बलात्कारी, तेरो लागि चिठ्ठी लेखेको छु ।
प्रस्तुत आलेख ग्रेस सिरिल नामक भारतीय बिधार्थी एवं लेखिकाको प्रकाशीत बहुचचर्चित लेखको नेपाली अनुवाद हो ।
गुरुत्वाकर्षणले धर्तीलाई मेरो पैँतालामुनि बन्धि बनाएको छ भने आकाशले मेरो भाग्य प्रतिबिम्बित गरिरहेको छ । मेरो जीवनको यस मृत्यु ब्यूँताउने पलमा चलिरहेको यो दुष्ट हावालाई म अनुभव गर्छु र सोच्दछु, यो अभैm कहिलेसम्म ? कति महिलाहरुले यो भोग्नप¥यो होला ? डेजी इरानीजस्ती कुशल कलाकारको कथाले मभित्र मिश्रित भावना पैदा गर्छ र यस उपनिवेशको चक्र भत्काउनका लागि म मौन रुपमा कराउँछु । कसरी एउटा लोग्नेमान्छेले ६ वर्षीय निर्दोष केटीको बलात्कार गर्न सक्छ ? किन ती बच्चीले यतिका वर्षसम्म त्यसको आघात सहनप¥यो ? एउटी ६ वर्षीय केटी सामान्य बन्नका लागि हरेक दिन सोचको खाडलमा पुरिएको कल्पना गर्नुहोस् ।
उनको कथा पढिसकेपछि म उनीसँग अभैm नजिकिएको छु किनकी हामी दुवै आँधीपछिको त्यो शून्यता हौँ जसले केही छिनमै हाम्रा मीठा सम्झनाहरु हाम्रो जीवनबाट सोरेर लगिदियो । हामी दुवै गौँथलीको मिठो संगीतमा लुकेका अल्मलिएका विकार हौँ । मेरो दुखको साथी बन्न पुगेका डेजीबाट प्रेरित हुँदै, मेरो रोदन र रोष पोखी डरबाट उन्मुक्ति पाउँदै यही क्षणमा बोल्ने साहस निकालेकी छु ।
बलात्कारी, तेरो लागि चिठ्ठी लेखेको छु ।
सुन्, मैले तँलाई माफी दिएँ । यसको अर्थ के हो म जान्दिन न म माफीको अर्थ नै बुझ्दछु तर मैले तँलाई माफी दिएँ । त्यो दिन सम्झदाँ म अभैm त्रसित हुन्छु । त्यो दिनमा कति सजिलै विलिन हुन्छु । मेरो आत्मा च्यात्न गरेको तेरो हर्कतले ममा आउने भावनाको बाढीले हरेक दिन मेरो अस्तित्व पुरिन्छ । तँ बुझ्छस् पनि आफ्नै छालामा आपूm असुरक्षित हुनुको पीडा ? १५ वर्षमा घरमा एक्लो हुनुको डर ? मध्यरातमा आत्तिएर उठ्नु वा जिन्दगीको लागि तड्पिनुको अर्थ बुझ्छस् ? त्यो भयानक डरबाट निस्किन मलाई हप्तौं लाग्यो, दर्दनाक र लामा हप्ताहरु । म बलात्कृत भएको भिडियोको दृश्य मेटाउनका लागि तँसँग गरेको मेरो अनुरोधको भय तैँले सोच्न पनि सक्छस् ? मैले नचाहँदानचाहँदै थप्पड लगाउँदै मेरा हातहरु बाँधेर त्यो भिडियो हेर्न लगाइस् । बेहोस नहुञ्जेलसम्म मलाई तर्साइरहिस् । तँ बुझ्छस् पनि, एक्लै बस्दा पनि डर कोही हुँदा पनि डर हुनुको अनुभव ?
त्यो पीडा मैले मेरो दिमागबाट हटाउन नसकेर मेरो अन्तिम परीक्षामा म अनुत्तीर्ण भएँ । तँजस्तो दुष्ट मानिस भएन भने यो संसार सायद अधुरै रहन्छ । बलात्कारको बारेमा थाहा पाउँदा मैले सोचेकी पनि थिइन, यो मलाई आइपर्छ भनेर । मेरी आमाले मलाई भन्नुभएको थियो कि सावधान नअपनाउने केटीलाई बलात्कारको बज्रपात आइलाग्छ । बलात्कृत महिला काम नलाग्ने हुन्छन् भनेर पनि उहाँले नै भन्नुभएको थियो । तेरो दुष्टताले, मेरो जीवनको वास्तविकताबाट म टाढिन थालेँ । तँ जर्बजस्ती घरभित्र छिरेको त्यो दिन मलाई अझ याद छ । मेरो कोठामा लगेर तैंले आफ्नो कपडा उतार्दा ममाथि बज्रिएको थप्पडको आँकलन गर्न पनि मैले भ्याएकी थिइन । फोन निकालेर आफ्नो बहादुरी रेकर्ड गरेको तेरो हकर्त मैले अभैm भुलेको छैन ।
जर्बजस्ती मेरो लुगा त च्यातिस् तर त्यो दिन तैंले मेरो लुगासँगै मेरो आत्मा पनि च्यातिस् जुन कहिल्यै निको हुने छैन । म चिच्याउँदा मेरो मुखमा कोचेको रुमाल मलाई जर्बजस्ती मौन बनाइएको एउटा प्रष्ट चित्र हो । मलाई अझ याद छ तैंले मेरो हात बाँधेर घण्टौँसम्म यातना दिएको । तँमाथि जाइलाग्दा चुरोटले पोलिदिएको अभैm याद छ । तैंले मेरो चैनसँगै अभिव्यक्ति गर्ने क्षमता पनि लगिस् । मेरो मौनता बुझ्न नसकी मेरा साथीहरु मबाट टाढा भए । मलाई कसैले बुझ्न सकेनन् र म एक्लो भएँ ।
तैंले दिएको धम्कीका कारण मैले यसबारे कोहीसँग भन्न सकिन । भिडियो सारा संसारलाई देखाइदिन्छु र मेरा बाआमालाई सकाउँछु भन्ने तेरो धम्कीलाई मैले पत्याइरहें । मेरो मिल्ने साथीलाई यसबारे भन्न खोज्दा उल्टो उसलाई मविरुद्ध खन्याइस् ।
परिवारलाई यसबारे भन्ने मात्र सोच्दा पनि म तर्सिन्थँे । समयसँगै यस्तो घाउ बिलाउँदै त जाला तर कहिल्यै निको हुन्न । यो घाउको चोट अभैm मसँग बाँकी छन् र बाँकी छस् तँ । ध्यानको कक्षा र लेखेर मैले आपूmलाई केही सम्हाल्न त सम्हालें तर म अन्तर्मुखी बन्दै गएँ र कोहीसँग बस्नुमाभन्दा एक्लै बस्न बढी सजिलो महसुस गर्न थालें । म अभैm उस्तै छु र उस्तै रहन्छु । लेखेर मैले मेरो मनको शान्ति केही हदसम्म भेटें । यसकै कारण चिन्ताबाट केही राहत मिल्यो र यति भन्न सक्छु कि त्यो दिनबाट केही अघि बढ्न सकें ।
यति हुँदाहुँदै पनि सबैभन्दा खराब चिज मबाट टाढिन सकेको छैन । मेरो लेखाइमा तँ आइरहिस् । तँ मेरो जिन्दगीको हिस्सा नै बनिस् र म मरेसम्म बनिरहने भइस् । तेरो कुकर्मबाट केही सकारात्मक कुरा पनि निकाल्न खोज्छु तर सक्दिन । सक्छु पनि कसरी ? तैंले जे गरिस्, गलत नै गरिस् र यो एउटा नमिठो सत्य मसँग बसिरहने नै भयो । तँ जान्दैनस् कि तँ एउटा बलात्कारी होस् र तैंले मेरो जिन्दगी कहिल्यै नफर्किने गरी बदलदिस् । त्यो घटनाको यत्तिका वर्षपछि पनि म मेरो सिरानी भिज्ने गरी रोइरहेकी हुन्छु । म माया अनुभव गर्न खोज्छु तर तैंले दिएको चोटको कारण म माया अनुभव गर्न पनि काबिल रहिन ।
हो, तैंले मेरो एक हिस्सा नष्ट नै गरिदिस् र पनि म तँलाई माफी दिन्छु ।
थाहा छ किन ? किनकी तँ मेरो जिन्दगीको हिस्सा बन्न लायकको छैनस् । म तँलाई माफी दिन्छु किनकी धेरै भयो डरसँग बाँचेको अब सक्दिन । मैले तँलाई माफी दिनुको अर्थ यो होइन कि तैंले मलाई जे गरिस् त्यो सही थियो । तँ दुष्ट नै होस् र छ वर्षअघि मसँग गरेको दुष्कर्मले तैंले जे गरे पनि मलाई न्याय हुन छैन । तँ जस्तो राक्षसलाई रोक्न जरुरी छ । अरु निर्दोष बालिकासम्म तँ पुग्नुअघि, अरु डेजी इरानी बन्नुअघि तँलाई रोक्नपर्नेछ । नत्र अरु दुखी आत्मा जन्मिरहनेछन् र तैंले दिएको पीडा हामीले सधैँ बिना अर्थ भोगिरहनपर्नेछ । हामी टुक्रिएका मनलाई बढाइचढाइ गरिरहनेछौँ, अपराधलाई सनसनी बनाइरहन्छौँ र विरोधलाई फेसनजस्तो बनाइरहन्छौँ किनकी तिमीहरु लोग्नेमान्छे–आधुनिक हिरोहरु, तिमीहरुको पौरस्यको हतियारको प्रयोगले हामीलाई जिउन दिने छैनौ ।
सुन दिदीबहिनी हो, जसले यस्तो दुष्टता भोग्नप¥यो, यो ठिक होइन भन्ने कुरा नबिर्सिनु । तिम्रो योनी कुनै राक्षसको पेवा होइन । तिमी एक्लै छैनौ । अर्को डेजी इरानी नबन । मजस्तो अर्को केटी नबन । आवाज उठाऊ । यसरी चिच्याउ कि तिम्रो चिच्याहटले ती दुष्टहरु थर्कमान हुन् । तिम्रो गल्ती वा दोष केही छैन यसकारण तिम्रो शरीर विरोधका लागि ढकेल र सबैसामु उदाँगो बनेर देखाऊ । जति रुनु छ रोऊ, तर रुन सकेपछि क्रोधले भरिएर जाग । आपूmलाई सकाउने बाटो रोज्नुको सट्टा, यो संसार तिम्रा खुट्टाले किल्चिउ किनकी तिमी शक्तिशाली छौ । मैले मेरो आत्मा मारें र यो जिन्दगीको लागि अफसोस मानेर बसिरहें तर तिमीहरु पछि नपर्नू । नछोड तिनीहरुलाई । देखाइदेऊ उनीहरुलाई को बलियो र शक्तिशाली हो भनेर ।
हाम्रो पात्रो
Liked by: