संसारमा बच्चाहरु कम हुदैछन् , प्रजजन दर/ प्रजजन निती बिशेष
नेपालमा पनि केही दशक अघि जस्तो सार्वजनीक स्थान अनि परिवारमा पनि धेरै बालबालिका देख्न पाइन छाडेको छ । दुई सन्तान ईश्वरको बरदानबाट घटेर एक सन्तान पनि धेरै अफ्ठेरो अनि बिरलै देख्न थालिएको छ । आधुनिक बिश्वमा मान्छेहरु किन सन्तान पाउन बाट यस्तो डराउन थालेका हुन् ?
बिश्वमा मान्छेहरु धेरै नै व्यस्त छन्, जीवनको भागाढौडमा छोराछोरी पाउने कुरालाई झर्कोको रुपमा हेर्न थालेका छन् । बिभिन्न देशहरु जनसख्याँको बृद्धि दर समान भएर जनसख्याँ स्थाहीत्वको जोखिममा परेका छन् । छिमेकी राष्ट्र चीनले केही बर्षयता मात्र एकसन्तान निती हटाएको छ भने अन्य थुप्रै देशहरु जनसख्याँ बृद्धिकालागि प्रजजन दर अनि प्रजजन कार्य बढाउन लागीपरेका छन् । नेपालमा पनि केही दशक अघि जस्तो सार्वजनीक स्थान अनि परिवारमा पनि धेरै बालबालिका देख्न पाइन छाडेको छ । दुई सन्तान ईश्वरको बरदानबाट घटेर एक सन्तान पनि धेरै अफ्ठेरो अनि बिरलै देख्न थालिएको छ । आधुनिक बिश्वमा मान्छेहरु किन सन्तान पाउन बाट यस्तो डराउन थालेका हुन् ?
अनि बिश्वका केही समृद्ध देशहरुले आफ्नो प्रजजन दर बढाउन के कस्ता उपायहरु अपनाइरहेका छन् त ? आउनुहोस बुझौं ।
विश्वका २४४ राष्ट्रहरुमा आधा राष्ट्रहरु मात्र प्रतिस्थापन प्रजनन (रिप्लेष्मेन्ट फर्टिलीटी) को स्तरमा छन् र प्रजनन दर कम भएका राष्ट्रहरुले त्यसलाई वृद्धि गर्न र सन्तुलनमा राख्न विभिन्न नीतिहरु लागू गर्ने प्रयासमा छन्। रिप्लेष्मेन्ट फर्टिलीटी भन्नाले अगाडीको पुस्ता भन्दा पछाडीको पुस्ताको प्रजजन दर कम नहुनु हो । सामान्यतया एउटा परिवारमा या एउटा महिलाको औसत प्रजजन दर २ दशमलव १ बच्चा हुनुपर्दछ, तर यस भन्दा कम भएमा रिप्लेसमेन्ट फर्टिलीटी कम भएको मानिन्छ ।
जनसंख्याशास्त्रीहरुका अनुसार कुनै पनि ठाउँमा प्रतिथापन प्रजनन (रिप्लेष्मेन्ट फर्टिलीटी) को अवस्था त्यो बेला कायम रहने छ जँहा नयाँ जन्मदरले मृत्युदरको अभाव पूरा गर्छ अथवा मृत्यु संख्याले जनसंख्या घटे पछि कुनै निर्दिष्ट नयाँ जन्मले जनसंख्या सन्तुलनमा राखेको अवस्था हो। विज्ञहरुका अनुसार कुनै राष्ट्रको प्रजनन दर लगभग २.१ रहँदा त्यतिबेलाको जनसंख्याले कुनै आप्रवासी जनसंख्या बिना राष्ट्र धान्न सक्ने क्षमता हुन्छ।राष्ट्रहरुको आ–आफ्नो आर्थिक र सांस्कृतिक अवस्थाका कारणले प्रजनन दरमा भिन्नता देखिन्छ र कम भएका मुलुकहरुमा विभिन्न स्पष्ट देखि विचित्र लाग्ने नीतिहरु अपनाइएका छन्।
रुसको यूल्यानभ्स्क क्षेत्रमा सेप्टेम्बर १२ को दिन गर्भाधान दिवसको रुपमा बिदा दिइने गरेको एक दशक बढि भयो। यो बिदा सामान्य बिदा भने होइन। प्रजनन दर वृद्धि गर्ने सोचले सो दिन गर्भाधान निमित्त दम्पतीहरुलाई रतिको लागि प्रोत्साहन गर्न बिदा दिइएको हो र ठिक ९ महिना पछि अर्थात जुन १२ मा जन्म दिनेलाई केही आकर्षक पुरस्कारहरुको व्यवस्था पनि बनाइएको छ। अहिलेसम्म धेरै दम्पतीहरु सो दिनमा जन्म पुरष्कृत पनि भएका छन्। पुरस्कारमा सोही क्षेत्रमा उत्पादन गरिएको एसयूभी गाडी, टिभी, फ्रिज र वाशिंग मशिन जस्ता उपयोग्ग साधनहरु राखिने गरिएको छ। घट्दो प्रजनन दर रुसको लागि जनसंख्या नियन्त्रणमा एउटा समस्या हो र त्यसका लागि यस्ता सहितका अन्य सुविधाहरु पनि राष्ट्रले वाचा गर्दै आएको छ।
त्यसैगरी घट्दो प्रजनन दरलाई मध्यनजरमा राखेर डेनमार्कको एक ट्राभल कम्पनीले एउटा बोल्ड र सम्बधित भिडियो रिलिज गरेको थियो। जसमा देशको कम प्रजनन दरलाई फोकस गरेर नागरिकहरुलाई गर्भाधान गर्न प्रोत्साहित गरे जस्तो बुझिन्छ र त्यसका लागि छुट्टीमा जान आग्रह गरेको छ। आफ्ना लागि सन्तान नजन्माए पनि डेन्मार्कका लागि गर! भन्ने नारा राखेको भिडियोले साँच्चिकै डेनमार्कको जनसंख्या समस्यालाई दर्शाएको छ। प्रजनन दर १.७ रहेको डेनमार्कमा पनि सो कम्पनीको मार्फत कुनै होलिडे प्याकेज खरिद गरेर त्यो समयमा गर्भाधान हुन सफल भएमा आकर्षक पुरस्कारहरु प्रदान गर्ने पनि तोकेको छ। तीन वर्षसम्म डाइपर प्रदान गर्ने योजना पनि जनाएको छ।
जापानको प्रजनन दर प्रतिस्थापन अवस्था भन्दा तल सन् १९७५ देखि रहँदै आएको छ र वर्ल्ड वैंकका डाटा अनुसार प्रजनन दर १.७ रहेको जनाउँछ जबकि १९६० को दशकको डाटाले प्रजनन दर २.० भन्छ। यसको जवाफमा सन् २०१० मा सुकुबा विश्वविद्यालयका केही विद्यार्थीहरु मिलेर रोबट बेबीलाई जन्म दिएका थिए। यसको उद्देश्य सन्तान आश गर्ने दम्पतीलाई जैविक निर्णय लिनु अगाडि सन्तान अपनाउनको लागि तयार रहन मद्दत गर्ने आशयले सन्तान नै रोबटको रुपमा सिर्जना गरेका थिए।
प्रजनन दर कम भएको कारणले रोमानीयामा त सन् १९६० को दशकमा नागरिकहरुले दुःखदायी नीति भोग्नु परेको थियो। जन्मदर कम भएर सरकारले त्यसबेला सन्तानविहीन दम्पतीलाई आय करमा थप २० प्रतिशत लगाएको थियो र विवाह विच्छेद हुन नदिनलाई विभिन्न प्रावधान ल्याएको थियो जस अन्तर्गत छोडपत्र लिनलाई असम्भव झैँ थियो। यस्ता नीतिहरु सन् १९८० दशकको अन्तसम्म रह्यो र सरकार परिवर्तन सहित खुकुलो नीतिहरु बन्दै गए।
सन् २०१४ सम्म प्रति महिला ०.८१ प्रजनन दर भएको सिंगापुरले पनि विभिन्न अभियान चलायो। सन् २०१२ मा प्रजनन दर वृद्धि गराउने उद्देश्यले दम्पतीलाई गर्भाधान हुन प्रोत्साहन गर्ने ३ मिनेट संगीत भिडियो अभियानको रुपमा चलाएको थियो। प्रत्येक वर्ष सिंगापुर सरकारले जन्मदर वृद्धि गराउने लक्ष्यले अरबौँ खर्च गर्दै आएको छ। जन्मदर प्रति महिला १.२ रहेको दक्षिण कोरियामा पनि गर्भाधान प्रोत्साहन गर्न प्रत्येक महिनाको अन्तिम बुधवार कार्यलयहरुमा राति ७ बजेको समयमा बत्ति निभाउने चलन छ र सो दिन परिवारको लागि भन्ने मान्यता रहेको छ। दक्षिण कोरिया सरकारले पनि एक भन्दा बढि सन्तान भएको दम्पतीलाई प्रोत्साहन गर्न नगद सुविधा प्रदान गर्ने गर्दछ।
प्रजनन दर २.४ भएको भारत उचित प्रतिस्थापन प्रजनन भन्दा माथि नै छ तर संयुक्त राष्ट्र संघले अनुमान गरे अनुसार सन् २०२२ सम्म चीन भन्दा धेरै जनसंख्या भारतको हुनेछ। यदि यो सत्य हुने हो भने चीन अनुसारको नीति भारतले पनि विस्तारै सोच्नुपर्ने हुन्छ। नेपालको स्थिति प्रजनन दरमा सन् १९६० मा ६.० रहेको थियो र सन् २०११ मा सर्वेक्षण अनुसार २.६ रहेको थियो। वर्ल्ड वैंकको तथ्यांक अनुसार सन् २०१४ मा २.२ थियो। यो दर यसरि नै घट्दो हो भने धेरै युवाहरु विदेश पलयन भएसंगै नेपालले पनि वृद्ध जनसंख्या र नकारात्मक जनसंख्या वृद्धिको असर खप्नुपर्न सक्ने हुन सक्ला। सायद नेपाल सरकारले पनि त्यति बेला रोमाञ्चक वा स्पष्ट नीतिको विकास गर्नुपर्ने होला।