पृथ्वीका बिभिन्न ठाउमा फरक हावापानी छ, त्यस्तै फरक तरिकाको जीवन यापन र रहन सहन छ। यातायात बिकासका कारण मानिसहरु पृथ्वीको कुनै पनि भागमा सजिलै जान सक्ने भएका छन । ति ठाउका जिवात्माहरुमा लाग्ने रोग पनि फरककिसिमका छन । कतिपय बिरामीहरुलाई बचाउन स्वस्थ रगत नै दिनु पर्ने हुन्छ । यो रगतको श्रोत चाँही स्वस्थ ब्यक्ती नै हुन । हरेक देशका सरकारले आफ्ना नागरिक स्वस्थ रहन र उपचार गर्न निती नियमहरु बनाएका छन । समय परिस्थिती अनुसार रगतदिने नियमहरु पनि थपघट गरिरन्छन ।
नेपाल, भारत जस्ता देशहरुमा बिरामीहरुलाई बचाउन रगत दिने स्वस्थ ब्यक्ती १८ वर्ष पुरा भएको र ६० बर्ष ननाघेको हुनुपर्छ । ४५ के जि वजन हुनुपर्छ । उच्च रक्तचाप वा औषधी लीई रहेकाहरुले पनि रगत दिन मिल्दैन । दुई रक्तदानको अन्तराल ९० दिनभन्दा कम हुनुहुदैन । पुरुषले बर्षमा ४ पटक र महिलाले २ पटक रगत दिन सक्छन । एक पटकमा ४०० एम एल सम्म रगत दिन सक्छन ।
बिकसित देश अमेरिकामा भने रगत दिनको लागि अली फरक नियम छ । बिकासोन्मुख तथा अल्पबिकसित ९औलोरोग प्रभावित० देशबाट ब्यक्तिले अमेरिकामा कम्तिमा ३ बर्ष लगातर बसोबास गरेको हुनुपर्छ । अमेरिकामै बसोबास गरिरहेका हरु यदी त्यस्ता देशमा गएका छन भने रगत दिन १ वर्ष पर्खिनु पर्छ । अमेरिकामा महिला वा पुरुषले हरेक ५६ दिनमा ५०० मिलीलिटर रगत दिन सक्छन । १६ वर्ष भएकाले अबीभावकको सहमतिले र १७ वर्ष देखी ७५ वर्षसम्मकाले स्वबिबेकले रगत दिन सक्छन । त्यसभन्दा माथिका उमेरवालाले डाक्टरले स्वस्थ छ भनेमा रगत दिन सक्छन । १९८० देखी १९९६ सम्म बेलायतमा १ महिनाभन्दा बढी बसेकाले अमेरिकामा रगत दिन पाउदैनन । त्यस्तै युरोपका अरु देशहरु पनि पर्छन । अमेरिकामा वर्षमा ३००० मिलिलिटरसम्म रगत दिन सकिन्छ ।
प्लेट्लेट्स २४ पटक र प्लाज्मा १२ पटकसम्म दिन सकिन्छ । आयोवा विश्वबिद्यालयका अनुसारअमेरिकामा १६ र १७ बर्षका युवाहरुले हरेक २० हप्तामा रक्तदान गर्न सक्छन । १८ देखी २४ वर्ष सम्मकाले हरेक १६ हप्तामा रक्तदान गर्न सक्छन । २५ बर्षभन्दा बढी उमेर भएका ब्यक्तिले हरेक ८ हप्तामा रक्तदान गर्न सक्छन । प्लेट्लेट्स हरेक हप्ता तरबर्षमा २४ पटकसम्म दान गर्न सक्छन । प्लाज्मा हरेक २८ दिनमा दान गर्न सक्छन । अमेरिकामा दिनमा ३६ हजार रेडसेल, ७ हजार युनिट प्लेट्लेट्स र १० हजार युनिट्स प्लाज्मा आबश्यक पर्छ । अमेरिकामा करीब ७० लाख जनाबाट १ करोड ३६ लाखयुनिट रगत सन्कलन हुन्छ । अष्ट्रेलियामा सोर सत्र बर्षकाले बर्षमा १ पटक र १८ देखी ७० बर्षसम्मकाले रगत दिन सक्छन । रगत दीई रहेकाले भने ८० बर्षको उमेरसम्म रगत दिन सक्छन ।
अष्ट्रेलियामा रगत दिन ४ महिना बसेको हुनुपर्छ । युरोपमा रगत दिन८ महिना बसोवास गरेको हुनुपर्छ । रगत दिनको लागि तीन चार महिना पहिले नै नमुना रगत दिएर औलो रोगको परिक्षण गर्नुपर्छ । रगतमा नेगेटिभ रिपोर्ट आएमामात्र रगत दिन सकिन्छ । रुस, इजराइल जस्ता देशमा त्यही जन्मेकाले मात्र रगत दिन पाउछन ।मकाउमा पुरुषले हरेक तीन महिना र महिलाले चार महिनामा रगत दिन सक्छन । रगत दिनको लागि रक्तचाप डाइस्टोलिक ५० देखी १०० र सिस्टोलिक १०० देखी १८० एमएम एचजी हुनुपर्छ । २४ घण्टा यता अल्कोहलजन्य पदार्थ पिएको हुनुहुदैन । पल्स रेट५० देखी १०० नियमितता हुनुपर्छ । जापानमा १६ बर्षका पुरुषले २०० एम एल, १७ बर्षकाले ४०० एम एल रगत दिन सक्छन । १८ बर्षकाले रगत, प्लाज्मा, प्लेट्लेट्स दिन सक्छन । ४० किलोग्राम वजन भएकी १८ बर्षकी महिलाले रगत दिन सक्छिन ।साधारणतया जापानमा पुरुषले बर्षमा १२०० एम एल र महिलाले ८०० एम एल रगत दिन सक्छन
जापानमा ट्याटु लगाएकाले ६ महिना र अमेरिकामा १ बर्षपछीमात्र रगत दिन सकिन्छ । जापानमा रगत दिनु भन्दा कम्तिमा घण्टा अघी र पछी अल्कोहलजन्य रसुर्तीजन्य पदार्थ सेवन गर्नुहुदैन । यसले रगतलाई पातलो गराउन सक्छ । जापानमा आएका ४ हप्ता पछी जो कोही स्वस्थ ब्यक्तिले रगत दिन सक्छन । सन २०१४ को तथ्यान्क अनुसार जापानमा करीब १२ लाख जना बिरामीलाई बचाउन ५१ लाख जनाले रगतदिएका थिय ।
संयुक्त राज्य अमेरिकामा रक्तदान गर्नुलाई नागरिकहरु सामाजिक जिम्मेवारी र कसैको जीवन बचाउने राम्रो मौका हो भन्ने ठान्छन ।
बेलायतमा राष्ट्रिय रक्त सेवाले नियमित रक्तदानकर्ताहरूसँग काम गर्न ठूलो ध्यान दिन्छन् । नयाँ रक्तदाताहरूलाई पनि आकर्षित गर्न विशेष मिडिया जानकारी सहितको अभियान र गतिविधिहरु गर्छन् । ूडोनरू म्यागजिन एक बर्षमा दुई पटक प्रकाशन गर्छन्र मानिसहरु आवतजावत गर्ने ठाउहरु, कार्यालयहरू र सामूहिक भेलाका हुने ठाउँहरूमा निस्शुल्क वितरण गर्छन् ।
जर्मनिमा जर्मन रेडक्रस, संघिय सरकार, समुदायका विश्वविद्यालय क्लिनिकहरू र औषधि उद्योगहरुले रक्तदान सेवा गर्छन् । समुदाय र औषधि उद्योगहरुले जसले दुई मान्छेलाई रक्तदान गर्न ल्याउछ त्यस्तालाई आकर्षक पुरस्कार, उपहारहरु दिएर हौषलाप्रदान गर्छन् ।
अर्जुनप्रसाद मैनाली
Liked by: