सोह्र श्राद्ध समापन | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

सोह्र श्राद्ध समापन




   Suyog Dhakal - Sep 20 2017

१६ दिनको पितृपक्षको समापन भएको छ र आजको दिनलाई सर्वपितृ औँशी पनि भनिन्छ। यसरी पूर्णिमा वाट शुरुभएको पितृपक्ष ठ्याक्कै औशीमा आएर समापन हुन्छ । १६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यू तिथिमा पारेर हिन्दुधर्मावम्वीहरुले पितृकर्म अर्थात श्राद्ध गरिसकेका छन । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित बा को आगमन सगै कर्ताले पितृकर्म गर्दा कपाल खौरेर अनि नयाँ जनै फेरेर गर्नुपर्दछ । विहानै देखि नैवेध अनि विभिन्न प्रकारका खानेकुराहरु घरमा पकाइन्छ अनि र श्राद्ध चलिरहदा पण्डित वा को निर्देशन अनुरुप विभिन्न साम्रगीहरु, घिउ, पुष्प, अविरकेसरी लगायतका पितृकर्मका आधारभुत कुराहरु पुजागरेको ठाउमा लगिरहनुपर्दछ ।

हिन्दु सस्कारमा श्राद्ध एकदमै महत्वपूर्ण कर्म हो जस्लाई सामान्यतया परिवारको जेष्ठपुत्रले गर्नेगर्दछन तथापि सर्वपितृ औशीको दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरुलाई तर्पण दिनेगर्दछ । पुत्रलाई मोक्षको वाटो भनेर हिन्दुशास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षवाट यसकुरालाई नारीविरोधी र लैगंीक असमानतासित पनि जोडेर हेरिनेगरिएको पनि पाइएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभकार्यमा छोरी वुहारी अनि चेलीवेटीको पनि उत्तिकै महत्व छ । सनातन धर्मको हरेक शुभकार्य अनि सस्कारमा कर्ताका रुपमा पुत्रको उपस्थितीलाई प्रार्थमिक्ता दिएकोभएपनि नारीहरुलाई पनि उत्तिकै महत्व दिएको छ । भान्जा भान्जी अनि चेलीवेटीको उपस्थिीविना श्राद्धकर्म पूर्ण हुन सक्दैन । पुत्र अनि पुत्री पितृकालागी समान छन र आजभोली पितृकर्ममा अनि काजक्रियामा छोरीहरुको समान सहभागिता र कर्ताकै रुपमा भुमिका अत्यन्त सराहनीय छ, धर्म अनि सस्कारले छोराछोरी दुबैलाई उत्तिकै ठाँउ दिएको छ ।

पिण्ड दिएपछि गौमुत्र अर्थात गहुत खाएर अनि टिकोटालो गरेर समापन गरिएको श्राद्धकर्मपश्चात अव दशैको औपचारीक उत्साह र उमगंको संचार भएको छ । पितृहरुको सझंना अनि सम्मानकालागी यी १६ दिनहरु अत्यन्त महत्वपूर्ण छन र चाडवाड अगावै पितृहरुप्रतिको यो समर्पण र सदभावले हाम्रो सस्कारलाई वास्तवमवै धनी वनाएको छ ।

अर्कोतर्फ अव सर्वपितृ औँशीको भोलीपल्ट वाट नवरात्री शुरु हुदैछ, विभिन्न शक्तिपिठहरुमा प्रातकाल देखिनै श्रद्धालु भक्तजनहरुको घुइचो र मेला लाग्ने गर्दछ । दशैँको तैयारीमा अब दशैको लागी गरिने किनमेल, लगाउने नयाँ लुगा अनि खसीबोकाको तैयारी अनि खोजी शुरुभइसकेको होला । कपडा सिलाउने ठाँउमा नयाँ कपडा सिलाउने अनि कपडाको नाप लिने भ्याइनभ्याई होला, अबका हाटबजारमा खसीबोकाको माग अनि किनवेच वढ्दो क्रममा छ, भोली अर्थात घटस्थापनामा जमरा राख्ने ठाँउ र नवरात्रीभरि पूजा गरिने पूजास्थलको सरसफाई पनि गरिने वेला आएको छ । दशैँको तैयारीको शुरुवातका क्रममा अव घर वरिपरि सरसफाई गर्ने, घरबाहिरभएका मान्छेहरु अनि पढ्नलाई वाहिर वसेका विधार्थिहरु उत्साहका साथ घर फर्किने तैयारी अनि गाडि या प्लेनको टिकटको खोजी कार्य पनि शुरुभइसकेको छ । यो उल्लासको समय हो, आशाको सञ्चार भएको समय हो, परिवारहरु भेला हुने समय हो, माया र सदभाव वढोस ।

तपाइलाई शुभकामना



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.