विश्व स्वाद बजारमा बिनोद बराल नेपाली स्वादका परिकारहरुका लागि रचनात्मक सोंचका व्यक्तित्वका रुपमा परिचित नेपाली हुन् । २० वर्षको जोशिलो उमेरमा लण्डन पुगेका बिनोदले त्यहाँस्थित अोकरा फाइन डाइनिङ इण्डियन रेष्टुरेण्टमा स्वादिष्ट परिकारसंगको यात्रा शुरु गरेका हुन् ।
जुनबेला उनका सङ्गीहरु बनारसमा कार्य गर्थे उनी त्यसबेला लण्डनस्थित 'दिल्लि डेली'मा मुख्य सेफको भूमीका सम्हाल्दै भारतिय खानाको टेकअवे अाउटलेटको धारणा ल्याइसकेका थिए ।
लगभग ७६ विभिन्न देशहरुको भ्रमण अनि ६८ विभिन्न एयरलाइन्समा सेवा पश्चात् बरालले अाफ्नै नेपाली स्वादहरु समेटिएका अाधिकारीक रेष्टुरेण्टको परिकल्पना गरेका हुन् ।
बराल भन्नुहुन्छ, "मैले थार्इ खाना पस्किंदा मान्छेहरुले तिमी नेपाली हौ तर किन नेपाली खानाको साटो थार्इ खाना दिन्छौ भन्थे । मेरो पहिचानको जरा नै नेपालीपनमा लुकेको छ । लण्डनमा अाधिकारीक नेपाली खाना मात्र पाउने रेष्टुरेण्ट खोलेर नेपाली स्वादलार्इ विश्व समूदायमा पस्किने इच्छा थियो त्यो पुरा भएको छ ।"
अहिले बेलायतस्थित लण्डनको किंग्स्ले, हाउन्स्लोमा बरालको "ममः र रोटी" भन्ने नेपाली अाधिकारीक स्वादको स्थल संचालनमा छ जहाँ हातले कुटेका मसलाहरु र नेपाली स्वादका विभिन्न परिकार पस्किंदै अाइएको छ ।
विदेशीहरुलार्इ नेपाली तरिकाको ममः र खाने तरिका सिकाउनु पनि बरालको मनपर्ने काम हो वहा थप्नुहुन्छ, "नेपाली परिकार जोकोहीले जिब्रोमा परोस् खाने तरिका चैं नेपाली पारा नै भएको राम्रो हामी त ममको डल्लालार्इ दुर्इ टुक्रा पारेर खान्छौं (हाँसो छुट्छ) ।"
राम्रो कुरो के छ भने "ममः र रोटी"मा अाउने ग्राहकमध्ये ७० प्रतिशत विदेशी पाहूना हुने गरेका छन् ।
Liked by: