सार्वजनिक स्थलमा अन्धाधुन्द हत्या गर्नेहरु | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

सार्वजनिक स्थलमा अन्धाधुन्द हत्या गर्नेहरु




आखिर किन मार्दछन् मान्छेहरु ?



बिशेष गरि बिकसित देशहरुमा घरि घरि हामीले घटनाक्रमहरु सुनिरहेका हुन्छौं, फलाना देशमा पार्क या चर्च या सार्वजनिक भेलामा फलानाले अन्धाधुन्द गोली चलाएर या मान्छेको भिँड उपर गाडी चलाएर यति मान्छेको हत्या भयो भनेर ।

यो पनि हेर्नुहोस् : के हिन्दु केवल धर्म हो ?

गएको केही दिन अगावै अमेरिकामा पूनः त्यस्तै त्रासदिपूर्ण घटना भयो, टेक्सासको सुदरल्याण्ड स्पीरग्सको व्यापटीस्ट चर्चमा २६ बर्षिय डेभिड प्याट्रीक केलिसले २६ जना निहत्था सर्वसाधरणलाई चुनी चुनी मारे अनि २० जनालाई सख्त घाईते बनाए । कहिले विधालयमा त कहिले नाचघर या रेष्टुरेन्ट जस्ता सार्वजनिक स्थलमा यस्ता हत्या सुनिरहेका हुन्छौं, हत्याराको हत्या पछाडीको कारण केही नभएपनि आफ्नो व्यक्तिगत समस्या, डिप्रेशन लगायतका कुराले यस्तो गरेको पाइएको हुन्छ ।

डेभिड प्याट्रीक केलिस पनि पूर्व अमेरिकी सेना रहेको अनि आफ्ना क्रियाकलापका कारणले १ बर्ष मिलीटरी कारागारमा सजाय भोगेर निलम्बनमा परेको पाइएको छ । पटक पटक उसका उपर पत्नी र छोरीलाई हिंसा गरेको आरोप अनि जाहेरी पनि हालिएको थियो ।

नोभेम्बर ५ मा कालो पोशाक र मिलीटरीले प्रयोग गर्ने ब्लालीस्टीक भेस्ट लगाएर चर्च छिरेका यि अपराधीले चर्च पास्टरका १४ बर्षे छोरी देखि गर्भवती महिला, शिशु लगायत कसैलाई छाडेनन् । पछि भाग्ने क्रममा उनलाई प्रहरीले मारेको थियो । राष्ट्रपती डोनाल्ड ट्रम्पले भने यस घटनालाई बन्दुक हैन मानसिकताको दोषका रुपमा टिप्पणी गरेका छन् । सेतो वर्णका या गैर मुसलमानहरुले गरेका अपराधलाई आतंकवादको बिल्ला अमेरिकामा बिरलै लगाइने आरोप पनि अमेरिकी सरकारले खेप्दै आएको छ ।

आउनुहोस् आज हामी बिश्वमा गएका दिनहरु देखि यस्ता हत्या प्रकरणका अपराधीहरु र उनिहरुको पारिवारीक कलहका बारेमा संक्षीप्त जानकारी प्रस्तुत गर्दैछौं ।

सन् २०१६ मा अमेरिकाको ओरल्यान्डोको एउटा नाइट क्लबमा ओमर माटीन नामका नामक व्यक्तिले ४९ जनाको ज्यान लिए । ओमरको पारिवारीक माहोल हेर्दा उन्की प्रथम पत्नीले स साना काममा पनि पतीले कुटपीट गर्ने जाहेरीका साथमा समबन्ध बिच्छेद गरेको पाइयो । ओमरकी दोश्रो पत्नीले पनि पछि बयानमा उनले पालैपिच्छै कुट्ने अनि मार्ने धम्की दिने कुरा बताइन ।

त्यसैगरि फ्रान्सको नीसमा भएको एउटा सार्वजनिक भेलामा मान्छेहरु उपर ट्रक चलाएर ८९ जनालाई मार्ने हत्यारा मोहम्मद लाहोउजे बहुलेल को पनि पत्नी लाई प्रताडना दिने गरेको तथ्य खुलेको छ ।  सन् २००७ मा अमेरिकाको भर्जिनीयाको एउटा टेक बिधालयमा ३२ जना बिधार्थीको हत्या गर्ने सियोगं हुई चो नामक हत्याराको पनि त्यस अगाडि दुई जना बिधार्थीलाई नराम्रो व्यबहार गरेको आरोप थियो ।

पारिवारीक समबन्ध अनि यस्ता हत्याराको मानसीकता बीच अन्र्तसम्बन्ध रहेको पुष्टि हुन्छ ।  यस्ता हत्या श्रृखलाहरुमा बिकसित देशहरु अमेरिका पछि फ्रान्स, जर्मन, बेलायत, नर्वे लगायत अन्य थुप्रै अगाडि छन् ।  बिकसित देशहरुमा मात्र नभई सबै देशहरुमा नै पारिवारीक हिंसालाई सम्बोधन गर्न सकेमा मात्र यस्ता हत्या क्रमहरु अनि भविष्यमा यस्ता कुराका संभाव्यतालाई पनि कम गर्न सक्ने तथ्य जाहेर छ ।

यस्ता मास मर्डर या सुटहरु अहिले मात्र नभई धेरै पहिले बाटै हुने गरेका प्रशस्त प्रमाणहरु पाइएको छ ।  सन् १९१३ मा जर्मनमा अगस्ट वाग्नर नामक मान्छेले आफ्नी पत्नी र ४ जना छोराछोरीको हत्या गरि सार्वजनिक स्थलमा आएर थप ९ जनाको हत्या गरेका थिए ।  यस घटनामा उन्को मानसीक अवस्था र रोगका कारणले यसो गरेको पाइएको थियो । पारानोया नामक मानसिक रोग लागेका मान्छेहरुमा यसता हत्या गर्ने संभावना बढि पाइन्छ ।

यसो भएमा व्यक्तिहरुमा भयानक डर अनि त्रास रहन्छ, उनिहरु समाजका हरेक तत्व अनि घटनामा आफुलाई पर अनि एक्लो महसुस गर्दछन् । सुस्तरि उनिहरु सामजिक हुँदै हत्या सम्म गर्न सक्ने अवस्थामा पुग्दछन् ।  अर्कोतर्फ नर्वैमा एकजना यस्ता मास मर्डरर जिवीतै कारागारमा छन् उनका कुरा गरौं ।

एन्डर्स बेहरिगं बेहरिक नाम गरेका ३९ बर्षिय यि हत्याराले सन् २०११ मा ८ जनाको हत्या गर्नुका साथै २० औं जनालाई घाइते बनाएका हुन् । नर्वेका परराष्ट्र बिज्ञ सौतेनी आमा र पीता संग देश बिदेशमा बसेका उनको आफ्नी आमा र बुवाको भनें उनी १ बर्षको हुँदा नै समबन्ध बिच्छेद भएको थियो । पटक पटक सौतेनी आमाले उनकै अगाडी उनी मरेपनि हुने भन्ने कामना गरेको उनी अझै पनि कारागार भित्रै वाट भावुक भएर भन्ने र लेख्ने गर्दछन् । आफ्नो र अरुको जिवन मा महत्व नदेख्ने यिनलाई खतरनाक र मानसीक असन्तुलनको करार दिएर कारागार मा राखिएको छ ।

परिवारबाटै समस्या अनि तनाव क मगर्ने लगायत सहिष्णु मान्छे को बिकास हुन जरुरी छ ।  त्यसका साथै हतियार लगायत बिष्फोटक कुराहरु भनें सर्वसाधरणको पहुँच बाहिरै हुन आवश्यकक्ता पनि छ ।  यि सम्पूर्ण हत्याराका बिवरणहरु हेर्दा पारिवारिक हिंसा अनि असहिष्णु व्यबहार समान पाइन्छ, एउटा बिक्षीप्त मान्छे समाजको सुरक्षाका लागि पक्कै पनि खतरा हो ।

बन्दुक अनि बन्दुक सभ्यताको अन्त्य जरुरी छ, आउने पुस्ता अनि बनिने सभ्यताहरु मा शान्ति अनि समानताका कुराहरु ल्याउन जरुरी छ ।  बिक्षिप्त मानसिकता भएका अनि आफ्नो जिवनमा आफ्नै नियन्त्रण गुमाएका मान्छेले यस्तो पाशवीक काम गरेको पाइएको छ ।

अमेरिकी गुप्तचर संस्था एफबिआईले भने ४ जना या बढि व्यक्तिहरुको हत्या हुने गरि कुनै पनि व्यक्ति, संस्था या संगठन ले गरेको हमलालाई मास सुटिगं भनेर परिभाषीत गरेको छ ।  बिश्वलाई सुरक्षा जरुरी छ, यसता खाले घटनाहरु अब सुन्न नपरोस् । आफ्नो र अरुको पनि जिवनको महत्व सबैले बुझुन ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.