काठमाडौको असन र ईन्द्रचोक विचमा सेतो मछीन्द्रनाथको मन्दिर रहेको छ, जुन मन्दिर १०सौ शताब्दीमा स्थापना भएको एतिहासिक मन्दिरका रुपमा लिईन्छ । काठमाडौ एउटा शहर मात्र हैन सभ्यता नै हो भने मछीन्द्रनाथदेवता मात्र नभएर काठमाडौका एउटा सस्कारको केन्द्रबिन्दु हुन् । यिनै करुणामयी मछीन्द्रनाथलाई अवलोकितेश्वर पनि भनिन्छ, अवलोकितेश्वर अर्थात समग्रताका देवता । अर्कोतर्फ अवलोकितेश्वर भन्नाले सस्कृतमा कमल वोकेका देवता भनेर पनि बुझिन्छ, पानीका यी देवता अनि पानीमै फूल्ने कमलको फूलको यो समबन्धलाई पनि यस जात्राले आत्मसाथ गरेकै छ । बोधीसत्वका हरेक आयामहरु अवलोकितेश्वर सँग मिल्न आँउदछन् । सेतो मछीन्द्रनाथ अर्थात अवलोकितेश्वर ,ती भगवान जसले आफ्ना भक्तहरुलाई पृथ्वीलोकमा फर्केर हेर्दछन्, माया गर्दछन् अनि माया बाँढ्दछन् । छैठौ शताब्दीवाट शुरु भएको मानिएको यस जात्रालाई पछी आएर १७औ शताब्दीपछी ब्यापक रुपमा प्रचलनमा ल्याईएको कुराहरु रहेतापनि यसका यथेष्ट प्रमाणहरु पाईन्न, तथापी प्राचीन कालदेखि नै काठमाडौ सभ्यता अर्थात बाग्मती सभ्यताको मुटुकारुपमा सेतो मछीन्द्रनाथरहिआएको कुरा ईतिहास साक्षी छ, हैन त ?
जनबहाः द्यः जात्रा का रुपमा सेतो मछीन्द्रनाथको जात्रा हरेक वर्ष मछीन्द्रनाथको प्रतिमालाई रथमा राखेर घुमाउने चलन छ । आउनुहोस सबैभन्दा पहिले हामी कुरा गरौ यस जात्राको मनाउनु पछाडीको एतिहासिक मान्यताका बारेमा ।
किन मनाईन्छ त सेतो मछीन्द्रनाथको जात्रा ?
यक्ष मल्लको शासन कालमा कान्तिपुरी नगरीमा खोलामा स्नान गरेर पवित्र भएर स्वयम्भूनाथको दर्शन गर्ने र यसो गर्दा मृत्यूपर्यन्त स्वर्ग जाने विश्वाश थियो । एकदिन मृत्यूका देवता यमराजले स्वयम्भूनाथको यो शक्तिका बारेमा जानकारी पाएर आफू स्वं स्वयम्भूनाथमा दर्शन गर्न आँउदछन् । यमराज यसरी स्वयम्भूनाथमा दर्शन गर्न आँउदा राजा यक्ष मल्लले यमराजलाई बन्दी बनाएर राख्दछन्, यसरी बन्दी भएपश्चात यमराजले आफ्नो मुक्तिकालागी आर्य अवलोकितेश्वर को प्रार्थना गर्दछन् र यमराजको प्रार्थना सुनेपछी अवलोकितेश्वर स्वं पानीवाट प्रकट भएर दर्शन दिन आँउनुहुन्छ । सेतो रगंका अनि आँखा आधी बन्द भएका यी भगवानले कालिमाटी र बाग्मतीमाका उन्लाई भेटनकालागी राजा यक्ष मल्ललाई मन्दिर बनाउन आज्ञा दिन्छन् अनि वर्षेनी यिनै अवलोकितेश्वर भगवानको महिमाकालागी रथ यात्रा र प्रार्थना गर्ने चलन स्वरुप प्राचिनकालदेखिनै सेतो मछीन्द्रनाथको जात्रा गर्ने चलन काठमाडौमा शुरु भएको मानिन्छ ।
यसो गर्नाले खुशी अनि लामो जीवनको वरदान पाईने विश्वाश रहेको छ । चैत्र महिनाको शुक्ल पक्ष अष्टमीमा शुरु ह हुने यस रथयात्रा ३ दिनको पर्व रुवरुप हुने गर्दछ, सेतो मछीन्द्रनाथको प्रतिमालाई रथमा राखेर एक ठाँउवाट अर्को ठाँउसम्म लगिन्छ, हरेक दिन मछीन्द्रनाथको रथ आफ्नो गन्तब्यमा पुगेपछी सिपाहीहरुले तोप पड्काएर जनाऊ दिने चलन छ । काठमाडौको जमलमा प्रथम दिन रथलाई विश्राम गराईन्छ, अनि रत्नपार्क हुँदै भोटाहिटि र असन दोश्रो दिन पूर्याईन्छ । यसैगरी अर्को दिन अर्थात तेश्रो दिन मरुहिटी र जैसिदेवल हुँदै लगनटोल पूर्याईन्छ, यि तिनै दिन भक्तालुहरुले सेतो मछीन्द्रनाथप्रतिको आफ्नो अगाध स्नेह र आस्था अभिब्यक्त गर्दछन् । यसरी भक्तजनहरुले तानेका रथ अनि कंसकार समुदायका भक्तजनहरुले बाजा बजाँउदै अनि स्थानिय झाँकी र कलात्मक अभिब्यक्तिका साथै विभिन्न देवदेवीको मुखुण्डो लगाएर नाचगान गर्दै एकठाँउ वाट अर्को ठाँउ लगीन्छ । यस्तै जात्रा ललितपुर र दोलखामा पनि बुगां ध्य जात्राका रुपमा गरिन्छ ।
यस जात्राको शुरुवात त पहेला अर्थात पौष महिनामै भईसक्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ तर सत्य यहि हो । हरेक वर्ष पौष महिनामा शुक्ल पक्षको अष्टमीका दिन मछीन्द्रनाथको रथलाई मछीन्द्रनाथमन्दिरमा लगेर दुध, घयू आदिकुराहरुले सफाई गरिन्छ, यस कार्यक्रममा जीवित देवी कुमारीको पनि सहभागीता रहन्छ । यसरी पौष महिनामै सरसफाई गरि तैयार गरिएको रथ या भनौ खटलाई चैत्रको यस जात्रामा प्रयोग गरिन्छ ।
यस वर्ष बिसं २०७३ सालको सेतो मछीन्द्रनाथको जात्राको सबैलाई शुभकामना है, शहरवासी अनि देश वासीहरुमा वहाँको कृपाले शान्तीको प्रतिक कमलको फूल फूलिरहोस् । आउनुहोस केही तस्वीरहरु हेरौ, यसपालाको मछीन्द्रनाथको रथको ।
तस्वीरः विजया दाहाल
शब्दः सुयोग ढकाल
Liked by: