उनै ताराको संझनामा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

उनै ताराको संझनामा




श्रिमानको बिमान दुर्घटनामा मृत्यू भएपछि तारा देवीको जिवनमा अन्य धेरै दुख्खहरु खप्टीँदै गए । त्यसपछि गायन यात्रालाई लगभग ठप्प नै गरेकी तारा देवी को जिवन पछि गएर उन्का गीतहरु झै वेदनाले भरिएको हुन पुग्यो । त्यसपछि आफ्नो गायन यात्रालाई पूर्णबिराम दिएकी तारा देवीको मृत्यू भने पार्किन्सन रोगका कारण सन् २००६ मा भएको हो ।



रिहानाका गीतमा नेपाली तन्नेरीहरु मच्चीरहँदा, हिपहप अनि र्यापको इतिहास मुखाग्रे भएका नेपाली पुस्तालाई धेरै कालजयी गीतका रचयताका अविस्मरणीय नामहरु सुन्दा उदेक लाग्न थालेको छ । तारा देवी यस्तै एउटा अविस्मरणीय नाम हो, माघ २ गते तिनै स्वर किन्नरी तारा देवीको जन्मोत्सव हो ।
बिसं २००१ सालमा काठमाडौको इन्द्रचोकमा माघ २ गते जन्म भएकी तारा देवीले ५ बर्षको कलिलो उमेरमै गुरु भैरव बहादुर थापा संग संगीत अध्यन शुरु गरेकी हुन् ।
रेडियो नेपालको बाल कार्यक्रम जुन संभवत नेपाली रेडियो इतिहासकै एउटा लामो अनि एतिहासिक कार्यक्रम हो , त्यसका शुरुवाती दिनमा तारा देवी ले गाएका गीतहरु अत्यन्त लोकप्रिय थिए । बालीका तारा ले उतिखेर बालगीतहरु गाउने गर्दथिन् । बाल्यकाल वाटै तारा देवी आफ्ना गीत अनि गायन क्षमताका कारणले सर्वत्र चर्चामा थिइन् । भनिन्छ शुरुवाती दिनमा तारा देवीको पारिश्रमिक प्रतिगीत रु १ थियो अनि पछि गएर रु १०० सम्म उनले एउटा गीतको पारश्रमिक पाउदथिन् । यो उतिबेलाको रेडियो नेपालको नियम थियो अनि यही पारिश्रमिकमा महिनौ कुरेर गीत रेकर्ड गराएर धेरै नेपाली सांगितीक श्रष्टाहरु बाँचेका थिए ।
एस एल सी पछि संगितमै स्नाकोत्तर गरेकी तारा देवीले रेडियो नेपालमा खरदारको पदवाट जागिर यात्रा शुरु गरेकी हुन् । तारा देवीले आफ्नो जादुई आवाज वाट राष्ट्रगीत, भजन, आधुनिक गीत लगायत थुप्रै लोक गीतहरु गाएकी छिन् । नेपाली कला अनि संगीतको सेवा गर्दै नेपाली गायन नक्षत्रमा अनवरत तारा देवीको नाम करिब ५० बर्ष सम्म रह्यो, आधा शताव्दी लामो संगीत यात्रामा तारादेवीलाई महेन्द्र रत्न, छिन्नलता, गोर्खा दक्षिण बाहु, मैना लगायतका धेरै बिभुषण अनि पदवी द्धारा सम्मान गरियो ।
तारा देवीले सन् १९६६ मा पेशाले बिमान चालक शिव बहादुर श्रेष्ठसंग बिवाह गर्नुभएको हो, वहाँका दुई छोराहरु शशी, रवी अनि छोरी चारु भएका हुन । जेठा छोराको क्यान्सरका मृत्यू भएको थियो ।
श्रिमानको बिमान दुर्घटनामा मृत्यू भएपछि तारा देवीको जिवनमा अन्य धेरै दुख्खहरु खप्टीँदै गए । त्यसपछि गायन यात्रालाई लगभग ठप्प नै गरेकी तारा देवी को जिवन पछि गएर उन्का गीतहरु झै वेदनाले भरिएको हुन पुग्यो । त्यसपछि आफ्नो गायन यात्रालाई पूर्णबिराम दिएकी तारा देवीको मृत्यू भने पार्किन्सन रोगका कारण सन् २००६ मा भएको हो । 


काली पारि दाई कति राम्रो 


तिम्रा पाउहरुमा 


उकाली ओरालीहरुमा 


शुभकामना भरी यो  

यस्ता धेरै गीतहरुमा यिनै तारा देवीको कालजयी आवाज अझै पनि हामीलाई व्यूँताउन आइरहन्छ ।
स्वर किन्नरी तारा देवीको दुख्खका वखत यिनका श्रृजना अनि साधनालाई कदर गर्दै सरकार अनि अन्य पक्षवाट कुनै पहल नभएको गुनासो धेरैको छ । रेडियो नेपालको जागिरबाट पनि तारा देवीलाई राजनैतिक कारणले षडयन्त्रका रुपमा हटाइएको आरोप धेरैको छ । यो वडो दुख्खका कुरा हो, यि गायिकाले देशको संगीतको ढुकुटीका निमित्त जिवन अर्पण गरेकी हुन् तर त्यसको एकसुका पनि कदर नगरिनु र्दुभाग्य नै हो । आफ्नो जिवनकालमा ४००० भन्दा बढि गीतहरु रेकर्ड गरेकी तारा देवीका अधिकांश गीतहरु भने माया, समबन्ध अनि देशभक्तिका भावहरुमा छन् । सन् २००६ को जनवरि २१ तारिखमा तारा देवी को देहान्त भएको हो ।

तिमीलाई हासेर बिदा मात्र दिइसकेथे, म तिनलाई पुछ्न थाले
तिमी मलाई छोडी गईसकेको मात्र के थियौ, तिमी फर्कने दिन म हतारिदै गन्न लाँगे 


नौसय खोला तरेर जाने, बिर्सने पो हो कि ?
बिर्सने पो हो कि ?


फुलको थुगां बहेर गयो, गंगाको पानीमा

टाढा बाट बोलाएको तिमीलाई नै हो मैले
पल्लो बाटो पर्खिएको तिमीलाई नै हो मैले


तारा देवी यस्ता हजारौं गीतका माध्यमवाट हामी माझ अमर छिन् । श्रद्धा सुमन तारा देवी ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.