आत्महत्या बिरुद्धको आवाज
अस्तीको कुरा हो, उनले डोरीको पासो लगाईन् । केहि दिनअघि भाईपूजामा भाईलाई पहिर्याएको सयपत्रीको माला अनि भाईले उनलाई पहिर्याएको सयपत्रीको माला अझै पहेंलै छ, सुकेको छैन् । तर त्यो माला फुकाएर पर्सिपल्ट उन्ले पहिरिएको डोरीको मालाले उनी भित्रको प्राण निकालेर जिवन छताछुल्ल बनाईदियो । अब शुरु गरौं स्वर्गीय उनीको जिवीत कथा ।
यो पनि हेर्नुहोस् : तुलसीको बिरुवाका ५ वटा स्वास्थ फाईदाहरु
उनीबाट शुरु गरे पनि आज नेपाली अनि बिश्व समुदायका धेरै जना धनी गरिब, राम्रा नराम्रा, बहुचर्चीत अनि मोफसलका धेरै जनालाई यस रोगले गाँजेको छ । उनीले आफ्नो ज्यान लिईन, उनीजस्ता धेरैले जिवनमा केही आशा नलिइकन आत्महत्या गर्ने गर्दछन् । कायर काँतर आदि धेरै शव्दले पुकारा गरिन्छ यहाँ मरेपछि, फेसबुकको वाल भरि संवेदनाहरु आँउदछन्, पत्रिकामा स्मरणहरु कथिन्छन् तर पापी समाज बाँचुन्जेल सम्म चाँही घाउहरुमा जानीनजानी चुक र नुन छर्दै बसेको हुन्छ ।
इन्टरनेट अनि पार्टी कल्चरसंग रमाएका देखिने यो पुस्ताहरु भित्रभित्रै अनिन्द्रा अनि रंगहिन जिवन बिताइरहेका छन् । समबन्धलाई न्याय दिन गाह्रो छ, मनको तृष्णा अनि तिर्सना दिनै बढ्दो छ, अरुहरु संगको तुलना चर्कदो छ, को ठुलो अनि को राम्रो को विवाद सधैं छ, खुलेर नहाँसेको धेरै भयो अनि औषधी र लागुपदार्थमा खुशी खोज्न चाहने बिकल्प पनि अगाडी छ ।
के हामीले आजको पुस्तालाई जिवनको महत्व सिकाउन नसकेकै हो र ? बिहान घाम उदाँउदा, पानी पर्दा, कुनै यात्रामा जाँदा अनि केही खेल खेल्दा जीत र हारमा हास्न नजानेका पुस्ताहरु आजभोली स्मार्ट फोन अनि क्रेडिट कार्डको व्यालेन्ससंग मात्र मुस्काउन थालेका छन् । अभौतिक कुरासंगको यो मित्रताले मानवलाई कहाँ पुर्याईरहेको छ त ?
पानीको छाँउमा देखिएको रुखको प्रतिबिम्बको पछाडी कुदेर पानीको सतहमा हाम्फालेमा प्रतिबिम्बको अभौतिक बस्तु भेटिन्छ र ? डिप्रेशन यहि दुबिद्धाको उपज पनि हो । डिप्रेशनले मान्छे भित्रको उर्जा, शक्ति, आशा अनि उत्प्रेरणालाई खर्लप्पै पारेर खाईदिन्छ । खुशी लाग्ने र उर्जा हुने कुनै पनि कुराहरुले काम गर्न छोड्दछ ।
तसर्थ डिप्रेशनलाई कमगर्न धेरै अफ्ठेरो हुने गर्दछ । अर्को मुख्य कुरा के हो भनें डिप्रेशन भएको भनेर चाल पाउन पनि गाह्रो हुन्छ, जस्तै उनी पनि आफ्नो अन्तिम घडीसम्म जिवनको त्यो दुर्दशालाई स्वीकार्न सकिरहेकी थिईनन् । स्वीकारोक्ति सबैभन्दा ठूलो सत्य हो, म कालो छु या मलाई कसैले मन पराएनन या मैले डाक्टर पढ्न पाईन या अन्य थुप्रै तिता तथ्यहरुलाई हामीले स्वीकारेर अगाडी बढ्न जरुरी छ । हामी सबैजना आआफ्नै हिसाबले बिशेष छौं, भित्री सुन्दरता र भावी सफलतालाई आँकन नसक्नु नै डिप्रेशनको कटु यर्थाथ हो । जिवनलाई फिल्म या गीतसंग तुलना गर्नु पनि मुर्खता हो, ३ घण्टाको फिल्म र न्यूनतम ७० बर्षको हाम्रो औसत जिवनमा आकाश जमिनको फरक छ ।
डिप्रेशनसंग कसरी लड्ने
क्रियाशीलता र गतिशिलता नै डिप्रेशनसंग लड्ने प्रारम्भिक कार्य हुन् । तर डिप्रेशनको अवस्थामा यी कुराहरु सहजै गर्न संभव छैन । तथापि तत्काले गर्न सकिने कुराहरु हेरिन जरुरी छ । हामी सबैलाई कहिलेकाँही वाक्क या दिक्क लाग्नु स्वभावीक हो तर कुनै कारण बिना नै वाक्क लाग्नु या दिक्क लाग्नु चाँही खतराको जनाउ हो है । यस्तो बेलामा तत्कालै गर्ने क्रियाहरुमा सोच्न जरुरी छ, मनपर्ने संगीत बजाएर नाच्ने हो या फोन इन्टरनेट सबै थन्क्याएर छोटो घुम्न निस्कने हो
साथीलाई बोलाएर भेट्ने, चलचीत्र हेर्ने या कुनै अन्जान साथीसंग झुठै सही तर सभ्य शैलीमा चोट नपर्ने गरि रमाईलो च्याट या वार्ता गर्ने हो कि ? मनलाई भुलाएर वाक्कपना लाई पन्छाउन जरुरी छ है । कुनै जनावर पाल्नु भएके छ या एक्वेरियममा माछा छ भने तिनै जनावर या माछासंगै मग्न भएर समय बिताउने हो कि ? कुनै ताल या पोखरी या खोलाको किनारमा एक्लै प्रकृतीसंग समय बिताउने हो कि ? एउटा तथ्य भने पक्का हो, जति जति मानव शहरी र प्रकृतीसंग पर भएर जिवन बिताउन थाल्ने भएको छ उति उति उ बेखुशी हुने संभाव्यता बढ्दै गएको छ ।
हामी लजाँउछौं आफूलाई लागेका कुराहरु भन्न अनि डिप्रेशन या लामो समयको बेखुशीलाई उपचार गर्न परामर्शदाता या चिकित्सक को मा जानलाई । तर कालान्तरमा उनीको जस्तो भवितव्य त झन भयावह हो नि ? यो संसारमा रोग कसलाई लाग्दैन्, पीडा कसलाई हुँदैन अनि समस्या कसको छैन् ? स्वीकार गरेर आत्मबिश्वासका साथ अगाडी बढ्न आँउदो पुस्ताल्े सिकेमा भोली उनी जस्तो कसैको भवितव्य हुनेथिएन् , हैन र ?
डिप्रेशनमा हुँदा गरिब दुख्खी या असहायलाई गएर सानै कुरा भएपनी दानपुण्य गर्नुहोस् अनि हेर्नुहोस त्यो तपाँईको सानो सहयोगले उनिहरुको जिवनमा र मुहारमा आएका हर्षहरु । तपाँईमा ति हर्षको केवल शुन्य दशमलव केही न्यूनतम हर्ष मात्र पनि प्रवाह भएमा तपाई केही न केही आफ्नो बारेमा राम्रो महसुस गर्न थाल्नु हुनेछ, म व्यक्तिगत अनुभवका आधारमा बाजी राखिदिन्छु ।
कुनै हास्यास्पद टिभी या रेडियो कार्यक्रम मा भुल्नुहोस्, कुनै खेल या प्रतिस्पर्धामा भाग लिनुहोस् । छेउको मैदानमा गएर या फुटस्टलमा गएर एकघण्टा फुटबल खेलिदिएर लखतरान हुँदै पसिना सहित आउनुहोस्, पसिनासंगै डिप्रेशन पनि पग्लिएर झर्नेछ । निन्द्रा जरुरी कुरा हो, थकान र पर्याप्त भोजन नै निन्द्राको श्रोत हो है । मान्छेसंग भर्चुअल्ली कुरा नगर्नुहोस्, आफ्नो समस्या बाँड्न परेमा आमनेसामने भएर आफ्नो प्रत्यक्ष अभिव्यक्तिका साथ समस्या उजागर गर्ने गर्नुहोस् ।
डिप्रेशनमा हुँदा या छु जस्तो लागेमा भिटामीन बि बढि हुने खानाहरु जस्तै सागपात, गेडागुडी, चिकेन अनि अण्डाहरु खानुहोस् । धेरै गुलियो र बोसो भएका कुराहरु नखानु जाती हुन्छ । उज्यालो र घाम मज्जाले आउने गरि बस्नुहोस् , संसारसंग लुकाउनु पर्ने के छ र ? बन्द झ्याल ढोकाहरु र पर्दाहरु खोल्नुहोस्, हावाको प्रवाह मजाले गराउनुहोस् । ऐना हेर्नुहोस् अनि मुस्काउनुहोस्, तपाईको अनुहारमा मुस्कान वडो सुहाँउदछ । मुस्कान मुल्यवान छैन्, बिनाकारण हाँस्नसक्नु जस्तो महानता यो संसारमा अरु के छ र ? आफू पनि हाँस्नुहोस् अनि अरुलाई पनि हसाँउनुहोस् । नकारात्मक सोच अनि बिचारहरु लाई चुनौती दिनुहोस् , नकारात्मक उर्जालाई बिदा दिनुहोस् है ।
सहि र गलत बिचको तुलनामा सहि र गतल बिचमा एउटा पातलो मैदान बनाउनुहोस् । यस संसारमा केही पनि सम्पूर्ण रुपमा सहि या गलत मात्र छैनन् । सहि र गलत त केवल असर हुन्, कारण जिवन हो । हरेक सहि समय अनुसार गलत र हरेक गलत समय अनुसार सहि हुनसक्दछ । हरेक तथ्यलाई आफुसंग जोडेर साझा तथ्य बनाउन हुँदैन्, तपाई वास्तवमै बिशेष र एक मात्र तपाई हो । तपाँईक बिचार, सोच, चाहना अनि अभिव्यक्ति महत्वपूर्ण छन्, तिनलाई जोगाएर राख्नुहोस् ।
उनी लाई पनि यो आलेख पढ्न दिएको भए शायद यो दिन आँउदैन थियो कि ? उनी त स्वर्गिग भईन तर उनी जस्ता धेरै हरुले आत्महत्याका कथालाई जिवीत बनाउने र बनाइरहेका छन् । आत्महत्याको सोचलाई नै हत्या गरेर जिवनको मुल्य बुझ्न जरुरी छ ।
दुख्ख अनि सुख्ख. पीडा या आनन्द , कालो र गोरो, राम्रो या नराम्रो यि सबै सापेक्षीक कुराहरु हुन् । एकदिन हाम्रो दिन हुनेछ, सबै कुराहरु अनि समस्याहरु समाधान भएर हामी जिवनको रंगमा रंगिने छौं । आज होस् या भोली हाँसीखुशी बाँचिदिऔं, अनमोल जिवन खेर नफालौं, शुभकामना ।
जिवन हो घामछाँया
सुख्ख दुख्ख दुबै हुन्छ
सुयोग ढकाल
Liked by: