Scholastic Foundation Listed For World Record | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल





र्ल्ड बुक अफ रेकर्डस्ले प्रकाशन गर्ने विश्व कीर्तिमानहरूको सूचीमा भक्तपुरको स्कोलाष्टिक फाउण्डेशन नेपाल छनोट भएको छ । बेलायतको वर्ल्ड बुक अफ रेकर्ड लिमिटेड नामक संस्थाले विभिन्न समयमा विश्व कीर्तिमान् संग्रहित पुस्तकको प्रकाशन गर्ने गर्छ । वर्ल्ड बुक अफ रेकर्डको वर्ष २०२० को सिल्भर संस्करणको पुस्तकमा फाउण्डेशनको नाम पनि सम्मिलित भएको फाउण्डेशनले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दियो । (शुक्रबार) भरतपुरमा पत्रकार सम्मेलन गरी फाउण्डेशनले सो जानकारी दिएको हो । सो प्रमाण पत्र शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले फाउण्डेशनलाई बुधबार हस्तानतरण गरेको फाउण्डेशनका अध्यक्ष सस्मित पोखरेलले पत्रकार सम्मेलनमा बताए । फाउण्डेशनले गत वर्ष भदौमा न्यु क्यापिटल कलेज, रत्ननगर चितवनमा एस्पायर स्कोलाश्टिक मिट नामक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा बहस/वादविवाद, वक्तृत्व कला, निवन्ध लेखन, चित्रकलालगायत विभिन्न १३ क्षेत्रको कार्यक्रम भिजिट नेपाल २०२० को थेममा गरिएको थियो ।

प्रतियोगितामा नेपाल भ्रमण वर्ष २०२० लाई प्रमुख विषय बनाइएको थियो । वल्र्ड रेकर्डको लिष्टिङमा पर्दै विभिन्न प्रक्रिया पार गरेपछि फाउण्डेशनले २०२० नोभेम्बर १८ तारिखका दिन प्रमाणपत्र प्राप्त गर्न सफल भएको हो । स्कोलाष्टिक मिट २०१९ मा एकै ठाउँमा वक्तृत्वकला, निबन्ध लेखन, चित्रकला, लगायत विभिन्न १३ प्रकारका प्रतियोगिताको आयोजना गरिएको फाउण्डेशनका संस्थापक अध्यक्ष प्रज्वल भट्टराईले बताए । आफूहरूले विद्यार्थीहरूमा सृजनाको भोक जगाउने काम गरेको बताउँदै फाउण्डेशनका अध्यक्ष सस्मित पोख्रेलले वर्ल्ड बुक अफ रेकर्डको सम्मानले आफूमा थप ऊर्जा थपिएको उल्लेख गरे । पत्रकार सम्मेलनमार्फत नै भट्टराईले विभिन्न आठ वटा कार्यक्रमको समेत घोषणा गरेका थिए । विद्यार्थीहरूमा फरकफरक प्रतिभा हुने भएकाले उनीहरूलाई आफ्नो कलासँग साक्षात्कार गराउनु पनि फाउण्डेशनको उद्देश्य रहेको उनले बताएका थिए ।

नेपालको शिक्षा क्षेत्रमा अधिकतम परिवर्तनको आवश्यकता देखिएकोले त्यसका लागि अभियान चलाउन २ वर्ष अघि यस फाउण्डेशनको स्थापना गरको फाउण्डेशनका संस्थापक अध्यक्ष प्रज्वल भट्टराईले जानकारी दिए । विद्यार्थीहरुमा सिर्जनाको उत्साह भरिदिने र बौद्धिकताको भोक जगाउन संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वयन गरेर देशभर कार्यक्रमहरु सञ्चालन गर्दै जाने उनले बताए । आफूहरूले विद्यार्थीहरूमा सृजनाको भोक जगाउने काम गरेको बताउँदै फाउण्डेशनका अध्यक्ष सस्मित पोख्रेलले वर्ल्ड बुक अफ रेकर्डको सम्मानले आफूमा थप ऊर्जा थपिएको उल्लेख गरे । पत्रकार सम्मेलनमार्फत नै भट्टराईले विभिन्न आठ वटा कार्यक्रमको समेत घोषणा गरेका थिए । विद्यार्थीहरूमा फरकफरक प्रतिभा हुने भएकाले उनीहरूलाई आफ्नो कलासँग साक्षात्कार गराउनु पनि फाउण्डेशनको उद्देश्य रहेको उनले बताएका थिए ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.