २१ औं शताब्दीमा पनि रेडियो सान्दर्भिक छ ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

के २१ औं शताब्दीमा पनि रेडियो सान्दर्भिक छ ?




   Suyog Dhakal - Apr 10 2018

टिभिले सबैलाई तस्बिर नै देखाउँछ, तर रेडियोले लाखौँ मानिसको दिमागमा लाखौँ तस्बिर जन्माउँछ



पहिले पहिले रेडियोको फ्रिक्वेन्सी घुमाँउदा मुश्किलले थोरै स्टेशनमात्र सुन्न पाएका देखि मीडियम वेबमा विभिद भारतीमा या सिलोगं स्टेशनमा गीत सुनेका पुस्ताहरु अझै छँदै छन्, देशमा ।
विवाहमा नेशनल पानासोनीक लगायतका रेडियो त एकताका अपरिहार्य दाइजो झैं भाको समय पनि थियो । रेडियो नेपालमा शनिवार पाण्डव सुनुवार, जयन्ती माला राजभण्डारी अनि रेडियो नाटकको स्वाद त अmभै पनि ताजा झैं छ । राजधानीको सन्देशवाट देशैभरि सन्देश दिने हरु त्यस साताका सेलिब्रेटी हुन्थे भने रेडियो सुनेरै पत्रमित्रता गर्दै विवाह सम्म भएका जोडीहरु अझै छन्, देशमा । अहिले आएर रेडियोको सख्याँ अनि राजनिती धेरै बढेको छ, देशमा । अनि शुरु भएको छ रेडियोको सान्दर्भिकताको विवाद ।
साथीसंग मनका कुरा देखि हाम्रो पात्रो पोडकास्ट सम्म, अडियो अनि रेडियोको कुरामा म आँफै प्रत्यक्ष परोक्ष रुपमा संलग्न नै छु । रेडियो मेरो त्यो प्रिय बस्तु मध्य हो जसको कुनै प्रतिस्थापन हुनै सक्दैन् ।
सन् १९४० र ५० मा टेलिभिजनको मोहमा चुर्लुम्मै डुबेका हस्तीहरुले रेडियोको अन्त्यको भविष्यवाणी गरिसकेका थिए । सोफामा बसेर फिल्म हेरेकोजस्तो आनन्द रेडियोले दिन नसक्ने उनीहरुको दाबी थियो । रक एण्ड रोलको सुरुवातपछि, सारा युवाहरु पहिलेभन्दा ज्यादा रेडियोतर्पm नै फर्के र महान् हस्तीका भविष्यवाणीलाई गलत साबित गरिदिए । सुरुवात कालदेखि नै नयाँ पुस्ताको श्रोताहरुको स्वाद तथा बजारमा उपलब्ध नयाँ प्रविधिमा ढाल्दै रेडियो अहिलेसम्म जीवित रहन सफल भएको छ । सन् १९८० र ९० को दशकमा सिडी र भिडियो रेकर्डर छ्यापछ्याप्ती आउन थालेपछि रेडियो जोखिममा पर्दै गएको थियो । ९० को दशकको अन्तिमतिर र सन् २००० को पूर्वाद्धमा रेडियोले भिन्न सांगीतिक तथा भलाकुसारी कार्यक्रम प्रस्तुत गरेरै श्रोताको मन जितिरह्यो । मार्क ट्वेनको शब्दमा भन्नपर्दा रेडियोको दिवंगतको समाचारलाई अनावश्यक रुपमै तन्काइन्छ । 


अक्षर नै नचिन्ने मानिसहरुले पनि समाचार वा जानकारी सस्तो माध्यमबाट नै प्राप्त गर्न सक्ने भएकाले पनि रेडियो सजिलै नअस्ताएको हो । टिभी कार्यक्रमभन्दा रेडियो कार्यक्रम बनाउन सस्तो मात्र होइन, विभिन्न भाषाहरुमा पनि बनाउन सजिलो हुने भएकाले रेडियोलाई सुलभ सञ्चार माध्यम भनेर पनि चिनिन्छ । भौगोलिक हिसाबले कठिन स्थानमा पनि अरु सञ्चार माध्यम पुग्न नसक्दा रेडियो पुग्ने गरेको हुन्छ । प्रविधिले फड्को मार्न थालेको नै सय वर्ष पुग्न थालिसक्यो । अहिले त साधारण मानिसले पनि केही सीप र जानकारीको भरमा रेडियो सिग्नल प्रसारण गर्न सक्दछन् । जनआन्दोलन वा अभियानहरु सञ्चालन हुँदा रेडियोको प्रयोग यसै हुने गरेको होइन । बिहान उठेर सबैभन्दा पहिला रेडियोमा समाचार सुन्नु संसारभरका धेरै मानिसहरुको साझा बानी रहेको पनि पाइएको छ ।
अझ प्राकृतिक प्रकोपको बेलामा त रेडियोको प्रयोग र आवश्यक्ता ह्वात्तै बढेर जान्छ । अमेरिकी लेखिका मार्गरेट नुनन भन्छिन्, “टिभिले सबैलाई तस्बिर नै देखाउँछ, तर रेडियोले लाखौँ मानिसको दिमागमा लाखौँ तस्बिर जन्माउँछ ।”
रेडियो टिक्दैन भन्नेहरुले भने इन्टरनेटले निकट भविष्यमै रेडियोका प्रविधि तथा यसका सामाग्रीहरु समेत अप्रचलित बन्दै जाने बताउँछन् । इन्टरनेटको अन्तक्र्रियात्मक क्षमताको अगाडि रेडियोले केही पस्किन नसक्ने उनीहरुको भनाई छ । इन्टरनेटमै स्ट्रिमीङ र आफ्नै च्यानल खोल्न पाउने सुविधा प्राप्त हुन थालेपछि रेडियो टिकिराख्न नसक्ने उनीहरुको अनुमान छ ।गीतकै लागि रेडियो बढि सुनिने र अहिले विकसित हुँदै गइरहेका एपहरुले श्रोताको रोजाइअनुसारको गीतहरुको लिस्ट पनि आपैmँ बनाइदिने भएकाले पनि रेडियोको प्रयोग घट्दै गइरहेको उनीहरुको दाबी छ । फोनमा इन्टरनेटको सुविधा नभएका केही मानिसहरु मात्र रेडियो सुन्ने गर्दछन् । समाचारकालागि रेडियो सुनिने भएपनि मिनेट मिनेटमा इन्टरनेटमा छ्यापछ्याप्ती पाइने समाचारहरुले मानिसहरुलाई बढी आकर्षित गर्ने भएकाले पनि इन्टरनेट नै बढी लोकप्रिय बन्दै गइरहेको उनीहरु बताउँछन् । 


रेडियोको अन्त्य नै भइसकेको त छैन होला, तर अन्त्यकै बाटोमा रहेको यी सोचका मानिसहरु बताउँछन् । अहिलेका पुस्तालाई रेडियोले खासै आकर्षित गर्न नसकेका कारणले पनि रेडियो चाँडै नै इतिहास बन्ने रेडियो टिक्दैन भन्ने जमातहरुको अनुमान छ । रेडियोको अस्तित्व अभैm सकिनसकेको दाबी गर्नेको भीडले भने रेडियो अभैm सान्दर्भिक रहेको बताउँछन् । विश्व डिजिटल रुपमा अघि बढिरहेको भएपनि प्राकृतिक प्रकोपको समयमा रेडियो जति प्रभावकारी अरु बन्न नसक्ने उनीहरुको भनाई छ । तर, यति भन्दाभन्दै पनि उनीहरु रेडियोको अस्तित्व संकटमा रहेको भने स्वीकार गर्दछन् । नयाँ नयाँ प्रविधि भित्रिदैँ जाँदा, रेडियोलाई आफ्नो प्रभाव जमाइराख्न हम्मेहम्मे परेकोमा दुई मत छैन । सामाजिक सञ्जालतर्पm मानिसहरुको बढ्दो रुचि र रेडियोको धर्मराउँदै गइरहेको प्रस्तुतिलाई उनीहरु पनि प्रश्नवाचक चस्माले नै हेर्ने गर्दछन् । युट्युब कति जनाले हेरे जसरी मापन गर्न सकिन्छ, रेडियो कतिले हेरे भनेर मापन गर्न नसक्नु पनि यसको अर्को बेफाइदा हो । 


रेडियो कहिलेसम्म टिक्ला भनेर यकिनका साथ कसैले पनि भन्न सक्दैनन् । इन्टरनेट र प्रविधिको बढ्दो बजारले यसको अस्तित्वलाई संकटमा पु¥याइरहेकोमा कुनै शंका छैन । तर सामान्य लेखपढ पनि गर्न नजान्नेहरुका लागि वा बिजुली बत्ती र टिभीको पहुँचमा पुगिनसकेका जनताहरुका लागि रेडियो अभैm पनि भरपर्दो साथी हो । गाउँमा फुसर्दको समयमा रेडियो कार्यक्रम सुन्ने, खेतबारीमा काम गर्दागर्दै मनपर्ने रेडियो कार्यक्रम प्रस्तोतालाई फोन हान्ने श्रोताहरु अभैm पनि गाउँघरमा पाइन्छन् । बिहान उठेर भजन सुन्न वा बत्ती नहुँदा समाचार सुन्नको लागि भरपर्दो माध्यम रेडियो नै हुने गरेकाले पनि रेडियोको अस्तित्व हाम्रोजस्तो मुलुकमा इन्टरनेटले ठ्याम्मै रोकिदियो भन्ने बेला भइसकेको छैन कि !

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.